Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अर्नाको स्वास्थ्यमा सुधार

\"\"चितवन । साउन अन्तिम साता आएको बाढीपछि स्वास्थ्य अवस्था निकै नाजुक बनेको चितवन राष्ट्रिय निकुञ्जमा खुला खोरमा राखिएका अर्नाको अवस्थामा सुधार आएको छ । कोशी टप्पुबाट स्थानान्तरण गरी यहाँ ल्याइएका अर्नाको स्वास्थ्य एकाएक बिग्रेपछि निकुञ्ज विभागको टोलीले आकस्मिक निरीक्षण गरी आवश्यक स्वास्थ्योपचार र पौष्टिक तत्वसहितको खाना खुवाउन निर्देशन दिएको थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार पौष्टिक खाना र जुकाको औषधि दिइएसँगै अर्नाको स्वास्थ्यमा सुधार आएको हो । पाठकले भने “असोज १३ गते म जाँदा अपत्यारिलो ढङ्गबाट दश वटै अर्नाको अवस्थामा निकै सुधार आएको पाइयो । बाढीले घाँसेमैदान र पानीपोखरी पुरिएको, पानी प्रदूषित भएको र आवश्यक खानाको अभावका कारण अर्नाको स्वास्थ्य नाजुक भएको हो ।” चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बाढीपछि दुई अर्ना मरिसकेका छन् भने अन्य अति दुब्लाएको अवस्थामा पुगेका थिए । उनीहरुको च्यापु सुनिएको थियो । जुकाको औषधि खुवाइएसँगै सुनिएको च्यापु बसेको छ । चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरमा खुला खोरमा १५ अर्ना कोशी टप्पु र सदर चिडियाखानाबाट ल्याएर राखिएको थियो । चिडियाखानाबाट ल्याइएका तीन अर्ना यसअघि नै मरिसकेका थिए । अर्नाको अवस्था बिग्रिएपछि निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईको नेतृत्वमा यही असोज २ गते आएको टोलीले स्थलगत अध्ययन गरी आवश्यक निर्देशनसमेत दिएको थियो । टोलीले अर्नालाई प्राकृतिक रुपमा भएको भन्दा अतिरिक्त खाना दिने, घाँसेमैदानको व्यवस्थापन गर्ने, सतहमुनिको सफा पानी तानेर खुवाउने लगायत निर्देशन दिएको थियो । त्यसपछि निकुञ्जले अर्नालाई आयोडिनयुक्त नुन, चोकर, मकैको घाँस, परालसहित भिटामिन र खनिज दिँदै आएको छ । खुला खोरभित्र व्यवस्थापन गरिएको घाँसेमैदान हिलोबाट पुरिएको छ भने निर्माण गरिएका पानीका पोखरी पुरिएर बगर बनेका छन् । निकुञ्जले अहिले ढड्डी भएका क्षेत्रमा फाँडेर घाँसेमैदान व्यवस्थित गर्दैछ । मिचाहा प्रजातिका वनमारा, माइकेनिया जस्ता झार हटाउने कार्य भइरहेको छ । गत भदौ १८ गतेपछि अर्नाको स्वास्थ्य बिग्रिँदै गएको हो । दिनहुँ स्वास्थ्य बिगिँ्रदै गएपछि गोबर परीक्षण गरिएको थियो ।

विभागले एक ठाउँमा मात्रै रहेका दुर्लभ वन्यजन्तुलाई महामारी रोगबाट बचाउन विभिन्न ठाउँमा स्थानान्तरण गर्दै आएको छ । सोहीअनुसार गत माघ १३ देखि २४ गतेसम्म कोशीटप्पु र सदर चिडियाखानाबाट १५ अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको थियो । चिडियाखानाबाट ल्याइएका एक भाले र दुई पोथी गत जेठमा नै मरेका थिए । बाँकी रहेका दुई भाले र आठ पोथी अर्ना सङ्क्रमित भएका हुन् । सोही खोरमा शुक्लाफाँटाबाट ल्याइएका सात बाह्रसिङ्गेमध्ये तीन मरेका छन् भने तीन हराइरहेका छन् । खोरमा एउटा मात्रै बाह्रसिङ्गे देखिएको छ । सहायक संरक्षण अधिकृत पाठकका अनुसार खोरभित्रै चित्तलको समूहमा अर्को बाह्रसिङ्गे भएको अनुमान गरिए पनि यकिन गर्न सकिएको छैन । अर्ना र बाह्रसिङ्गे राखिएको क्षेत्रलाई निकुञ्जका कर्मचारी र नेपाली सेनाले सुरक्षा दिइरहेका छन् । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies