Ntc summer Offer
Khabar Dabali १९ मंसिर २०८१ बुधबार | 4th December, 2024 Wed
Investment bank

निन्द्रा र सपनाको विषयमा अचम्मित गरिदिने तथ्य

खाना र पानी पछि जुन कुरा मानव शरिरको लागि आवश्यक छ, त्यो हो निन्द्रा । मानिसको दिमाग निदाएको बेलामा के गर्न सक्छ त्यो अहिलेसम्म पनि पत्ता नलागेको कुरा हो । दिमागको पूरै क्रिया थाहा पाउन गाह्रो छ । जब व्यक्ति पुरै निदाउँदैन उसको शरिर उसको अधिनमा हुँदैन । जब व्यक्ति निदाउन सक्दैन तब उसको दिमाग काम गर्न सक्दैन । उसको बोलीचालीको तरिका पनि परिवर्तन हुने गर्दछ भने उसको स्मरण शक्ति कमजोर हुने गर्दछ । अहिलेसम्म कसैले पनि पत्ता लगाउन सकेका छैनन् कि हामी सपना किन देख्छौँ । हरेक सपनाको के अर्थ हुन्छ, त्यो पनि सबैलाई थाहा हुँदैन । हामीमध्ये धेरैले सपनालाई विश्वास गर्दैनौँ । यसलाई धेरै मानिसहरुले दिमागको खेल हो भन्ने सोच्छन् । आज हामी तपाईंलाई सपनाको बारेमा यस्तै अचम्मित गरिदिने तथ्य बताउँदैछौँ । \"1stimage\"स्थिर गरिदिने सपनाः सपनाले दिमागलाई स्थिर गरिदिन्छ र निदाउँदा शरिर पनि स्थिर हुने गर्दछ त्यसकारण यसले केहि प्रतिक्रिया दिन सक्दैन । यदि कोही व्यक्तिको सपना गलत तरिकाबाट टुट्छ तब ती व्यक्ति लगभग १० मिनेटसम्म स्थिर रहने गर्दछ । \"2ndimagealt\"नराम्रो सपना देख्ने संकेतः चिसो कोठामा सुत्दा नराम्रो सपनाको सम्भावना बढ्छ । चिसो कोठामा बारम्बार नराम्रो सपना देखिन्छ । \"3rdslide\"पढ्न र घडि हेर्न असमर्थः सपनामा सबैभन्दा गाह्रो काम भनेको पढ्नु र घडि हेर्नु हो । सपना चाहे जस्तो सुकै होस्, तपाईं सपनामा हुँदा न केहि पढ्न सक्नुहुन्छ न त समय हेर्न सक्नुहुन्छ । \"4thimage\"स्पष्ट सपनाः यस प्रकारको सपनाको खोज मानिस आफैँले गरेका हुन् जसलाई कान्सियस ड्रिमिङ पनि भनिन्छ । यस प्रकारको सपनामा विभिन्न गतिविधिहरुमाथि मनुष्यको नियन्त्रण हुने गर्दछ जस्तै उड्नु, घुम्नु र यहाँसम्म कि भित्ताहरुमा हिँड्नु । \"5thimage\"नशाः कोही व्यक्तिलाई सपना देख्ने नशा हुन्छ । यस्ता व्यक्तिहरु ब्यूझँनै चाँहदैनन् र दिनमा पनि सपना देखिरहन्छन् । यसका लागि उनीहरु हेलुसिनोजेनिक ड्रग लिने गर्दछन् जसलाई डिमेथ्राइट्रेप्टामिन भनिन्छ । यसले दिमागमा एक प्रकारको रसायन पैदा गर्दछ । \"6thimage\"दृष्टिविहिनको सपनाः जो मानिसहरु जन्मजात नै दृष्टिविहिन हुँदैनन्, उनीहरु सपनामा मानिसहरुको अनुहार र अन्य कार्यक्रमहरु देख्ने गर्दछन् भने जो व्यक्ति जन्मजात नै दृष्टिविहिन छन् उनीहरु कालो रङभन्दा अरु रङ देख्न सक्दैनन् किनभने अरु रङप्रति उनीहरुको दृष्टि सेन्स गर्न सक्दैनन् । \"7thimage\"सपनामा जे देखिन्छ, त्यो नयाँ होइनः मानिसको दिमाग, अनुहार र अन्य व्यवहार बनाउन सकिन्न त्यसकारण हामी सपनामा जे देख्छौँ त्यो हामीले देखेका कुराहरु नै हुन् । त्यसलाई हामीले हाम्रो बाल्यकाल अथवा कहिँ कतै देखेका हुनसक्छौँ जसलाई सायद हामीले बिर्सिसकेका छौँ । \"8thimage\"सपना कहिले पनि रंगीन हुँदैनः कुनै पनि व्यक्ति रंगीन सपना देख्न सक्दैनन् । हामी सपनामा जे देख्छौँ त्यो ब्ल्याक एण्ड ह्वाइट नै हुने गर्दछ । \"9thimage\"हिंस्रक सपना एउटा चेतावनी हुनसक्छः हिंस्रक सपना जस्तै चिच्याउने, छटपटाउने, पिटाइ खाने आदि बिरामी हुने संकेत अथवा चेतावनी हुनसक्छ । यो दिमागको खराबी र पागलपनको सुरुवाती लक्षण पनि हुन सक्छ । \"10thimage\"कसैको शरिरलाई रिसेट गर्नुः ब्रिटिश मिनिस्ट्री अफ डिफेन्सले आफ्ना सैनिकहरुको ‘स्लिप बटन रिसेट’ गरिदिए जसका कारण उनीहरु ३६ घण्टासम्म नसुती लगातार कुशलताका साथ काम गर्न सफल भए । यी सैनिकहरुको आँखामा फाइबर अप्टिकल लगाइएको थियो जसले उनीहरुको आँखामा एउटा भ्रम पैदा गर्दछ र उनीहरु जागा भइरहन्छन् । \"11thimage\"महिलालाई निन्द्रको बढि आवश्यक छः यो वैज्ञानिक रुपमा नै सिद्ध भएको छ । महिलालाई पुरुषहरुको तुलनामा एक घण्टा बढि निन्द्राको आवश्यक हुन्छ । यदि महिलाहरु एक घण्टा कम सुत्छन् भने उनीहरु बढि तनावग्रस्त रहने गर्दछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy