Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

इलामबाट खनाल र नेम्वाङ सर्वसम्मत उम्मेदवार

 \"\"इलाम ।  प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको छ। एमाले जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र नम्बर १ र नेम्वाङलाई क्षेत्र २ बाट सर्वसम्मत रूपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा छनोट गरेको हो। ‘खनाल र नेम्वाङ दुवै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति भएकाले बैठकले सर्वसम्मत रूपमा उनिहरूको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको छ,’ एमाले जिल्ला सचिवालय सदस्य नवराज शंकरले भने। इलामबाट झलनाथ खनालले चुनाव लडेका ५ मध्ये ४ वटामा विजय हासिल गरेका छन भने नेम्वाङले २०५६ पछिका ३ चुनावमा लगातार विजय हासिल गरेका छन्। विगतको चुनावी परिणाम २०४८ सालको निर्वाचनमा इलाम २ वटा क्षेत्र रहेको थियो जसमा क्षेत्र नं १ बाट एमालेका झलनाथ खनाल र क्षेत्र नं २ बाट एमाले कै मणिकुमार लिम्बू विजयी भएका थिए। खनालले कांग्रेसका तोयानाथ भट्टराईलाई र लिम्बूले कांग्रेसका कुलबहादुर गुरुङलाई हराएका थिए। २०५१ सालमा क्षेत्र नं १ मा खनालले पुनः तोयानाथ भट्टराई र क्षेत्र २ मा चाहिँ गुरुङले मणिकुमार लिम्बूलाई पराजित गरे। त्यसपछि इलाममा निर्वाचन क्षेत्रको संख्या ३ बनाइएको थियो। ०५६ को निर्वाचनमा क्षेत्र १ बाट कांग्रेसका बेनुपराज प्रसाईंले एमालेका झलनाथ खनाललाई, २ बाट एमालेका नेम्वाङले कांग्रेसका कुलबहादुर गुरुङलाई र ३ बाट कांग्रेसका केशव थापाले एमालेका अगम बान्तवालाई पराजित गरे। २०६४ सालमा क्षेत्र १ बाट एमालेका खनालले कांग्रेसका बेनुपराज प्रसाईंलाई, २ बाट नेम्वाङले कांग्रेसका केशव थापालाई र ३ बाट कुलबहादुर गुरुङले एमालेका धर्म उप्रेतीलाई पराजित गरेका थिए। ०७० सालमा क्षेत्र १ बाट एमालेका खनालले कांग्रेसका हिमालय कर्माचार्यलाई, २ बाट एमालेका नेम्बाङले कांग्रेसका भेषराज आचार्यलाई र ३ बाट केशव थापाले एमालेका टेकहादुर राईलाई हराएका थिए। २०५४ सालको स्थानीय निकाय निर्वाचनमा जिल्लाका ४८ गाउँ विकास समिति र १ नगरपालिकामध्ये एमालेले १ नगरपालिकासहित ४५ गाविसमा कब्जा जमाएको थियो। गत असार १४ सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका १० स्थानीय तहमध्ये एमालेले ७ मा प्रमुख र ९ वटामा उपप्रमुख जितेको छ। कांग्रेसले ३ स्थानीय तहमा प्रमुख र एउटामा उपप्रमुखमै चित्त बुझाएको छ। जिल्लाका ८१ वडामध्ये ४४ वटामा एमालेको प्यानल, १६ वटामा कांग्रेसको प्यानल, एउटा–एउटामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीको प्यानल विजयी भएका छन्। बाँकी १९ वडामध्ये एमालेका ३, कांग्रेस १४ र माओवादीका १ वडाध्यक्ष विजयी भएका छन्। जिल्लाका दलहरू अहिले निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सहरदेखि गाउँसम्म छलफलमा जुटेका छन्। जिल्लास्थित एमाले, कांग्रेस, माओवादी केन्द्रलगायत दलका नेता–कार्यकर्ताबीच उम्मेदवारको नाममा छलफल चलिरहेको छ। यसअघिका निर्वाचनहरूका आधारमा जिल्लामा सबैभन्दा ठूलो दलका रूपमा एमाले, दोस्रोमा कांग्रेस र तेस्रोमा माओवादी छन्। जिल्लामा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीचमै देखिने भएपनि मंगलबार एमाले–माओवादी र नयाँशक्तिबीच ६० र ४० प्रतिशत उम्मेदवारको भागबण्डासहित सहमति भएपछि कांग्रेस र कम्युनिष्टबीच प्रतिस्पर्धाको सम्भावना बढेको छ। माओवादी केन्द्रले यसअघि नै प्रतिनिधिसभा र प्रदेशका लागि उम्मेदवार तय गरि पठाए पनि मंगलबारको सहमतिका कारण इलाममा के गर्ने भन्ने विषयमा छलफल चलिरहेको माओवादी केन्द्रका इन्चार्ज धिरेन शर्माले बताए।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy