Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

वातवारणमन्त्रीलाई अंग्रेजीको पिरलो

वातावरणमन्त्री मिथिला चौधरी मैथिली राम्रोसँग बोल्छिन् । नेपाली पनि बुझ्छिन्/बोल्छिन् । अंग्रेजी चाहिं फिटिक्कै बुझ्दिनन् । तिनै मन्त्री विदेश भ्रमण र विदेशमा अंग्रेजीमा सञ्चालन हुने कार्यक्रममा सहभागी हुन मरिहत्ते गर्ने गरेकी छन् ।
मन्त्री बनेको दुई महिनापछि भदौमा उनी पहिलो विदेश भ्रमणका रूपमा थाइल्यान्ड गइन् । एसिया क्षेत्रका वातावरणमन्त्रीहरूको सम्मेलनमा सहभागी हुन त्यहाँ गएकी चौधरीलाई अंग्रेजी भाषा बाधक बन्यो । ‘भाषाको समस्याले कार्यक्रमबारे बुझ्ने अवसर नै पाइनँ,’ सोमबार उनले आफ्नै कार्यकक्षमा  अनुभव सुनाइएकाे अाजकाे कान्तिपुरमा खवर छ, ‘दोभासेको सहयोग भए पनि मन्त्रीहरूको छलफलमा भाग लिन सकिनँ ।’ उनले रोमनमा लेखिएको अंग्रेजीमा मन्तव्य दिइन् । एसिया क्षेत्रका वातावरणमन्त्रीमा महिलामन्त्री उनी एक्ली थिइन् । जसोतसो गरेर थाइल्यान्डको दुईदिने कार्यक्रममा इज्जत जोगाएर फर्किएकी मन्त्री चौधरी स्विट्जरल्यान्ड जाने तयारीमा छिन् । मर्करीसम्बन्धी मिनामाता महासन्धिको राष्ट्रसंघीय सम्मेलन (कोप १) मा सहभागी हुन उनी बुधबार जेनेभा जान लागेकी हुन् । त्यहाँ पनि उनले भाषाको समस्या झेल्नुपर्नेछ । नेपालका तर्फबाट मन्त्री चौधरीले जेनेभामा पनि रोमनमै लेखिएको अंग्रेजीमा मन्तव्य दिनेछिन् । स्वकीय सचिवको समेत काम गर्ने छोरा अभिनव चौधरीले भाषण तयार गरिदिएका छन् । भाषाका कारण समस्या झेल्नुपरेको मन्त्रीलाई पनि अनुभव हुन थालेको छ । ‘विदेशमा हुने कार्यक्रममा भाषा ठूलो समस्या हुने रहेछ,’ उनले भनिन्, ‘कर्मचारीले सहयोग गरे त ठिकै हो, नत्र बेकामे भइने ।’ चौधरी नेकपा संयुक्तको कोटामा मन्त्री बनेकी हुन् । यसअघि यही पार्टीबाट अध्यक्ष रहेका गणेश साहसहित पाँच जनाले वातावरण मन्त्रालय सम्हालिसकेका छन् । वातावरणसम्बन्धी अधिकांश महासन्धिका पक्ष मुलुकहरूको सम्मेलन (सीओपी) अंग्रेजी भाषामा सञ्चालन हुन्छन् । प्राय:जसो अंग्रेजी नबुझ्ने व्यक्ति वातावरणमन्त्री बन्दा विदेशमा हुने कार्यक्रममा प्रस्तुति फितलो हुने गरेको छ । गत वर्ष माराकेसमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप २२) मा वातावरणमन्त्री जयदेव जोशीले रोमनमै भाषण गरेका थिए । त्यसअघिका वातावरणमन्त्री विश्वेन्द्र पासवानले पेरिसमा पनि रोमनमै मन्तव्य दिएका थिए । जेनेभाबाट फर्किएलगत्तै असोज अन्तिम साता मन्त्री चौधरी इथियोपिया जानेछिन् । जलवायु परिवर्तनसम्बन्धी अति कम विकसित मुलुक (एलडीसी) का अध्यक्षले आयोजना गरेको वातावरणमन्त्रीहरूको सम्मेलनमा उनी जान लागेकी हुन् । ‘जान त जाने तर समस्या उही भाषा हो,’ उनले भनिन्, ‘सहयोगका लागि मन्त्रालयकी सहसचिव लक्ष्मी बस्नेतलाई लैजाँदै छु ।’ मन्त्री चौधरी कात्तिक तेस्रो साता जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २३) मा भाग लिन जर्मनीको बोनमा जानेछिन् । मुलुकभित्रै हुने कार्यक्रममा पनि मन्त्रीको प्रस्तुति गतिलो हुँदैन । ‘लेखेर दिएको बाहेक एक शब्द बोल्न तत्पर नहुने बानीले हामी हैरान भयौं,’ मन्त्रालयका एक अधिकारीले भने, ‘आफ्नो विचारसमेत व्यक्त गर्न नसक्दा लज्जित छौं ।’ मन्त्रालयका फाइल सदर गर्नेदेखि अन्य कागजी प्रक्रिया अघि बढाउन स्वकीय सचिवसमेत रहेका छोरा अभिनवले सहयोग गर्ने गरेका छन् । पार्टीका अघिल्ला मन्त्रीभन्दा चौधरी कमजोर भएको पार्टी अध्यक्ष एवं पूर्ववातावरणमन्त्री गणेश साहसमेत सकार्छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies