Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

प्रचण्ड गद्दार र धोकेबाज !

काठमाडौं, एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चामा एकले अर्कोलाई धोखा दिएर गद्दारी गरेको भन्दै आरोप(प्रत्यारोप चलेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–एमाओवादी संसदीय दलको कार्यालयमा शुक्रबार बसेको मोर्चाको बैठकमा यस्तो आरोप प्रत्यारोप चलेको हो । मोर्चामा आबद्ध मधेस केन्द्रित केही दल र जनजाति पृष्ठभूमिका दलले आन्दोलन फिर्ता लिएको भन्दै एमाओवादी नेतृत्वलाई ‘गद्दार’को आरोप लगाए भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई ‘धोका’ भएको बताए। संविधान सहमतिमा बनाउन सत्तासीन दललाई दबाब दिने भन्दै गठबन्धनले आन्दोलनका कार्यक्रमअन्तर्गत चैतमा तीनदिने बन्द आह्वान गरेको थियो। पहिलो दिन बन्द भए पनि दोस्रो र तेस्रो दिनको बन्द फिर्ता लिइएको थियो। मोर्चाको शुक्रबारको बैठकमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बन्द कार्यक्रम फिर्ता लिएर धोका दिएको बताएका थिए। उनले बन्द फिर्ता लिनुको आवश्यकता र औचित्य पुष्टि गर्न प्रचण्डलाई चुनौती दिए। उनले दाहालप्रति कटाक्ष गर्दै भने, ‘बन्द फिर्ता लिन भन्दै बसेको बैठकमा चारतिर कब्जाको शैलीमा आफ्ना मान्छे राख्दै हाउभाउ शैलीमा एकपक्षीय निर्णय गर्नु आन्दोलनप्रतिको सबैभन्दा ठूलो गद्दारी हो।’ आन्दोलन झापादेखि कैलालीसम्म फैलिएको र जनता सडकमा उत्रिसकेको अवस्थामा फिर्ता लिएर धोखा भएको तर्क गरेका थिए। आक्रामक शैलीमा यादवले भने, ‘प्रचण्डजी तपाईंको स्कुलिङ मलाई थाहा छ। केही समय तपाईंसँग पनि काम गरें। म मधेसी नेता हुनुअघि कम्युनिस्ट थिएँ।’ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि प्रचण्डप्रति आक्रोश पोखे। उनले भने, ‘अरूको कुरा म गर्दिनँ तर प्रचण्डले गद्दारी गरेकै हो। तीनदिने आमहडतालको बाँकी दुई दिन उहाँले फिर्ता लिएको हो।’ दुई डुंगामा खुट्टा राखेर आफू डुब्ने र अरूलाई पनि डुबाउने काम नगर्न दाहाललाई आग्रह गर्दै महतोले भने, ‘सक्नुहुन्न भने मोर्चाको अध्यक्ष त्याग्नुहोस्। हाम्रा लागि आजसम्म लडेकोमा धन्यवाद छ। तर जे मन लाग्यो, त्यही नगर्नुहोस्, मोर्चा तपार्इंको मनोमानी गर्ने थलो हु नसक्दैन।’ फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले यादव र महतोप्रति आक्रोश पोखेका थिए। गच्छदारमाथि पनि अन्य मधेसी घटकले बन्द फिर्ता लिन प्रचण्डलाई उक्साएको आरोप लगाएका छन्। गच्छदारले आरोपको प्रतिवाद गर्दै को कति क्रान्तिकारी हो र को कति गद्दार भन्ने सूचना आफूलाई पनि भएको बताएका थिए। गच्छदारलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘उपेन्द्रजी त क्रान्तिकारी हो नै तर राजेन्द्रजी पनि थपिनुभएछ।’ ‘त्यसैले मलाई आममधेसी जनताको बीचमा गद्दारी गर्‍यो भन्नुहुन्छ। साथी हो, म चुनौ दिन्छु, यो मुलुकका उपप्रधान, रक्षा, गृहमन्त्रीजस्तो महत्त्वपूर्ण र संवेदनशील मन्त्रालयको जिम्मेवारी लिएको मलाई को, के हो भन्ने थाहा हुन्छ तर म धेरै भन्दिनँ।’ उनले भने । बैठकमा सहभागी एक शीर्ष तहका नेताले प्रचण्डलाई उद्धृत गरे, ‘तपाईंहरूकोचर्कोचर्को कुरा एकातिर छ भने अर्कोतर्फ आमहडतालको पहिलो दिनमै सडकमा नआउने प्रवृत्तिका कारण एमाओवादीका कमान्डरको सुझावमा मैले चैत २५ र २६ गतेको आमहडताल फिर्ता लिएको हो। बाँकी दुई दिनको आमहडताल फिर्ता हुँदैनथ्यो भने राज्यशक्तिको आडमा एमाले प्रतिकारमा उत्रने सूचना मलाई थियो।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: