Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

मेडिकल कलेज सञ्चालकद्वारा मुद्दा फिर्ता नलिए विद्यार्थीलाई ‘ज्यान लिने’ धम्की

\"\"काठमाडौं, भदौ २६ । भैरहवाको युनिभर्सल मेडिकल कलेजका सञ्चालकले सर्वोच्च अदालतमा परेको मुद्दा फिर्ता नलिए विद्यार्थीलाई ‘ज्यान लिने’ धम्की दिएका छन्। सर्वोच्च अदालतमा उक्त मुद्दामाथि मंगलबारका लागि पेशी राखिएको छ । पेशीभन्दा अघि नै मुद्दा फिर्ता लिन युनिभर्सलका सञ्चालकले विद्यार्थीलाई यस्तो धम्की दिएका हुन्। त्रिवि शिक्षण अस्पतालले छनौट गरेका विद्यार्थी मात्रै अध्ययन गर्न पाउने व्यवस्था विपरीत करोडौं रुपैयाँ लिएर ‘ननमेरिट’ विद्यार्थी भर्ना गरेको युनिभर्सल कलेजले त्यसविरुद्ध परेको मुद्दा फिर्ता गर्न विद्यार्थीलाई चेतावनी दिएको हो। चिकित्साशास्त्र संकाय अन्तर्गतको स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीमाथि सञ्चालकले लगातार दबाब दिएको स्रोतले जनाएको छ। साथै, मेरिटमा अध्ययन गर्ने विद्यार्थीले सर्वोच्चको मुद्दाका कारण ४५ दिन ढिलागरी पढाई शुरु गरेका थिए। युनिभर्सल मेडिकल कलेज सञ्चालकले एक शैक्षिक वर्षको १५ दिन छुट्टीको व्यवस्था पनि त्यही ४५ दिनमा कटाउने र अब कुनै किसिमको छुट्टी नदिइने जिकिर गरेको छ। साथै ती विद्यार्थीले पाउने सेवासुधिबा पनि नदिएको जनाइएको छ। यस विषयमा विद्यार्थीले त्रिभूवन विश्वविद्यालयका डिन जगदिशप्रसाद अग्रवालसँग सहयोग मागेका थिए। तर, डिन अग्रवालले यस विषयमा आफूले केही गर्न नसक्ने जनाउँदै पन्छिन खोजेको विद्यार्थीका अभिभावकले गुनासो गरेका छन्। ‘डिन अग्रवालबाट सिडिओ कार्यालय जान सुझाव आएको छ,’ ती अभिभावकले भने, ‘जिम्मेवार निकायकै मानिसबाट यस्तो गैरजिम्मेवारपूर्ण व्यवहार भएपछि हामीले कोसँग न्याय माग्ने रु’ यसैबीच, ननरेमिट विद्यार्थीको भर्ना अवैध रहेको बताउँदै ‘स्टे अर्डर’ दिएको सर्वोच्च अदालतमा उक्त मुद्दाको पेश मंगलबारका लागि राखेको छ। एबिबिएसको पढाई सकेर ‘पोस्ट ग्य्राजुएट’ गर्न गएको विद्यार्थीमाथि युनिभर्सल कलेजले ज्यादति गरेको हो। यस विषयमा धारणा दिन खोज्दा युनिभर्सल मेडिकल कलेजका सञ्चालक बोल्न चाहेनन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending