Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

नेपाल बैंक घोटाला : १ करोडको सुन, १५ करोड कर्जा

\"\"सुनसरी । इटहरीमा सुन पसल चलाउने माधव रिसाल गत वर्ष ८ ग्राम सुन लिएर कर्जा लिन नेपाल बैंकको धरान शाखामा गए । करिब ३५ हजार रुपैयाँ मूल्यबराबरको सुन थियो । तर, उनले बैंकबाट ३५ लाख रुपैयाँ कर्जा लिएर निस्किए । ३५ हजार रुपैयाँको धितो राखेर ३५ लाख रुपैयाँ निकाल्नु आश्चर्यजनक थियो । अाजको नयाँ पत्रिकामा खबर छ– त्यो आश्चर्यका पछाडि खास दुईवटा सुन्नाको खेल थियो । धितोको मूल्यांकन ३५ हजार रुपैयाँ भएकामा त्यसमा बैंकका खजान्ची पदमा काम गर्ने हरिप्रसाद भट्टराईले दुईवटा सुन्ना थपिदिएर ३५ लाख बनाइदिएका थिए । त्यही मूल्यांकन आधारमा कर्जा शाखाले उनलाई ३५ लाख रुपैयाँ दिएको थियो । खजान्ची भट्टराई मात्र होइन, बैंकका प्रबन्धकदेखि कर्जा शाखाका सबै कर्मचारीको मिलेमतोमा ९७ पटक अनियमित तरिकाले कर्जा प्रवाह गरेका थिए । हाल प्रहरीले उक्त घटनाको अनुसन्धान गरी बैंकका पाँच कर्मचारीसहित ११ जनालाई पक्राउ गरेको छ । पटक–पटक गरेर बैंकबाट १५ करोड ५१ लाख ४३ हजार नौ सय पाँच रुपैयाँ अनियमितता भएको सिआइबीले जनाएको छ। २ किलो सुनमा १५ करोड कर्जा ९७ पटक गरेर बैंकले उक्त गिरोहलाई कर्जा दिएको थियो । जसमध्ये कतिपय अवस्थामा कमसल धितो राखिएको र कतिपय अवस्थामा थोरै सुनलाई धेरै देखाएर अनियमितता गरिएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् । पित्तललाई सुन भनेरसमेत कर्जा दिइएको छ । हाल हिसाब गर्दा करिब २ किलो मात्र सुन धितो राखिएको अनुसन्धानमा खुलेको छ । ०६६ सालदेखि पटक–पटक त्यसरी कमसल धितो राखेर कर्जा निकाली ठगी गरिएको प्रहरीको दाबी छ । बैंकमा पछि गएका कर्मचारीले थाहा पाएपछि छानबिन भएको थियो । ठूलो ठगी भएकाले बैंकले प्रहरीमा उजुरी दिएको थियो । सोही आधारमा सिआइबीले शुक्रबार ११ जनालाई पक्राउ गरेको हो । बैंकभित्रै सो विषयमा विवाद भएपछि घटना बाहिर आएको थियोे । घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको र ठगीको थप विवरण आउन बाँकी रहेको एसपी चौधरीले बताइन् । पक्राउ परेकालाई उच्च अदालत विराटनगरबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । सिआइबीका एसपी कमल थापा नेतृत्वको टोलीले धरानमै बसेर घटनाको अनुसन्धान गरिरहेको छ । ५ कर्मचारी थुनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले नेपाल बैंकको धरान शाखाका तत्कालीन प्रबन्धक(हाल विराटनगर शाखाका प्रबन्धक) पुष्पराज घिमिरेसहितलाई पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा बैंकका धरान शाखाका सहायक प्रबन्धक शंकर न्यौपाने तथा शाखा अधिकृत सानुबाबु श्रेष्ठ छन् । बैंकबाट पहिले नै निलम्बनमा परिसकेका कर्मचारी होमबहादुर भट्टराई र रामकिशोर मेहतालाई पनि प्रहरीले पक्राउ गरेको छ । भट्टराई खजान्ची तथा मेहता सहायक शाखा प्रबन्धकका रूपमा कार्यरत थिए । उक्त अनियमितताको प्रारम्भिक अनुसन्धान भइरहेको र अरू पनि संलग्न भएको हुन सक्ने सिआइबीका एसएसपी शेरबहादुर बस्नेतले बताए । त्यस्तै, कर्मचारीसँग मिलेर ठगी गर्ने सुनसरीका लालबहादुर विक, भोजपुरका ज्ञानेन्द्र पुरकुटी, सुनसरीका सञ्जित रसाइली, माधव रिसाल, सन्तोष रसाइली र सुनील विकलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये बैंकमा सेटिङ मिलाउने ज्ञानेन्द्र पुरकुटी हुन् । उनको धरानमा सुन पसल छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy