Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सामाजिक सुरक्षा भत्ता बढाउने घोषणाबारे अन्योल

\"\"काठमाडाैं । प्रदेश २ को स्थानीय निर्वाचनबाट चुनिएका कतिपय जनप्रतिनिधिले समेत आफूखुशी सामाजिक सुरक्षा भत्ता बढाउने लगायतका कार्यक्रम घोषणा गर्न थालेपछि केन्द्रीय निकायहरुले त्यसो नगर्न सचेत गराएका छन् । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत छुट्टयाइएको बजेट निकासा भइसकेकाले थप घोषणा भए केन्द्रले भार नबेहोर्ने चेतावनी अधिकारीहरुले दिएका छन् । सामाजिक सुरक्षा भत्ता बढाउने निर्णय गरेका कतिपय स्थानीय जनप्रतिनिधि चाहिँ त्यसका लागि कसरी रकम जुटाउने भन्नेमै अन्योलमा देखिएका छन् ।विना कुनै योजना र आधारमा स्थानीय तहलाई अर्बौ रुपैंया आर्थिक भार पर्नेगरी हुने घोषणालाई केन्द्रीय बजेटले सम्बोधन नगर्ने भन्दै स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय पञ्जीकरण विभागले सचेत गराएको छ । सरकारको नीति तथा कार्यक्रम अन्तर्गतको सामाजिक सुरक्षा भत्ता वितरणका लागि बजेट निकासा गरिसकिएको तर पछि घोषणा गरिएको भत्तालाई त्यसले नसमेट्ने विभागका निर्देशक विशाल भारद्वाजले बताएका छन् । उनले भने, \'\'केन्द्रले जुन कार्यक्रमहरु घोषणा गरेको छ, त्यसको दायित्य अन्तर्गत पर्ने पैसा हामी केन्द्रवाट पठाउँछौं। र स्थानिय तहमा जनप्रतिनिधिले आफ्नै कानुन नियम बनाएर भत्ता बढाउने छुट्टै कुरा भयो। तर उनीहरुले बढाएकै आधारमा केन्द्रीय सरकारबाट निकास चाहिँ हुँदैन ।\'\' कतिपय जनप्रतिनिधिले विकास बजेट कटाएर सामाजिक सुरक्षा भत्तावृद्धि गर्न सकिने तर्क अगाडि सारेपनि अर्थ र स्थानीय विकास मन्त्रालयले त्यसो गर्न कानुनले नमिल्ने भन्दै सतर्क गराएका थिए । यसअघि काठमाण्डौं, ललितपुर, पोखरा महानगरपालिका लगायतका मुख्य शहरका जनप्रतिनिधिहरुले गरेको घोषणा जस्तै, तेस्रो चरणको स्थानीय निर्वाचनबाट चुनिएकाहरुमध्ये कतिपयले सामाजिक सुरक्षा भत्ता ह्वात्तै बढाउने निर्णय गरेका छन् । त्यस्तैमध्येका एक पर्साको विन्दवासिनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष श्रीलाल साह कानु, जनताको अपेक्षालाई सम्बोधन गर्न वृद्धवृद्धा, एकल महिला र अल्पसंख्यक तथा लोपोन्मुख जातिले पाउने राहतमा वृद्धि गरिएको तर्क गर्छन् । तर त्यसको भार कसले बेहोर्ने भन्नेबारेमा भने अनभिज्ञता प्रकट गर्दै उनले भने, \'\'पहिलो र दोस्रो चरणको चुनावमा जित्ने जनप्रतिनिधिहरुको मुखबाट मैंले सामाजिक सुरक्षा भत्ता बढाएको कुरा सुनेको छु । गाँउघरमा गरिबी छ त्यसैले ५०० रुपैयाँ वृद्धि गर्दिएँ । लागु कसरी गर्ने पछि थाहा हुन्छ ।\'\' विद्यमान कानुनले आफ्नै स्रोत परिचालन गरेर सामाजिक सुरक्षा भत्ता लगायतका राहत कार्यक्रम ल्याउन सकिने भएपनि त्यसकालागि नगर वा गाउँसभावाट कानुन पारित गर्नुपर्ने अधिकारीहरुको भनाइ छ । सरकारले आर्थिक वर्ष २०७४/०७५ मा सामाजिक सुरक्षा बापत ३६ अर्ब रुपैयाँ विनियोजन गरी ७५३ वटै निकायमा पठाइसकिएको बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy