Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

राष्ट्रिय लज्जा : राष्ट्रपति हात जोड्ने, रामदेव धाप मार्ने !

काठमाडौं, नेपालका राष्ट्रप्रमुख, सर्वोच्च मर्यादायुक्त सम्मानित संस्था राष्ट्रपति डा. रामवरण यादव शिर झुकाउँदै जम्लाहात जोडेर लोकतन्त्र दिवसका दिन एकाबिहानै चार–पाँच कक्षामा पढ्ने ‘आज्ञाकारी छात्र’ झैं ठिङ्ग उभिए । राष्ट्रपति भारतीय योगी रामदेवका अगाडि यसरी उभिँदा याेगीले भने राष्ट्रपतिभन्दा पनि ठूलै विशेषाशिर्वाद प्राप्त \'अवतार\' झैं गरी हाम्रा राष्ट्रपतिलाई धाप मारिरहे । एमालेका ‘म्यानमेकर’ भनी चिनिएका पार्टी उपाध्यक्ष तथा मुलुकका सर्वशक्तिमान ठानिने गृहमन्त्री वामदेव गौतमको हालत पनि उस्तै देखियो । त्यही पंक्तिमा उभिए सर्वोच्च अदालतका प्रधान न्याधीश रामकुमारप्रसाद साहलगायतका केही उच्चाधिकारीहरु । टुँडिखेलमा आयोजित सार्वजनिक योगा कार्यक्रममा यस्तो दृश्य देखिनु राष्ट्रिय लज्जाको विषय हो । हजारौं सर्वसाधारण र मुलुकका केही विशिष्ट मानिसहरुका अगाडि एक योगी मालिकका रुपमा खडा हुनु र हाम्रो मुलुकको सर्वोच्च निकाय निरीह मुद्रामा प्रस्तुत हुनु खेदजनक मात्रै होइन आपत्तिजनक र दुःखद् समेत छ । योगी रामदेव एक योगाशिक्षक हुन् ।  उनीप्रति जोसुकैको सम्मान–श्रद्धा या उपेक्षाभाव पनि रहन सक्छ । यो आम मानिसको हकमा लागू हुने कुरा हो । तर, देशकै सर्वोच्च सम्मानित संस्थाले योगीप्रति देखाएको यस्तो झुकाव वा लज्जा कुनै पनि मानेमा सह्य हुन सक्दैन । राष्ट्रकै सबैभन्दा उच्च मर्यादा ग्रहण गरेका सार्वभौमसत्तासम्पन्न राष्ट्रका राष्ट्रप्रमुखले छिमेकी राष्ट्रका एक सामान्य नागरिकसामु झुक्नुलाई पाठकका आँखाले कसरी हेर्छन् ? बाँकी जिम्मा पाठकलाई... !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy