Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

अपडेट : सयाैंकाे निधन, हजाराैं घाइते, <br>कराेडाैंकाे भाैतिक क्षति : ९० साल यताकै ठूलो भूकम्प

  • बाँकी रहेन ऐतिहासिक धरोहर धरहरा
  • हनुमानढोका दरबारस्क्वायर र दरबार हाइस्कुल समेत ध्वस्त
  • पाटन क्षेत्रका मठमन्दिरमा व्यापक क्षति
  • सयौं निधनको आशंका, ७० निधनको पुष्टि
  • सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे र रामेछापमा बढी क्षति
  • शिक्षण अस्पतालमा करिव ५० को शब जम्मा
\"1\"काठमाडौं, वि.संं. १९९० सालपछि नेपालमा सबैभन्दा ठूलो भूकम्प गएको छ । शनिबार दिउँसो ११ बजेर ५६ मिनेट २६ सेकेन्डमा सबैभन्दा ठूलो तेर्सो धक्का (होराइजन्टल सस्पेन्सन) सहित सुरु भएको भूकम्पको त्रासबाट अझैसम्म पनि ढुक्क हुन सकिएको छैन । दिउँसाे २ः४२ मा भूकम्पले फेरि झन्डै १२ बजेकै हाराहारीको अर्काे ठूलाे धक्का दिएकाे छ । त्यसअघि र पछि गरेर ठूलठूलै दर्जनबढी धक्का महशुस भइसकेका छन् । दिउँसो २ बजेसम्म राजधानीमा भूकम्पका ठूलै ११ वटा धक्का महशुस भइसकेका थिए । पहिलाे पटककाे धक्कापछि अाएका अरू धक्काहरूमध्ये कुनैले ठाडाे र कुनैले तेर्साे हल्लाइरहेका छन् । भूकम्पसम्बन्धी विश्वस्तरमै अध्ययन गर्ने र रेकर्ड राख्ने संयुक्त राज्य अमेरिकास्थित संस्था युएसजीएसले जनाए अनुसार भूकम्पको सबैभन्दा ठूलो धक्का लमजुङमा ७.९ र राजधानीमा ७.५ रेक्टर स्केल रहेको छ । यसअघि नेपालका विभिन्न सञ्चारमाध्यमले चितवनमा ११.५ र राजधानीमा ७.५ रेक्टर स्केलकाे भूकम्प गएकाे उल्लेख गरेका थिए । सयाैं निधनकाे अाशंका, ७० निधनकाे पुष्टि भूकम्पका कारण देशभर धेरै नागरिकको ज्यान गएको अनुमान गरिँदैछ । साढे २ बजेसम्म राजधानीको विभिन्न ठाउँबाट ल्याइएका ५० आसपास शब शिक्षण अस्पतालमा जम्मा भइसकेका छन् । भूकम्पका कारण नुवाकोटमा ६, भक्तपुरमा ५, सुनसरीमा २, मकवानपुरमा ३, सिन्धुपाल्चोकमा ३ र झापामा २ नागरिकको निधन भएको समाचार प्राप्त भइसकेको छ । ध्वस्त भए कयाैं एेतिहासिक धराेहर भूकम्पका कारण राजधानीस्थित ऐतिहासिक धरहरा ढलेको छ भने रानीपोखरीस्थित नेपालको सबैभन्दा पुरानो विद्यालय दरबार हाइस्कुल भत्केको छ । भूकम्पका कारण गोरखास्थित मनकामना मन्दिर समेत भत्केको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ । राजधानीको बानेश्वरनजिक शान्तिनगरमा २ जना र सिन्धुपाल्चोकको जलविरेमा एक जनाको मृत्यु भइसकेको समाचार छ । जनधन क्षतिको विवरण आउने क्रम सुरु भएको छ । भूकम्पबाट राजनधानीका असन, इन्द्रचोक, कीर्तिपुर र भक्तपुरका विभिन्न स्थान, पुरानो ऐतिहासिक साँखु बजारलगायतमा व्यापक क्षति भएको प्रारम्कि तथ्य प्राप्त भएको छ । भूकम्पका कारण हनुमानढाेकास्थित दरबारस्क्वायर ध्वस्त भएकाे छ । भूकम्पबाट सिन्धुपाल्चोक, रामेछाप, काभ्रेलगायतमा थुप्रै घरहरु क्षतिग्रस्त भएका छन् । दर्जनाैपटक भूकम्पका धक्का अाइरहेपछि बानेश्वर क्षेत्रका धेरै मानिस अन्तर्राष्टिय सम्मेलन केन्द्र (संविधानसभा परिसर) भित्रकाे चाैरमा जम्मा भइरहेका छन् । भूकम्पकाे चपेटामा छिमेकी भारत पनि भूकम्पकाे धक्का सिलगुढी, बिहार, उत्तर प्रदेशका विभिन्न जिल्ला हुँदै भारतकाे राजधानी नयाँदिल्लीसम्म महशुस गरिएकाे नयाँदिल्लीस्थित खबरडबलीकर्मीले जनाएका छन् । वाईसीएल टोली उद्धारमा सक्रिय भूकम्पको सन्त्रास व्याप्त रहेकै बेला शनिबार दिउँसोदेखि वाईसीएल उपत्यकाको टोली राजधानीमा भूकम्प पीडितहरुको उद्धारमा सक्रिय भएको छ । वाईसीएलका उपत्यका अध्यक्ष दीपशिखाले उपत्यकाभर क्रियाशील मातहतका सम्पूर्ण कमिटी तथा सदस्यहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा प्रहरी तथा उद्धारकर्मीसँग समन्वय गर्दै तदारुकताका साथ उद्धारकार्यमा तत्काल खट्न निर्देशन दिइसकिएको बताएका छन् । हताहतीको डरलाग्दो तथ्यांक ! शनिबार ११ः२६ देखि दिनभर चालू विनाशकारी भूकम्पका कारण देशभर मृत्यु हुनेको कहालीलाग्दो तथ्यांक प्राप्त हुन थालेको छ । खबरडबलीलाई प्राप्त प्रारम्भिक तथ्यांकमै ५ सय हाराहारीको हताहती पुष्टि भइसकेको छ । देशभरबाट हताहतीको विवरण प्राप्त हुने क्रम जारी छ । राजधानी उपत्यकामा मात्रै ४ सय ५३ जनाको निधन भइसकेको पुष्टि भएको छ । महानगरीय प्रहरी परिसरका एसएसपीले दिएको जानकारीअनुसार काठमाडौंमा २ सय ४२, भक्तपुरमा १ सय ४४ र ललितपुरमा ६७ जनाको शब सनाखत भइसकेको छ । भक्तपुर अस्पतालमा मात्रै ६५ जनाको शब सनाखत भइसकेको र अरु केही शब सनाखत गर्न बाँकी रहेको जानकारी अस्पतालले दिएको छ । राजधानीको कपनमा एउटा घर जगैदेखि उल्टिँदा ४० देखि ५० जनासम्मको शब उठाइएको र महानगरीय प्रहरी वृत्त चक्रपथको कार्यक्षेत्रभित्र ९५ शबको पुष्टि भएको जानकारी डीएसपी सानुराम भट्टराईले दिएका छन् । दोलखाको सिंगटीमा घर भत्किँदा एकै ठाउँमा २० जनाको शब निकालिएको र सुनखानी गाविसमा ५ जनाको शब फेला परेको चरिकोटबाट प्राप्त समाचारमा उल्लेख छ । सिन्धुपाल्चोकको बतोसे गाविसस्थित भोटेफुल्पिङमा १८ जना, जर्केबारीमा ६ जना, रानीटारमा ७ जना गरी एकै गाविसमा ३१ को मृत्यु भएको कालिका उच्च माविका शिक्षक डिल्लीप्रसाद सापकोटाले टेलिफोन सम्पर्कमा बताएका छन् । भूकम्पका कारण सिन्धुलीमा २ जनाको निधन भएको पुष्टि भइसके तापनि अरु विवरण प्राप्त हुन बाँकी रहेको सहकर्मी छविलाल दाहालले बताएका बताएका छन् । कलंकीस्थित चितवन तास गरमा ७५ जनाको एउटा बैठक चलिरहेका बेला भूकम्पले पूरै घर भत्काइदिएको छ । उक्त घरबाट ५ जनाको शब निकालिसकिएको छ भने अरुको अवस्था अज्ञात छ । यसैबीच गृह मन्त्रालयले शनिबार साँझ ५ बजेसम्म देशभर ६ सय जनाको निधन भइसकेको विवरण प्राप्त भएको जनाएको छ । गोरखा र धादिङमा अत्याधिक हताहती भएको बताइए तापनि यो समाचार तयार पार्दासम्म मृत्य हुनेहरूकाे यकिन तथ्यांका आइसकेको छैन । मृत्यु हुनेकाे तुलनामा गम्भीर घाइतेहरूकाे संख्या कयाैंगुणा बढी छ । (याे समाचार लगातार अपडेट गरिरहेका छाैं, पटकपटक रिफ्रेस गर्दै थप विवरण हेरिरहन सक्नु हुनेछ ।)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy