Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

पूर्व राजा भन्छन्, ‘मसँग भएको सहमति कार्यान्वयन गर’

पूर्व राजा ज्ञानेन्द्र शाहले तत्कालीन सात दलले आफूसित गरेको समझदारी कार्यान्वयनको माग गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ–प्रजातन्त्र दिवसका अवसरमा लिखित शुभकामना सन्देश दिंदै समझदारी कार्यान्वयनको माग गरेका हुन् । तर, दलबीच भएको समझदारी के भन्ने बारे पूर्वराजा मौन छन् । ‘तत्कालीन राजनीतिक दलहरु र मेराबीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जति सहमति, समझादारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए, तिनको स्मरण र अनुशरण गर्दै त्यसलाई सही रुपमा मुलुकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवशको सार्थकता रहन्छ ।’ उनले लिखित शुभकामना सन्देशमा भनेका छन् । २०६३ ११ बैशाखम तत्कालीन सात दल र आफूबीच सहमति कार्यान्वयनका लागि उनले आग्रह गरेका हुन् । त्यही बेला राजा र दलबीच सहमति पछि प्रतिनिधिसभा पुनवस्थापना भएको थियो । जनआन्दोलनकै क्रममा शाही घोषणाको आधारमा पुनस्थापित संसदले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाई प्रधानमन्त्री बनाएको थियो । कोइरालाले नारायणहिटी दरबारमा ज्ञानेन्द्रबाट नै सपथ लिएका थिए । त्यसयता ज्ञानेन्द्रले राजनीतिक घटनाक्रममा मुख खोलेका थिएनन् । ९ वर्षपछि उनले आफूसँग भएका सहमति कार्यान्वयनको माग गरेका हुन् । १५ जेठ २०६५ मा देश गणतन्त्रमा गएपछि ‘जनताको निर्णय’ भन्दै उनी नारायणहिटी छाडेर नागार्जुनको निजी निवासमा सरेका थिए । दलहरुको आग्रह अनुसार नारायणहिटी छाड्दा उनले भनेका थिए, ‘आफ्नो भूमिका जनताको चाहनामा भर पर्छ ।’ पूर्व राजा ज्ञानेन्द्रले अन्तर्वार्ताको क्रममा आफू र सात दलबीच राजसंस्थाको निरन्तरताको विषयमा सम्झौता भए पनि एमाओवादी शान्ति प्रक्रियामा आएपछि सहमति कार्यान्वयन नभएको बताउँदै आएका छन् । २००७ सालमा प्रजातन्त्रका लागि जग बसाउने कार्यमा पूर्वराजा त्रिभुवन, तत्कालीन सहिदहरु र आफ्नोसमेत भूमिका रहेको विज्ञप्तीमा उल्लेख गरेका छन् । तत्कालीन गृहमन्त्री सटौला भन्छन्, के को सहमति तत्कालीन गृहमन्त्री एवं कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला त्यस्तो सहमति केही नभएको दाबी गर्छन् । राजसंस्था गएकोमा असहजता भए पनि जनताको भावनालाई उनले स्वीकारेर दरबार छाडेको बताए । ‘पत्रकार सम्मेलन गरेर नै उहाँले गणतन्त्रलाई ‘जनताको घोषणा’ भन्नुभयो र सहज रुपमा नारायणहिटीबाट बाहिरिनुभयो ।’ सिटौला भन्छन् । आफूसँग ४५ मिनेट भेट हुँदा पूर्व राजाले गणतन्त्र स्वीकार गर्दै मुमा रत्नको भावनात्मक सम्बन्ध रहेको महेन्द्र मञ्जिल छोड्न नसक्ने मात्र बताएको जानकारी दिए । परिवर्तनलाई आत्मसात गसिकेकापछि अब राजाले सक्रिय हुन खोज्न नहुने र उक्साउनेहरु पनि चुपचाप बस्नुपर्ने सुझाव सिटौलाले दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy