Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

डिजिटल नेपाल’ बनाउन सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड

 

\"\"काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत अर्जेन्टिनाको ब्यूनर्स आयर्समा भएको ‘विश्व दूरसञ्चार विकास सम्मेलन’मा भाग लिई आज स्वदेश फर्केका छन ।

स्वदेश फर्कने क्रममा मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सम्मेलनमा विश्वभरका विभिन्न देशका दूरसञ्चारको क्षेत्रमा भएका नवीनतम प्राविधिक प्रयोग, सफलता र अभ्यासको आदानप्रदानका बारेमा महत्वपूर्ण छलफल भएको बताए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएका मन्त्री बस्नेतले सम्मेलनलाई यही अक्टोबर १० तारिखमा सम्बोधन गर्दै नेपालले हालसम्म दूरसञ्चार क्षेत्रमा गरेका प्रगति, विद्यामान समस्या र चुनौतीको प्रस्तुतिका साथै अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु)ले नेपाललाई पु¥याएको सहयोगको सराहना गर्दै त्यसको निरन्तरताका लागि आग्रह गरेकाे थियो । सो अवसरमा उनले सन् २०२५ सम्ममा नेपाललाई ‘डिजिटल नेपाल’मा रुपान्तरण गर्न पूर्वाधार विकास र सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड दिइएको धारणा व्यक्त गरे । सम्बोधनका क्रममा मन्त्री बस्नेतले आइटियुले अध्ययन अनुसन्धान गरी तयार गरेको ज्ञानलाई सदस्य मुलुकले अधिकतम प्रयोग गर्नुपर्ने, सूचना तथा सञ्चार प्रविधिको विकास र प्रयोगलाई विकाससँग आबद्ध गर्नुपर्ने, अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथको मूल्य घटाउन विशेष पहल गर्नुपर्ने र साइबर सुरक्षामा विशेष जोड दिनुपर्ने विषयमा सम्मेलनको ध्यानाकर्षण गराएको थियो । प्रत्येक चार वर्षमा अन्तर्राष्ट्रिय आइटियुले आयोजना गर्ने यस्ता सम्मेलनमा सहभागी हुँदा देशमा यस क्षेत्रमा अन्तर्राष्ट्रिय आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउन सहयोग पुुग्ने देखिन्छ । सम्मेलनको शुरुको दिन कमविकसित, भूपरिवेष्ठित, विकासोन्मुख र साना टापु विकासोन्मुख मुलुकका मन्त्रीबीच भएको छलफलमा नेपालले दूरसञ्चार क्षेत्रमा गरेको प्रगतिको प्रशंसा हुनाका साथै सो उपलब्धिलाई कसरी दिगो विकासका लक्ष्य प्राप्तिमा मद्दत पु¥याउन सकिन्छ भन्ने जिज्ञासा राखिएको थियो । सो अवसरमा मन्त्री बस्नेतले आइटियुका महासचिव होयुलिन झोव, बुर्किनाफासोका डिजिटल अर्थमन्त्री हड्जा फतिमत सानोनलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नाका साथै सूचना प्रविधिका क्षेत्रमा भएका प्रगति, चुनौती र सम्भावनाका बारेमा छलफलसमेत गरिएको जानकारी दिए । मन्त्री बस्नेतले नेपाल सरकारले इ–गभर्नेन्सलाई प्राथमिकता दिई मुलुकभर अप्टिकल फाइबर बिछ््याउने र इन्टरनेट सेवा व्यापक विस्तार गर्ने कार्यक्रम गर्नाका साथै स्वास्थ्य, शिक्षा, आर्थिक गतिविधिमा समेत सूचना प्रविधि र अनलाइन प्रणाली लागू गरी सर्वसाधारण जनताको समय र उत्पादन लागतसमेत घटना जाने र यसले दिगो विकास लक्ष्यमा प्राप्तिमा मद्दत पुुग्ने जानकारी गराएको थियो । यस वर्षको सम्मेलन खासगरी सूचना तथा सञ्चार प्रविधिले दिगो विकासका लक्ष्य प्राप्त गर्न के कसरी मद्दत पु¥याउन सक्छ भन्ने सम्बन्धमा केन्द्रित रहेको मन्त्री बस्नेतले बताए । सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री तथा दूरसञ्चारसम्बन्धी मन्त्रालय र संस्थाका वरिष्ठ अधिकारीबाट सहभागिता रहेको थियो । यही असोज २२ देखि शुरु भएको सम्मेलन कात्तिक ३ सम्म जारी रहनेछ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy