Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सहिदको सूचीमा मन्त्रीको तस्बिर !

\"\"काठमाडौं । कक्षा ३ मा पढाइने सामान्य ज्ञानको किताबमा सहिदको सूचीमा क्याप्टेन यज्ञबहादुर थापाको तस्बिर हुनुपर्नेमा वर्तमान न्याय, कानुन तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाको तस्बिर राखिएको छ । अाजको कान्तिपुरमा खबर छ– काठमाडौंको विद्यार्थी प्रकाशन प्रालिले प्रकाशन र वितरण गरेको कक्षा ३ को मास्टरमाइन्ड जेनरल नलेज एन्ड आइक्यु टेस्ट (सामान्य ज्ञान) किताबको पृष्ठमा ११ मा मन्त्री थापाको नाम र तस्बिर राखिएको छ । किताबको अभ्यास नम्बर १० मा ‘हाम्रा सहिदहरू’ शीर्षकमा विभिन्न सहिदको तस्बिर राखेर विद्यार्थीलाई उक्त तस्बिर चिनेर नाम लेख्न भनिएको छ । सूचीको ९ नम्बरमा मन्त्री थापाको ढाका टोपी र गलबन्दी लगाइएको तस्बिर छ । पानाको अन्तिममा उत्तरस्वरूप सहिदहरू धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, लखन थापा, रामनाथ दाहाल, थिरबम मल्ल, भीमदत्त पन्त र यज्ञबहादुर थापाको नाम राखिएको छ । ओखलढुंगाका सहिद क्याप्टेन यज्ञबहादुर थापाको नाम र तस्बिर राख्न खोजिएको भए पनि प्रकाशकको असावधानीका कारण कास्की गृहजिल्ला भएका मन्त्री थापाको नाम र तस्बिर पुस्तकमा समावेश भएको हो । किताबका लेखक सुरेशचन्द्र राई र एकराज कटवाल हुन् । किताबको संशोधन मेघविलास भट्ट र होमनाथ आचार्यले गरेका छन् । गुरुकुल विद्याश्रममा कक्षा ३ मा आफ्ना छोरा पढाइरहेका प्रकाश बास्तोलाले उक्त गल्ती विद्यालयलाई बताउँदा पनि वास्ता नगरेको बताउँछन् । प्रालिका प्रबन्ध निर्देशक शान्त गौतमले सहिद क्याप्टेन यज्ञबहादुर थापाकै भनेर उक्त तस्बिर राखिएको बताए । उनले भने, ‘हामीले अनलाइनबाट खोजेर विगतदेखि नै त्यहीं फोटो राख्दै आएका छौं ।’ मन्त्री थापाले उक्त किताबबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । ‘म जिउँदै छु, कसरी सहिद हुन सक्छु र ?’ उनले प्रश्न गरे । उनले उक्त गल्ती गम्भीर भएको भन्दै यसबारे बुझेर प्रकाशकसँग आपत्ति प्रकट गर्ने बताए । ओखलढुंगाका क्याप्टेन यज्ञबहादुर थापा ०३१ पुस १ मा भएको टिम्बुरबोटे काण्डमा मारिने १३ स्वतन्त्र सेनानीमध्येका कमान्डर थिए । तत्कालीन कांग्रेसको राजनीतिमा सक्रिय क्या. थापा पञ्चायतको विरोध गर्दा मारिएका थिए । घटनाको ४१ वर्षपछि उनलाई ०७२ फागुन १९ मा सरकारले सहिद घोषणा गरेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy