काठमाडौं । देशको संघीय संसद् अहिले जनताको आवाज उठाउने थलोभन्दा ‘हराएका प्रधानमन्त्री’ खोज्ने केन्द्रजस्तो बनेको छ । संसद् बैठक सुरु हुन्छ, विपक्षी उठ्छन्, नाराबाजी हुन्छ, रोष्ट्रम घेरिन्छ अनि एउटै प्रश्न गुञ्जिन्छ “प्रधानमन्त्री खोइ ?” तर प्रधानमन्त्री बालेन्द्र शाह भने संसद्को ढोकासम्म देखिँदैनन् ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको हप्तौँ बितिसक्दा पनि प्रधानमन्त्री संसद्मा नआउँदा संसद्को समय, ऊर्जा र बहस सबै उनको खोजीमै खर्च भइरहेको छ । जनताका समस्या थन्किएका छन्, तर संसद्मा प्रधानमन्त्रीको अनुपस्थितिमाथिको बहस रोकिएको छैन ।
विपक्षी दलहरू दिनहुँ वेल घेराउ गरिरहेका छन् । “प्रधानमन्त्री संसद्मा आउ”, “जवाफ दे” भन्ने नाराले संसद् भवन गुञ्जिरहेको छ । तर सरकार भने कानमा तेल हालेर बसेको आरोप लागिरहेको छ । प्रधानमन्त्री नआए पनि विधेयक भने धमाधम पास भइरहेका छन् । विपक्षीको नाराबाजीकै बीच सरकारले कानूनहरू अघि बढाइरहेको छ, मानौँ संसद् होइन, औपचारिकता मात्रै चलिरहेको हो ।
सभामुख डोलप्रसाद अर्याल ले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन दुई–दुई पटक भेटे । संविधान र नियमावलीसमेत सम्झाए । तर परिणाम शून्य । प्रधानमन्त्रीले संसद् जाने संकेतसमेत दिएनन् । त्यसपछि सभामुखले विरोधकै बीच बैठक चलाए ।
संविधानले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने स्पष्ट लेखेको छ । प्रतिनिधिसभा नियमावलीले सांसदका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था गरेको छ । तर अहिले ती व्यवस्था किताबका पाना जस्ता मात्रै देखिन थालेका छन् । व्यवहारमा प्रधानमन्त्री संसद्बाट टाढा र संसद् प्रधानमन्त्रीको प्रतीक्षामा छ ।
हर्क साम्पाङ ले त संसद्मै प्लेकार्ड देखाएर प्रधानमन्त्री खोज्नुपरेको अवस्था आयो । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने प्रधानमन्त्री मौन बस्दा संसद्को गरिमा नै कमजोर भएको टिप्पणी हुन थालेको छ ।
अझ विडम्बना त के भने देशमा महँगी बढिरहेको छ, बेरोजगारी चर्किएको छ, सीमाका मुद्दा पेचिलो बन्दैछन्, सेवा प्रवाह अस्तव्यस्त छ । तर संसद्मा ती विषयमाथि गम्भीर बहस हुन पाएको छैन । अधिकांश समय प्रधानमन्त्री आउने कि नआउने भन्ने विवादमै बितिरहेको छ ।
पूर्वमहासचिव सूर्यकिरण गुरुङ भन्छन्, “संसदीय लोकतन्त्रको आत्मा नै सरकारको संसद्प्रतिको जवाफदेहिता हो । प्रधानमन्त्री संसद्बाट टाढा बस्ने संस्कारले लोकतन्त्र कमजोर हुन्छ ।”
संसद् अहिले प्रश्न गरिरहेको छ, सरकार भने मौन छ । जनताले चुनेको सर्वोच्च थलोमा प्रधानमन्त्रीको कुर्सी खाली भइरहँदा एउटा गम्भीर प्रश्न उठेको छ देश संसद्बाट चलिरहेको छ कि सत्ता आफ्नै लयमा ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - २२:१२
बढ्दो तापक्रमसँगै गाउँदेखि शहरसम्म सर्पको त्रास, लापरबाहीले निम्त्याउन सक्छ ज्यानै जाने जोखिम
जेष्ठ ३० गते, २०८३ - २१:५९
काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप–२०२६ बिहीबार मध्यरातिबाट सुरु भएसँगै नेपालमा पनि प्रोजेक्टरमार्फत साम...
जेष्ठ ३० गते, २०८३ - २१:४८
विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गर्ने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन कांग्रेस नेता शेखर कोइराला र पूर्व महामन्त्री...
जेष्ठ ३० गते, २०८३ - २१:४४
काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल हालसम्मकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने खेल प्रतियोगिता बन्न सक्ने भन्दै विज्ञहरूले चिन्ता ...
जेष्ठ ३० गते, २०८३ - २१:३५
दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँप...
जेष्ठ ३० गते, २०८३ - ०८:०९
घोराही (दाङ) । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...
जेष्ठ ३० गते, २०८३ - ०७:५३
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...
जेष्ठ ३० गते, २०८३ - ०७:४६
काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...
जेष्ठ ३० गते, २०८३ - ०७:४५
काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...
जेष्ठ ३० गते, २०८३ - ०७:३०
काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...



प्रतिकृया लेख्नुहोस्: