Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

प्रचण्डले पत्रकारहरुलाई दोहोर्यार्इ-दोहोर्यार्इ के भने ?

\"\"बाँके। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा अडिग रहेको स्पष्ट पारेका छन् । सुर्खेतबाट धनगढी जाने क्रममा गाभर भ्यालीमा पत्रकारहरुसँगको कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रण्चडले सो कुरा बताएका हुन् । ‘देशमा विद्यमान राजनीतिक अस्थिरताको अन्त्य गर्न, आर्थिक सम्बृद्धिको वातावरण बनाउन र राष्ट्रलाई एकताबद्ध गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक छ,’ अध्यक्ष प्रचण्डले भने ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनको प्रस्ताव फेरी दर्ता गराउन सकिने भन्ने दिएको अभिव्यक्ति असान्दर्भिक भएको उनले बताए । प्रचण्डले नेपालको आन्तरिक समस्या नेपालमै समाधान गर्न सकिने पनि बताए । उनले प्रधानमन्त्री देउवाको भारत भम्रण समग्रमा सफल रहेको निष्कर्ष निकालेका छन् । प्रचण्डले भने,‘विगतमा भएका सहमति कार्यान्वयनमा बढी जोड दिनु र विवाद नभएको विषयमा मात्र प्रधानमन्त्री प्रवेश गरेकोले भम्रण सार्थक भएको मैले बुझेको छु ।’ अध्यक्ष प्रचण्डले प्रदेश र केन्द्रको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन् ।दुवै निर्वाचन एकैसाथ सम्पन्न गरी संविधान कार्यान्वन सुनिश्चित गर्नका लागि सरकार र माओवादी केन्द्रको ध्यान केन्द्रीत भएको पनि प्रचण्डले बताए । उनले नं. २ प्रदेशमा असोज २ मा हुने स्थानीय तह निर्वाचन सफल हुने बताए । दुवै चरणको निर्वाचनपछि देश राजनीतिक स्थिरता र आर्थिक सम्बृद्धि तिर अगाडि बढ्ने प्रचण्डको विश्वास छ । प्रदेश र केन्द्रको निर्वाचनमा संविधान संशोधन पक्षधरको दुई तिहाई बहुमत भए फेरी प्रस्तुत गर्न सकिने बताए । उनले भने,‘संविधान संशोधनको विषय अहिलेलाई टुंगिएको छ, दुई तिहाई वहुमत आएपछि प्रस्ताव फेरी ल्याउन सकिन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending