Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङमा पर्यटकको लर्को

\"\"मनाङ । नेपालको महत्वपूर्ण पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गमा रहेको मनाङमा यस मौसममा पर्यटकको लर्काे लाग्न थालेको छ । वर्षा सकिएर हिउँदको शुरुवातसँगै दैनिक ८० देखि १०० जना पर्यटक मनाङ भित्रन थालेका छन् । 

गत वर्ष २२ हजार ८०० बाह्य र ८,००० आन्तरिक पर्यटकले मनाङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाले बताए ।

हिमाल पारीको जिल्ला मनाङ अहिले कुनै विदेशी मुलुकजस्तै देखिन थालेको छ । लमजुङको बेँशीसहर हुँदै यहाँ भित्रने पर्यटक बाटोभरि पैदलयात्रा गरिरहेको देख्न सकिन्छ । मनाङ जिल्लाको ताल – धारापानी– चामे हुँदै आउने पर्यटक माथिल्लो मनाङको पिसाङ, घ्यारु, ङावोल र मनाङगाउँमा बास बस्ने गर्दछन् । यहाँ पर्यटन व्यवसायीले पर्यटकलाई कुनै पनि असुविधा नहोस् भनी सुविधासम्पन्न होटल निर्माण गरेका छन् जहाँ खानबस्नको राम्रो सुविधाका साथै पिउने पानी, चर्पी र बाथरुम व्यवस्थित छ । २४ सैँ घण्टा तातो र चिसो पानीको व्यवस्थाका साथै हाइअल्टीच्युड (लेक लाग्ने)का लागि प्राथमिक उपचारका सामान प्रत्येक होटलमा राखिएको छ । यहाँ आउने पर्यटक विशेष गरेर थोराङ पास, लार्के पास, र कांला पासका साथ साथै विश्वकै अग्लो स्थानमा रहेको तिलीचो तालको अवलोकनका लागि आउने गरेका छन् । त्यस्तै, यस क्षेत्रमा पर्ने अग्लाअग्ला हिमश्रृङ्खला अन्नपूर्ण दोस्रो, तेस्रो र चौथोलगायत गंगापूणर््ा, जूलू पीक, पिसाङ पिक, निलगिरि र तिलिचो पिकजस्ता हिमाललाई नजिकैबाट अवलोकन गर्न पर्यटक आउने गरेको पर्यटन व्यवसायी गुरुप्रसाद गुरुङले बताए । बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकलाई जोड दिने उद्देश्यले यहाँको कला संस्कृति, रीतिरिवाज, वेशभूषालाई प्रदर्शनी कक्ष बनाई प्रदर्शन गरिएको छ । सूचना सञ्चारको विकासलाई ध्यान दिई मनाङको पर्यटन प्रवद्र्घनका लागि देश तथा विदेशमा प्रचारप्रसारमा जोड दिइएको जिल्ला पर्यटन विकास समिति, मनाङका अध्यक्ष विनोद गुरुङले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending