Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

माओवादी नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट चुनाव लड्ने

\"\"रोल्पा । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट केन्द्रीय प्रतिनिधि सभाका लागि निर्वाचन लड्ने भएका छन् ।
नेकपा माओवादी केन्द्र रोल्पाको हिजो आइतबार बसेको बैठकले पुनको नाम प्रतिनिधि सभा उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको हो । प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट नेता पुनको उम्मेदवारीको चर्चाले अन्य दलहरुमा संकट निम्त्याएको छ । राजनीतिकरुपमा पार्टी अध्यक्ष प्रचण्डको निकट मानिने वर्षमान पुन केन्द्रीय राजनीतिमा समेत उत्तिकै प्रभाव राख्छन् । बाबुराम भट्टराई प्रधानन्त्री भएको बेला उनी अर्थमन्त्री बनेका थिए । प्रदेशका लागि भने जिल्लाबाट सर्वसम्मत हुन नसकेपछि दुई दुई जनाको नाम केन्द्रमा पठाइएको छ । रोल्पाको क्षेत्र नं १ बाट माओवादी केन्द्रका सचिवालय सदस्य जोखबहादुर महरा, युवा नेता कुलप्रसाद केसी र २ बाट केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र कुमार पुनमगरको नाम केन्द्रमा सिफारिस गरिएको छ । क्षेत्र नं। १ बाट प्रदेश सभाषद्मा सिफारिस हुनु भएका जोखबहादुर महरा प्रधानन्त्री प्रचण्डको मुख्य सचिव एवं हाल प्रचण्डको स्वकीय नीजी सचिको रुपमा कार्यरत छन् । यस्तै पार्टी कुलप्रसाद केसी चर्चित नेता हुन । यी दुई मध्ये पार्टीले कसलाई टिकट दिन्छ भन्ने कुरा निश्चित छैन । दुई नम्बरबाट प्रदेशका उम्मेदवार बनेका दीपेन्द्र कुमार पुनमगर पनि उक्त क्षेत्रमा चर्चित युवा नेता मानिन्छन् । पार्टी बैठकले समानुपातिक तर्फका लागि केन्द्रीय सांसदका लागि पूर्व मन्त्री जयपुरी घर्तीमगर, सभामुख ओनसरी घर्तीमगर, प्रदेशका लागि क्षेत्र नं. १ बाट १) चन्द्रबहादुर बुढामगर (क. शेष), २) मिना बुढामगर (क. प्रतिक्षा), ३) पवन कुमार कवर, ४) ओमबहादुर पुनमगर ५) सीता आचार्य ६) राजकुमार कवर ७) इन्द्र बहादुर रोका २ नं. निर्वाचन क्षेत्रका १) सुरेन्द्र थापा (घर्ती) (क. धुव्र), २) तोप बहादुर डाँगी, ३) कर्मलाल परियार ४) रामधन पुनमगर ५) हरीसरा घर्तीमगर ६) भक्तबहादुर वली ७) काशीराम बुढामगरलाई सिफारिस गरिएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies