Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

चितवन स्वाइन फ्लु सन्त्रासः १९ बिरामी थपिए, १८५ जना सङ्क्रमित भएको पुष्टि

चितवन, चितवनमा थप १९ जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो प्रतिवेदनअुनसार जिल्लाबाट नमुना पठाइएकामध्ये थप १९ जनामा स्वाइन फ्लु पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । यसअघि वैशाख ६ गतेसम्ममा १६६ जनामा स्वाइन फ्लु भएकामा नयाँ प्रतिवेदनअनुसार १९ जनामा सङ्क्रमण पुष्टि भएपछि स्वाइन फ्लु लाग्नेको सङ्ख्या बढेर १८५ पुगेको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक (किट नियन्त्रण निरीक्षक० रामकुमार केसीले जानकारी दिए । उनका अनुसार अझै १८ जनाको नमुना सङ्कलन गरेर केन्द्रमा पठाएकाले त्यसको प्रतिवेदन आउन बाँकी छ । अहिले थपिएकामा १८ जना चितवनका र एकजना उदयपुर घर भएका बिरामी छन् । चितवनमा पहिलो चरणको परीक्षणमा शङ्कास्पद देखिएकाको नमुना इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखा काठमाडौँमा थप परीक्षणका लागि पठाइन्छ । अहिलेसम्म जिल्लाबाट ५४७ जनाको नमुना परीक्षण गरिएको छ । चितवनमा उपचार गराएका स्वाइन फ्लुका बिरामीमध्ये आजसम्म चितवनका १५६ जना चितवनका मात्रै बिरामी छन् । नवलपरासीका १७ जना छन् भने उदयपुरका दुई जना छन् । रौतहट, जनकपुर, कास्की, गोर्खा, रुपन्देही, पर्सा, तनहुँ, महोत्तरी, बारा र काभ्रेका एक/एक बिरामी भेटिएका छन् । स्वाइन फ्लु लागेका बिरामीमा सुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्षण हुन्छ । भरतपुर अस्पतालका चिकित्सक भोजराज अधिकारीले अन्य रोगको सङ्क्रमण भएकालाई बढी असर गर्ने भएकाले ख्याल राख्न आग्रह गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE