Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

एपीएफ र चर्च ब्वाइजको फाइनल भिडन्त

\"\"काठमाडाैं । विभागीय टोली एपीएफ झापाको शिवसताक्षी नगरपालिकास्थित दुधेमा जारी पहिलो संस्करणको दुधे गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दुधे खेल मैदानमा सोमबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलअन्तरले पाखा लगाउँदै एपीएफले उपाधिका लागि चर्च ब्वाइजसँगको भेट पक्का गरेको हो । फाइनल प्रवेशसँगै एपीएफले कम्तिमा नगद १ लाख ५१ हजार रुपैयाँ सुरक्षित गरेको छ । पहिलो हाफभर हिमालयनले एपीएफलाई दबाबमा राखेको थियो । एपीएफका गोलरक्षक राजु नगरकोटी हिमालयनका खेलाडीको प्रहार रोक्नमै व्यस्त देखिए । खेलको १६औँ मिनेटमा हिमालयनले उपहारस्वरुप एक गोल पायो । हिमालयनका विदेशी खेलाडी आबाको लामो पासमा बीके लामाले हेडमार्फत गोल गर्न खोज्दा एपीएफका गोलरक्षकको हातबाट फुत्किएको थियो । फुत्किएको उक्त बल एपीएफका खेलाडी सरोज कोइरालाको खुट्टामा लागेर गोलमा परिणत भएको थियो । ४२औँ मिनेटमा एपीएफका हरि कार्कीले गोल फर्काउँदै १–१ को बराबरी गरे । सन्तोष श्रेष्ठको सुन्दर पासलाई कार्कीले हेडमार्फत जाली चुमाएका हुन् । दोस्रो हाफमा एपीएफले हिमालयनको गोलपोष्टमा निरन्तर आक्रमण जारी राख्यो । दोस्रो हाफको ३५औँ मिनेटमा एपीएफका युवराज खड्काले गोल गर्दै एपीएफका लागि २–१ को जीत सुनिश्चित गरे । रुपबहादुर लामाको कर्नर प्रहारलाई सदुपयोग गर्दै खड्काले बललाई जाली चुमाएका हुन् । यसअघि १८औँ मिनेटमा हिमालयनले पाएको फ्रि–किक कप्तान लक्ष्मण जीसीले सदुपयोग गर्न सकेनन् । उनको प्रहार एपीएफका गोलरक्षक नगरकोटीले विफल पारे । एपीएफका रुपबहादुर लामाले हिमालयनका रञ्जय चौधरीलाई लडाएपछि हिमालयनले फ्रि–किक पाएकोे थियो । दोस्रो हाफको २७ औँ मिनेटमा पुलिसका रामकुमार कटुवालको कडा प्रहार बाहिररिएको थियो । खेलमा एपीएफका खेलाडी श्याम नेपाली म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । खेलमा एपीएफका रुपबहादुर लामा र सरोज कोइराला तथा हिमालयनका कप्तान लक्ष्मण जीसी र भिषण गुरुङलाई रेफ्री प्रकाशनाथ श्रेष्ठले पहेँलो कार्ड देखाएका थिए । उपाधिका लागि एपीएफले बुधबार चर्च ब्वाइजको सामना गर्नेछ । चर्च ब्वाइज भने आइतबार मोरङ–११ लाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको थियो । यी दुई टोलीबीचको फाइनल भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । दुधे युथ क्लबले आयोजना गरेको प्रतियोगिताका विजेताले नगद ३ लाख १ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उपविजेताले नगद १ लाख ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने सञ्चार संयोजक विनोद सापकोटाले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies