Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

‘ज्यानमारा रोबोट’को विकास रोक्न आग्रह, युद्धको तेस्रो क्रान्तिको चेतावनी

\"\"एजेन्सी । सय जनाभन्दा बढी रोबोट विज्ञहरुले \'किलर रोबोट्स\' अर्थात् ज्यानमारा रोबोटहरुको विकास हुनबाट रोक्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । राष्ट्रसंघलाई एउटा पत्र लेख्दै अर्बपति एलोन मस्कसहित आर्टिफिसियल इन्टेलिजेन्सका सदस्यहरुले \'युद्धकलासम्बन्धी तेस्रो क्रान्ति\'को चेतावनी समेत दिएका छन् । ११६ जना विज्ञहरुले अस्त्रको रुपमा \'आर्टिफिसियल इन्टेलिजेन्स\'को प्रयोगमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । पत्रमा भनिएको छ, \"त्यसको विकास भयो भने ठूलो स्तरमा सशस्त्र युद्ध हुन सक्छ जुन अहिलेसम्म भएको छैन र त्यो मान्छेको सोचभन्दा पनि तीव्र हुनेछ ।\" \"\" पत्रमा त्यो आतंकवादीहरुको अस्त्र हुन सक्ने र उनीहरुले निर्दोष मानिसहरुविरुद्ध त्यसको प्रयोग गर्न सक्ने खतरा औंल्याइएको छ । ती अस्त्रलाई \'ह्याक\' गरी अवाञ्छित अवस्था सिर्जना गर्न सकिने खतराबारे पनि पत्रमा सचेत गराइएको छ । विज्ञहरुले त्यसविरुद्ध तत्काल कदम चाल्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले भनेका छन्, \"समस्याहरुको पोको एकचोटि खुलेपछि त्यो बन्द हुन गाह्रो हुनेछ ।\" राष्ट्रसंघले त्यसलाई प्रतिबन्धित अस्त्रहरुको सूचीमा समावेश गर्नुपर्ने विज्ञहरुले बताएका छन् । यस्तो माग गर्नेहरुमा टेस्लाका सह-संस्थापक एवं प्रमुख कार्यकारी मस्क र गुगलका सह-संस्थापक मुस्तफा सुलेमान लगायत छन् । यसअघि स्वचालित अस्त्रबारे छलफल गर्न सोमवारका राष्ट्रसंघको बैठक डाकिएको थियो र अहिले चाहिँ उक्त बैठक नोभेम्बर महिनाका लागि सारिएको छ । राष्ट्रसंघका अरु समितिहरुमा पनि यसअघि हत्यारा रोबोटहरुबारे छलफल भएको बताइन्छ । सन् २०१५ मा एक हजार प्रविधि विज्ञ, वैज्ञानिक तथा सोधकर्ताहरुले पत्र लेखेर त्यस्ता अस्त्रबारे चेतावनी दिएका थिए । \"\" के हो ज्यानमारा रोबोट? यो यस्तो रोबोट हो जसले मान्छेको सहयोग विना नै आफ्नो लक्ष्यलाई निशाना बनाई सिध्याउन सक्छ । अहिलेसम्म त्यसको विकास त भइसकेको छैन तर प्रविधि जगत्‍मा त्यसले मूर्त रुप लिने समय टाढा नभएको विश्वास गरिएको छ । यसको वकालत गर्नेहरुले अस्त्रसम्बन्धी विद्यमान कानूनहरुले नै त्यसबाट उत्पन्न हुने समस्यालाई सम्बोधन गर्न सक्ने बताउने गरेका छन् । तर विरोधीहरुको तर्क छ, ती मानवताका लागि खतरा हुन् र त्यसमाथि प्रतिबन्ध लगाइनुपर्दछ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies