Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

सुरक्षा परिषदको बैठकमा चीन र अमेरिकाबीच भनाभन

\"\"एजेन्सी । उत्तर कोरियाले एकपछि अर्को परमाणु हतियारका परीक्षणपछि बोलाइएको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको आपतकालिन बैठकमा चीन र अमेरिकाबीच भनाभन भएको छ । सुरक्षा परिषदको बैठकमा अमेरिकाले उत्तर कोरियाले विश्व समुदायलाई नै जिस्क्याएको भन्दै कडा भन्दा कडा प्रतिबन्ध लगाउनु पर्ने प्रस्ताव ल्याएको थियो । संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलेले अत्ति नै भइसकेको अवस्था भएकोले अब भने कडा कदम चाल्नुपर्ने माग गरेकी थिइन । अमेरिका युद्दको पक्षमा नरहेपनि उत्तर कोरियाको व्यवहार टुलुटुलु हेरेर पनि बस्न नसक्ने उनको प्रतिक्रिया थियो । चीनियाँ प्रतिनिधिले भने उत्तर कोरियाको समाधान युद्दबाट समाधान हुन नसक्ने बताए । उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको अनुरोधलाई स्वीकार्दै परमाणु हतियारको विकास र प्रदर्शन रोक्नुपर्ने चिनियाँ पक्षको टिप्पणी थियो । “तर अमेरिकाले पनि दक्षिण कोरियासँग मिलेर कोरियाली प्रायद्विपमा शुरु गरेको सैन्य अभ्यास रोक्नुपर्छ । शान्तिपूर्ण तरिकाले मात्रै कोरियाली समस्या समाधान हुन सक्छ ।” बैठकमा चीनले भन्यो । चीनको यो प्रतिक्रिया पुरा हुन नपाउँदै अमेरिकी राजदूतले भने “इन्स्लटिङ प्रपोजल” अर्थात् अपमानजनक प्रस्ताव भन्दै बिरोध गरिन । त्यसपछि दुबै पक्षबीच आरोप प्रत्यारोप चलेको थियो । रुसले भने चीनको कदमको बचाऊ गरेको छ । कोरियाले परमाणु अस्त्र विकास गर्नु गलत भएको र ऊविरुद्द तेल आयातलगायतका अन्य प्रतिबन्ध लगाउन रुस सहमत भएपनि समस्याको समाधान युद्दबाट हुन नसक्ने बैठकमा रुसले प्रष्ट पारेको थियो । अमेरिकाले चीनको प्रस्ताव लज्जाष्पद भन्ने टिप्पणी गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै रुसका प्रतिनिधिले भने प्रस्तावमा अपमान हुनुपर्ने त्यस्तो कुरा के रहेछ ? भन्दै अचम्म लागेको बताएका थिए । उत्तर कोरियासँग चीनको ठूलो व्यापार रहेकोले अमेरिकाले चीनसँग समेत सम्बन्ध विच्छेद गर्ने धम्की समेत यसअघि नै दिइसकेको छ । चीनले भने समस्याको शान्तिपूर्ण समाधान हुनुपर्ने र दुबै पक्षले उत्तेजना बढाउने हरेक गतिविधि बन्द गर्नुपर्ने माग गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies