Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

रवीन्द्र समिरको ‘एकलव्य दृष्टिु प्रकाशित

काठमाडाैं, पेसाले प्रजजन तथा बालस्वास्थ्य विशेषज्ञ  रवीन्द्र समीरको आठौं लघुकथा सङ्ग्रह ‘एकलव्य दृष्टि’ प्रकाशित भएको छ । ८२ वटा सम्पूर्ण अप्रकाशित लघुकथाहरुको सङ्ग्रह एकलब्य दृष्टिमा वर्तमान समाजमा अन्तरनिहित राजनैतिक, सामाजिक, धामिक, सांस्कृतिक तथा व्यक्तिगत विकृति, विसंगति एवं द्वैध चरित्रलाई व्यंगात्मक रूपमा तीव्र प्रहार गरिएको छ । विविध कोणबाट उजागर गरेको यो सङ्ग्रहको केन्द्रीय पात्र डा। शर्मा हुन् । डा. शर्माका क्रियाकलापहरू चिकित्सा क्षेत्रका दर्पण बनेका छन् । कृतिका बारेमा समिक्षा गर्दै चर्चित हास्यव्यंग्यकार हरिवंश आर्चायले डा। समीरका लघुकथाहरुको पहिलेदेखि नै प्रशंसक रहेको बताएका छन् । डा। समीरका ‘एकलव्य दृष्टि’ को एउटा लघुकथाले तीन घण्टामा हेर्ने सिनेमाको सन्देश एउटा लघुकथाले एक मिनेटमै दिन सक्ने बताएका छन् । ‘एकलब्य दृष्टि’ व्यस्त जीवनको साहित्य रहेको र आँ गर्दा अलंकार बुझिने ‘एकलव्य दृष्टि’का लेखक डा। समीर आफ्नो मन पर्ने लेखक भएको भन्दै आचार्यले प्रसंशा गरेका छन् । पूर्व एनआरएन अध्यक्ष तथा लेखक जीवा लामिछानेले समाजको प्रतिविम्ब पाइने हुनाले समीरका लघुकथा उत्कृष्ट रहेको र उनका कथाहरू रमाइलो मानेर पढेको बताए । पुस्तक समिक्षा गर्दै मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेले ‘एकलव्य दृष्टि’ मा ८२ वटा लघुकथा भएपनि यसको केन्द्रीय पात्र एक डां शर्मा रहेको खुलाएका छन् । बिरामीको संवेदना र डाक्टरको साहित्यिक हृदयको सम्बन्धबाट जन्मिएको कृति ‘एकलव्य दृष्टि’ रहेको बताएका छन् । यस अघि रवीन्द्र समीरका तेस्रो आँखा, पोस्टमार्टम, विकिरण, ईश्वरका कथा, अर्जुनदृष्टि, अणु र पहाड तथा व्यंग्यम शरणं गच्छामि लघुकथा संग्रहहरु प्रकाशित छन् १ यसबाहेक उनको मुक्तक सङ्ग्रह चाँदीको घेरा र ग्रेटवालको ग्रेट अनुभूति नियात्रा सङ्ग्रह पनि प्रकाशित छन् । समीर लघुकथा विधाका सशक्त तथा अग्रणी कथाकार हुन् । समीरले पद्मश्री साहित्य सम्मान, युवाबर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल बिध्याभुषण पदक लगायत दुईदर्जनभन्दा धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरेका छन् । एकलव्य दृष्टि लघुकथा सङ्ग्रह फाइन प्रिन्टले प्रकाशित गरेको हो । ‘एकलव्य दृष्टि’ फाइनप्रिन्टको पहिलो लघुकथा सङ्ग्रह भएको फाइन प्रिन्टका निर्देशन निरज भारीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE