Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

चौथोपटक परीक्षा सरेपछि अस्थायी शिक्षक आक्रोशित

\"\"काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि तय गरेको परीक्षाको मिति चौथोपटक सारेको छ । पछिल्लोपटक १० भदौका लागि तय गरिएको परीक्षा पनि अनिश्चितकालका लागि स्थगित भएपछि गाउँ–गाउँबाट परीक्षा केन्द्रमा आएका शिक्षकहरू आक्रोशित भएका छन् । ५ भदौमा अविरल वर्षाका कारण असहज अवस्था सिर्जना भएको र सम्पूर्ण ध्यान राहतमा केन्द्रित भएकाले प्रधानमन्त्री कार्यालयबाट परीक्षा स्थगित गर्न आग्रह आएको भन्दै शिक्षक सेवा आयोगले मंगलबार अर्को सूचना जारी नहुन्जेलका लागि स्थगित गरेको हो । अाजको नयाँ पत्रिकामा खबर छ– केही अस्थायी शिक्षक परीक्षाको तयारी साथ केन्द्रमा पुगिसकेका थिए । उनीहरु आयोगले परीक्षा स्थगित गरेपछि निराश भएका छन् । बिदा लिएर परीक्षा दिन आएका शिक्षकहरू आक्रोशित छन् । केही शिक्षकहरू भने परीक्षा सार्नुपर्ने, थप सुविधा दिनुपर्नेलगायतका माग राख्दै आन्दोलनमा उत्रेका छन् । उनीहरूले धर्नालगायतका कार्यक्रम गर्दै आएका छन् । शिक्षा ऐनको आठांँ संशोधनले केही अस्थायी शिक्षकलाई आन्तरिक विज्ञापनबाट स्थायी गर्ने र परीक्षामा अनुत्तीर्णलाई बिदाइ गर्ने व्यवस्था गरेको थियो । शिक्षकको आन्दोलनपछि परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकलाई समेत सुविधा दिने सम्झौता गरेको छ । त्यही सम्झौताअनुसार शिक्षा ऐन २०२८ को नवौँ संशोधनको तयारी गरेको छ । देशभरमा २६ हजार अस्थायी शिक्षक रहेको र अहिले १५ हजारको हारहारीले परीक्षाको तयारी गरेको बताइएको छ । कहिले कहिले तोकियो परीक्षा ? -पहिलोपटक : १४ असार -दोस्रोपटक : ३ भदौ -तेस्रोपटक : १० भदौ -चौथोपटक : अनिश्चितकालका लागि स्थगित परीक्षाले तनाव दियो, विद्यार्थीको पढाइ प्रभावित सरिता घिमिरे, अस्थाथी शिक्षक राम्रो तयारी गरेकी थिएँ । ललितपुरको बागमती गाउँपालिकाबाट काठमाडौंको नेपाल आदर्श मावि परीक्षा केन्द्रमा आइसकेपछि पुनः परीक्षा स्थगित भएको खबरले दुःखी बनाएको छ । परीक्षाका नाममा विद्यालयमा पटक–पटक बिदा लिनुपर्ने र परीक्षा नहुने समस्याले विद्यार्थीको पढाइमा समेत असर पारिरहेको छ । पटक–पटक गाउँबाट आउँदा समयका साथै खर्चसमेत धेरै हुन्छ । तीन–चार महिनासम्म पनि परीक्षा नहुँदा मनमा अस्थिरता र अन्योल बढाएको छ । अस्थायी शिक्षकका लागि सबैभन्दा दुःखद : शिक्षक महासंघ नेपाल शिक्षक महासंघका महासचिव तिलक कुँवरले अस्थायी शिक्षकको परीक्षा सर्नु दुःखद भएको बताएका छन् । अनिश्चितकालका लागि परीक्षा सर्नु अस्थायीलाई स्थायी नगर्ने षड्यन्त्र भएको उनको दाबी छ । अस्थायी शिक्षक संघर्ष समितिलाई अघि सारेर षड्यन्त्र भएको उनले बताए । ‘परीक्षा सर्नु अस्थायीलाई स्थायी नगराउने षड्यन्त्र हो, गोल्डेन हेन्डसेकसमेत नदिने गरी षड्यन्त्र भएको छ,’ कुँवरले भने । शिक्षा ऐन नवौंँ संशोधनका लागि विधेयक संसद्मा प्रस्तुत भए पनि छिटै पास गर्ने सम्भावनासमेत नभएको उनको भनाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy