Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

ट्रेड युनियन काँग्रेसको झन्डा सगरमाथामा फहराइने

काठमाडौँ, नेपाल ट्रेड युनियन काँग्रेसको झन्डा सगरमाथामा फहराइने भएको छ । ट्रेड युनियन काँग्रेस पाँचथर युवा समिति संयोजक सुशील शेर्माले सङ्गठनको झन्डा लिएर सगरमाथा आरोहण गर्न लागेका हुन् । ट्रेड युनियन काँग्रेस केन्द्रीय समितिले शुक्रवार आयोजना गरेको कार्यक्रममा सभासद् तथा नेपाली काँग्रेसका युवा नेता गगन थापाले पर्वतारोही शेर्मालाई सङ्गठनको झन्डा हस्तान्तरण गरे । सो अवसरमा नेता थापाले शेर्माको सगरमाथा आरोहण व्यक्तिगत नभई ट्रेड युनियन काँग्रेस तथा सिङ्गो नेपाली काँग्रेस परिवारसँग जोडिएको विषय हो भन्दै पार्टी सङ्गठनको पहिचानलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । फरक प्रसङ्गमा सभासद् थापाले यही वैशाख १७ गते बस्ने संविधानसभा बैठकबाट संविधान निर्माणको प्रक्रिया अघि बढ्ने बताए । ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले शेर्माको सगरमाथा आरोहण अभियान संसारका प्रजातन्त्रवादी र श्रमजीवी जनताका लागि प्रेरणाको विषय भएको बताए । उनले आरोहणका लागि सानो रकमबाट सुरु गरिएकाले थप रकम जुटाउने काम भइरहेको र सगरमाथा आरोहणको सलामी दस्तुर मिनाहा लागि सरकारलाई आग्रह गरिएकामा सकारात्मक प्रतिक्रिया पाएको जानकारी समेत दिए । सङ्गठनका उपाध्यक्ष गणेश निरौला, सचिव महेन्द्र यादव, पूर्व उपाध्यक्ष रीता खनाललगायतले पार्टी सङ्गठनको इतिहासमा पहिलोपटक हुन लागेको नौलो प्रयास सगरमाथा आरोहण गौरवको विषय भएको उल्लेख गरे । पाँचथर माङजाबुङ–३ का शेर्माले यसअघि अन्य केही चुचुराको आरोहण गरिसकेका छन् । पाँचवर्षे बाल्यकालदेखिको सगरमाथा आरोहण गर्ने चाहना २०७२ सालमा पूरा गर्ने अवसर आएकामा शेर्माले खुसी व्यक्त गर्दै यसका लागि सबैको साथ सहयोग चाहिने बताए । ट्रेड युनियनको झन्डा सगरमाथामा फहराएर ‘श्रमलाई सम्मान गराँै श्रम शक्ति नै राष्ट्र शक्ति हो’ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको उनले बताए । आरोही शेर्मा सोमबार सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गर्ने युवा समितिले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE