Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

एपीएफ र चर्च ब्वाइजको फाइनल भिडन्त

\"\"काठमाडाैं । विभागीय टोली एपीएफ झापाको शिवसताक्षी नगरपालिकास्थित दुधेमा जारी पहिलो संस्करणको दुधे गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दुधे खेल मैदानमा सोमबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलअन्तरले पाखा लगाउँदै एपीएफले उपाधिका लागि चर्च ब्वाइजसँगको भेट पक्का गरेको हो । फाइनल प्रवेशसँगै एपीएफले कम्तिमा नगद १ लाख ५१ हजार रुपैयाँ सुरक्षित गरेको छ । पहिलो हाफभर हिमालयनले एपीएफलाई दबाबमा राखेको थियो । एपीएफका गोलरक्षक राजु नगरकोटी हिमालयनका खेलाडीको प्रहार रोक्नमै व्यस्त देखिए । खेलको १६औँ मिनेटमा हिमालयनले उपहारस्वरुप एक गोल पायो । हिमालयनका विदेशी खेलाडी आबाको लामो पासमा बीके लामाले हेडमार्फत गोल गर्न खोज्दा एपीएफका गोलरक्षकको हातबाट फुत्किएको थियो । फुत्किएको उक्त बल एपीएफका खेलाडी सरोज कोइरालाको खुट्टामा लागेर गोलमा परिणत भएको थियो । ४२औँ मिनेटमा एपीएफका हरि कार्कीले गोल फर्काउँदै १–१ को बराबरी गरे । सन्तोष श्रेष्ठको सुन्दर पासलाई कार्कीले हेडमार्फत जाली चुमाएका हुन् । दोस्रो हाफमा एपीएफले हिमालयनको गोलपोष्टमा निरन्तर आक्रमण जारी राख्यो । दोस्रो हाफको ३५औँ मिनेटमा एपीएफका युवराज खड्काले गोल गर्दै एपीएफका लागि २–१ को जीत सुनिश्चित गरे । रुपबहादुर लामाको कर्नर प्रहारलाई सदुपयोग गर्दै खड्काले बललाई जाली चुमाएका हुन् । यसअघि १८औँ मिनेटमा हिमालयनले पाएको फ्रि–किक कप्तान लक्ष्मण जीसीले सदुपयोग गर्न सकेनन् । उनको प्रहार एपीएफका गोलरक्षक नगरकोटीले विफल पारे । एपीएफका रुपबहादुर लामाले हिमालयनका रञ्जय चौधरीलाई लडाएपछि हिमालयनले फ्रि–किक पाएकोे थियो । दोस्रो हाफको २७ औँ मिनेटमा पुलिसका रामकुमार कटुवालको कडा प्रहार बाहिररिएको थियो । खेलमा एपीएफका खेलाडी श्याम नेपाली म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । खेलमा एपीएफका रुपबहादुर लामा र सरोज कोइराला तथा हिमालयनका कप्तान लक्ष्मण जीसी र भिषण गुरुङलाई रेफ्री प्रकाशनाथ श्रेष्ठले पहेँलो कार्ड देखाएका थिए । उपाधिका लागि एपीएफले बुधबार चर्च ब्वाइजको सामना गर्नेछ । चर्च ब्वाइज भने आइतबार मोरङ–११ लाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको थियो । यी दुई टोलीबीचको फाइनल भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । दुधे युथ क्लबले आयोजना गरेको प्रतियोगिताका विजेताले नगद ३ लाख १ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उपविजेताले नगद १ लाख ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने सञ्चार संयोजक विनोद सापकोटाले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: