काठमाडौँं । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)ले असमानताको समाधान तथा निर्णय क्षमतामा सशक्तिकरण गरी अतिविपन्न महिलालाई त्यसको जोखिमबाट जोगाउनुपर्ने सुझाव दिएको छ ।
कोषले आज सार्वजनिक गरेको प्रतिवेदन ‘विभाजित विश्व असमानताको युगमा प्रजनन् स्वास्थ्य र अधिकार’ मा यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारलगायत असमानताका मूल्यको प्रभाव सबैलाई पर्नसक्ने जनाइएको छ । “अतिविपन्न महिला माझ परिवार नियोजनलगायत प्रजनन स्वास्थ्य सेवा पु¥याउन नसक्नुले अर्थतन्त्रलाई कमजोर पार्नुका साथै दिगो विकास लक्ष्यको गरिबी अन्त्य गर्ने पहिलो उद्देश्यको प्रगतितर्फ व्यवधान खडा गर्नसक्छ” प्रतिवेदनमा उल्लेख छ । आर्थिक असमानता अन्य असमानताबाट प्रेरित हुने र यसले पनि अरु असमानतालाई प्रेरित गर्ने भन्दै कोषले यसमा महिला स्वास्थ्यलगायत पक्ष पर्छन् जहाँ केबल सुविधा प्राप्त थोरैले मात्र आफ्नो प्रजनन क्षमतामा नियन्त्रण राख्न सक्छन् र जसको परिणामस्वरूप उनीहरू पारिश्रमिक पाइने काममा लागेर आर्थिक शक्ति हासिल गर्नसक्छन् । ‘असमानता आज धनी र गरिबबीच मात्र सीमित छैन,’ यूएनएफपीएका कार्यकारी निर्देशक डा नतालिया कनेम भनछन, “असमानता सक्ने र नसक्नेबीच पनि बढ्दो छ । परिवारको आकारबारे आपैंmले निर्णय गर्नसक्ने माध्यमको पहुँच नभएका विपन्न महिला वा अपर्याप्त प्रजनन स्वास्थ्य सेवाका कारण कमजोर स्वास्थ्य स्थिति भएका नसक्नेको जमातमा ज्यादा छन् ।” अधिकांश विकासोन्मुख मुलुकमा अतिविपन्न महिलासंग परिवार नियोजनका विकल्प अत्यन्तै न्यून भएको, प्रसवपूर्वको स्याहारमा नगन्य पहुँच रहेको र उनीहरू प्रायः चिकित्सक वा तालीमप्राप्त स्वास्थ्यकर्मीको सहयोगबिनै बच्चा जन्माउन बाध्य भएको प्रतिवेदनमा उल्लेख छ । परिवार नियोजनमा सीमित पहुँचका कारण विकासोन्मुख मुलुकमा हरेक वर्ष आठ करोड ९० लाख अनिच्छित गर्भधारण र चार करोड ८० लाख गर्भपतन हुन्छन् । यसले महिलाको स्वास्थ्यमा मात्रै हानी गर्ने नभई, पारिश्रमिक पाइने श्रममा जाने वा त्यस्तो श्रमशक्तिका रूपमा रहने तथा आर्थिक आत्मनिर्भरतातर्फ अघि बढ्ने उनीहरूको क्षमतामा अवरोध पैदा गरिदिने प्रतिवेदनमा उल्लेख छ । यूएनएफपीएको प्रतिवेदनले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने संयुक्त राष्ट्रसंघको खाकाअनुरुप नै सबैभन्दा पछाडी परेकाहरुलाई अगाडि ल्याउनमा केन्द्रित हुनुपर्ने सुझाव दिएको छ । राससaplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: