Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

ट्रेड युनियन काँग्रेसको झन्डा सगरमाथामा फहराइने

काठमाडौँ, नेपाल ट्रेड युनियन काँग्रेसको झन्डा सगरमाथामा फहराइने भएको छ । ट्रेड युनियन काँग्रेस पाँचथर युवा समिति संयोजक सुशील शेर्माले सङ्गठनको झन्डा लिएर सगरमाथा आरोहण गर्न लागेका हुन् । ट्रेड युनियन काँग्रेस केन्द्रीय समितिले शुक्रवार आयोजना गरेको कार्यक्रममा सभासद् तथा नेपाली काँग्रेसका युवा नेता गगन थापाले पर्वतारोही शेर्मालाई सङ्गठनको झन्डा हस्तान्तरण गरे । सो अवसरमा नेता थापाले शेर्माको सगरमाथा आरोहण व्यक्तिगत नभई ट्रेड युनियन काँग्रेस तथा सिङ्गो नेपाली काँग्रेस परिवारसँग जोडिएको विषय हो भन्दै पार्टी सङ्गठनको पहिचानलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । फरक प्रसङ्गमा सभासद् थापाले यही वैशाख १७ गते बस्ने संविधानसभा बैठकबाट संविधान निर्माणको प्रक्रिया अघि बढ्ने बताए । ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले शेर्माको सगरमाथा आरोहण अभियान संसारका प्रजातन्त्रवादी र श्रमजीवी जनताका लागि प्रेरणाको विषय भएको बताए । उनले आरोहणका लागि सानो रकमबाट सुरु गरिएकाले थप रकम जुटाउने काम भइरहेको र सगरमाथा आरोहणको सलामी दस्तुर मिनाहा लागि सरकारलाई आग्रह गरिएकामा सकारात्मक प्रतिक्रिया पाएको जानकारी समेत दिए । सङ्गठनका उपाध्यक्ष गणेश निरौला, सचिव महेन्द्र यादव, पूर्व उपाध्यक्ष रीता खनाललगायतले पार्टी सङ्गठनको इतिहासमा पहिलोपटक हुन लागेको नौलो प्रयास सगरमाथा आरोहण गौरवको विषय भएको उल्लेख गरे । पाँचथर माङजाबुङ–३ का शेर्माले यसअघि अन्य केही चुचुराको आरोहण गरिसकेका छन् । पाँचवर्षे बाल्यकालदेखिको सगरमाथा आरोहण गर्ने चाहना २०७२ सालमा पूरा गर्ने अवसर आएकामा शेर्माले खुसी व्यक्त गर्दै यसका लागि सबैको साथ सहयोग चाहिने बताए । ट्रेड युनियनको झन्डा सगरमाथामा फहराएर ‘श्रमलाई सम्मान गराँै श्रम शक्ति नै राष्ट्र शक्ति हो’ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको उनले बताए । आरोही शेर्मा सोमबार सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गर्ने युवा समितिले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy