राष्ट्रपति लोकतान्त्रिक गणतन्त्रको राष्ट्रपतिजस्ता देखिएनन् । राष्ट्रपतिले कस्तो सांस्कृतिक चेतनालाई ग्रहण गर्ने र कस्तो सांस्कृतिक चेतनालाई त्याग गर्ने भन्ने भन्ने प्रश्न मैले उठाएको हुँ । यसर्थ, मैले प्रश्न उठाएको मूल विषय भनेको लोकतान्त्रिक गणतन्त्रका राष्ट्रपतिले कस्तो सांस्कृतिक मूल्य–मान्यतालाई अँगाल्ने र कस्तो सांस्कृतिक मूल्य–मान्यतालाई त्याग गर्ने भन्ने हो । यसमा कुनै दुईमत छैन कि लोकतन्त्रका यी ९ वर्षहरुमा वर्तमान राष्ट्रपतिले पुरानो एकात्मक संस्कृतिकै ‘सीनो’ बेकेर हिँडेजस्तै व्यवहार देखाए अनि नयाँ संस्कृतिको निर्माण गर्ने बाटोमा अवरोध बनिरहे ।जहाँसम्म तपाईंको नागरिक अगुवाहरु निदाए अथवा कुन खोपीमा बिलिन भए भन्ने प्रश्न छ, त्यसमा सजिलो कुरा छ– जो विभिन्न पार्टीको छाता ओढेर, विभिन्न स्वार्थमा नागरिक आन्दोलनमा आएका थिए– उनीहरु आ–आफ्ना पार्टीमा फर्किए । र, जो स्वार्थविहीन स्वतन्त्र नागरिकका रुपमा नागरिक आन्दोलनमा समाहित भएका थिए, उनीहरु सडकमा जाने अवस्था रहेन । सडकमा जाने अवस्था नरहेपछि ती स्वतन्त्र नागरिकहरुले गर्ने आफ्ना गतिविधि गरिरहेकै छन् ।ती नागरिकहरुले गर्ने मुख्य गतिविधि भनेको लेख्ने–पढ्ने नै हो, त्यो जारी नै छ । नागरिकहरुमा ‘लोकतन्त्र ल्याएर हामीले के पायौं ? योभन्दा त बरु पुरानै शासन राम्रो थियो’ भन्ने विचार समेत देखापर्न थालेको छ । यसो हुनुको कारण के हो ? नागरिकमा क्रमशः बढ्न थालेको यसखाले सोचाइबारे तपाईंको के धारणा छ ? सामान्य नागरिकहरु परिवर्तनको प्रतिफल छिटो चाहन्छन् । तर, त्यस्तो प्रतिफल छिट्टै सम्भव हुँदैन । दुर्भाग्यवश लोकतन्त्र स्थापनापछि हाम्रा शासकहरुले जनतालाई न्यूनतम सेवा–सुविधाको आपूर्ति समेत गरेनन् । त्यसबाट जनतामा निराशा पैदा भयो र त्यसले हिजोको शासनलाई सम्झन, त्यसका विविध पाटामा सोच्न बाध्य बनायो । म जनतालाई दोष दिन त सक्दिनँ तर जनतामा पलाएको यो सोच हाम्रा शासकहरुले जनतामा हस्तान्तरण गरेको सोचभन्दा भिन्न भने बिल्कुलै छैन ।
दुर्भाग्यवश लोकतन्त्र स्थापनापछि हाम्रा शासकहरुले जनतालाई न्यूनतम सेवा–सुविधाको आपूर्ति समेत गरेनन् । त्यसबाट जनतामा निराशा पैदा भयो र त्यसले हिजोको शासनलाई सम्झन, त्यसका विविध पाटामा सोच्न बाध्य बनायो ।यसका मुख्य दोषी हाम्रा शासक र राजनीतिकर्मीहरु नै हुन् । जनतामा लोकतन्त्रप्रति आशा कायम राख्न नसक्नु राजनीतिकर्मीहरुको ठूलो दोष हो । कसरी लोकतन्त्र पश्चगमन तर्फ गयो ? परिवर्तनमुखी एजेन्डाका संवाहकहरुले परिवर्तनको यथार्थ प्रस्ट्याउन र सही व्याख्या गर्न सकेनन् । परिवर्तनका विरोधीहरुले परिवर्तनका बाहकहरुका कमजोरीबाट भरपुर फाइदा उठाए, जुन स्वाभाविक पनि छ । त्यसैले आजका दिनमा परिवर्तनविरोधी शक्ति नै लोकतान्त्रिक संविधान लेख्ने कलम कब्जा गरेर बसेका छन् । तपाईं अनुमान गर्न सक्नुहुन्छ– परिवर्तनविरोधीले परिवर्तनको नारा उल्टो दिशामा भट्याउन थाले के हुन्छ ? अहिले परिवर्तनकामी छिन्नभिन्न र कमजोर भएका छन् भने परिवर्तनविरोधीहरु शक्तिसम्पन्न भएका छन् । यही यथार्थको परिणाम हो– पश्चगमन । तपाईं बारम्बारजसो ‘लोकतन्त्रका श्रीपेचधारी’ भनेर (सडक कब्जा गरेर सवारी चलाएकोप्रति संकेत गर्दै) राष्ट्रपतिप्रति चर्को टिप्पणी गर्ने गर्नुहुन्छ, किन बन्नुभयो यत्तिको असहिष्णु ? कुरा त्यति मात्र होइन किनकि मैले त्यसरी सवारी चलाएको विषयमा मात्रै त्यस्तो टिप्पणी गरेको होइन । मूल कुरा– जसबाट सही, सकारात्मक र राम्रो कामको अपेक्षा गरिन्छ, उसैले गलत, नकारात्मक र नराम्रा गतिविधि गर्दा जनतामा आक्रोश उत्पन्न हुन्छ । यो प्राकृतिक रुपमा पनि स्वाभाविक छ । राजा गए र राष्ट्रपति आए तर राष्ट्रपतिका क्रियाकलापमा समेत राजाकै क्रियाकलापको पुनरावृत्ति भयो । धर्मनिरपेक्षताको मर्मविपरीत राष्ट्रपति हिन्दू मठमन्दिरमा धाइरहे । राष्ट्रपतिले राजाकै शैलीमा सडकबाट जनताालई बढारेर सडक कब्जा गरे । हिन्दू धर्मइतरका अन्य धर्म, वेषभूषा र भाषाहरुप्रति राष्ट्रपतिले उपेक्षाभाव प्रकट गरे । राष्ट्रपतिले यो गर्नु हुन्थ्यो कि हुन्थेन ?
धृष्ट तर स्पष्ट भाषामा भन्नुपर्दा मुलुकमा लोकतन्त्र कागजमै सीमित छ, व्यवहारमा ठालूतन्त्रले राज गरिरहेको छ । मलाई वर्तमान राजनीति पश्चगमनतर्फ गइरहेझैं लाग्छ । त्यसैले लोकतन्त्रका उपलब्धि खतरामा छन् ।त्यसैले राष्ट्रपति लोकतान्त्रिक गणतन्त्रको राष्ट्रपतिजस्ता देखिएनन् । राष्ट्रपतिले कस्तो सांस्कृतिक चेतनालाई ग्रहण गर्ने र कस्तो सांस्कृतिक चेतनालाई त्याग गर्ने भन्ने भन्ने प्रश्न मैले उठाएको हुँ । यसर्थ, मैले प्रश्न उठाएको मूल विषय भनेको लोकतान्त्रिक गणतन्त्रका राष्ट्रपतिले कस्तो सांस्कृतिक मूल्य–मान्यतालाई अँगाल्ने र कस्तो सांस्कृतिक मूल्य–मान्यतालाई त्याग गर्ने भन्ने हो । यसमा कुनै दुईमत छैन कि लोकतन्त्रका यी ९ वर्षहरुमा वर्तमान राष्ट्रपतिले पुरानो एकात्मक संस्कृतिकै ‘सीनो’ बेकेर हिँडेजस्तै व्यवहार देखाए अनि नयाँ संस्कृतिको निर्माण गर्ने बाटोमा अवरोध बनिरहे । अन्त्यमा, लोकतन्त्रका यी ९ वर्ष तपाईंले चाहिँ कसरी बिताउनुभयो ? यी ९ वर्षमा मैले लोकतन्त्रलाई जनतासमक्ष पुर्याउने, जनतालाई लोकतन्त्रको अवधारणा र त्यसको गुह्य कुरा बुझाउने तथा लोकतन्त्रलाई संस्थागत गर्न आफूले गर्न सकिने काममा क्रियाशील भएरै बिताएँ । यसबीच निराशाको परिस्थितिबाट पनि गुज्रिनुप¥यो । निराशा भन्ने कुरा परिस्थितिको प्रकृतिबाटै निर्मित हुने अनुभूति हुन् यथार्थको प्रक्रिया पश्चगमनतर्फ मोडिएपछि निराशाको अनुभूति हुनु पनि अस्वाभाविक होइन । तर, निराशा जीवनका समस्याको निराकरण होइन । त्यसैले आशाकै लागि प्रयत्नशील छु र हुनुपर्छ । आशाको गर्भबाट पैदा हुने सकारात्मक अनुभूतिले नै यस प्रक्रियामा लाग्न प्रेरित गरिरहेको छ ।
प्रतिकृया लेख्नुहोस्: