Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

बुधबार सरकार विस्तार : राप्रपा (प्रजातान्त्रिक) चार मन्त्रालय लिएर सरकारमा जाँदै

\"\"काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर नयाँ पार्टी गठन गरेको एक महिना नपुग्दै पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा (प्रजातान्त्रिक) लाई चार मन्त्रालयसहित सरकारमा सहभागी बनाएर छैटौँपटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बुधबार सरकार विस्तारको सम्भावना रहेको बताए । ‘अहिलेसम्म ‘फिक्स’ भएको छैन, बुधबार मन्त्रिपरिषद् विस्तारको सम्भावना छ,’ मन्त्री बस्नेतले नयाँ पत्रिकासँग भने । देउवा र प्रचण्डसँगको छलफलपछि मिति तय राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री सुनीलबहादुर थापाले प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी अध्यक्ष राणाबीचको छलफलले सरकारमा पार्टीको सहभागिताको मिति तय गर्ने बताए । ‘पार्टी अध्यक्ष र म आज मात्रै तराईबाट काठमाडौं आइपुग्याैं । अब प्रधानमन्त्री देउवा, प्रचण्ड र पार्टी अध्यक्षबीच छलफल भएर सरकारमा सहभागी कहिले हुने मिति टुंगिन्छ,’ थापाले भने, ‘बुधबार हुने सम्भावना छ, मिति निक्र्योल भइसकेको छैन ।’ देउवाले राप्रपा (प्रजातान्त्रिक) लाई चार मन्त्रालय दिएर सरकारमा सहभागी बनाएपछि अहिलेसम्मकै ठूलो मन्त्रिपरिषद् हुनेछ । अहिले देउवा मन्त्रिपरिषद् ५० सदस्यीय छ । देउवा २०५२ सालमा प्रधानमन्त्री हुँदा ५२ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । यी हुन् राप्रपा (प्रजातान्त्रिक) ले पाउने मन्त्रालय आफूहरूले चार मन्त्रालय मागेको थापाले बताए । अहिले प्रधानमन्त्री देउवासँग वन, उद्योग, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय छन् । राप्रपा (प्रजातान्त्रिक) निकट स्रोतले चार मन्त्रालयमा पठाउने नेताको टुंगो पनि अध्यक्ष राणाले शीर्ष नेताहरूसँग अनौपचारिक छलफलबाट टुंग्याइसकेका छन् । विजयवास स्रोतले सरकारमा उपाध्यक्षद्वय दीपक बोहरा र विक्रम पाण्डे, महामन्त्री सुनीलबहादुर थापा र केन्द्रीय सदस्य रामकुमार सुब्बालाई मन्त्री बनाउने सहमति शीर्ष नेताबीच भएको बतायो । बोहरालाई वन, पाण्डेलाई विज्ञान तथा प्रविधि, थापालाई उद्योग र सुब्बालाई शान्ति तथा पुनर्निर्माण मन्त्रीमा सिफारिसको तयारी अध्यक्ष राणाले गरेका छन् । संविधानसभा निर्वाचन २०७० मा पाण्डे चितवन–५, बोहरा रूपन्देही–२ र थापा धनकुटा–२ बाट तत्कालीन राप्रपाबाट निर्वाचित भएका थिए । सब्बा भने तत्कालीन राप्रपा नेपालबाट समानुपातिक प्रणालीबाट सांसद भएका थिए । उनी राप्रपा नेपाल र राप्रपा एकीकरण नहँुदासम्म राप्रपा संसदीय दलका उपनेता पनि थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending