Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

बाम गठबन्धनले तल्लाे तहसम्म संयुक्त कार्यक्रम गर्ने

\"\"काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल र एकीकृत पार्टी निर्माणको पहललाई प्रभावकारी निष्कर्षमा पु¥याउन प्रदेश, जिल्ला र क्षेत्रीय तहमा संयुक्त कार्यक्रम गर्ने भएका छन् ।

चुनावी तालमेल र एकताको सन्देशलाई आधारभूत तहसम्म विस्तार गर्ने र निर्वाचन क्षेत्र बाँडफाँट तथा निर्वाचन घोषणापत्र निर्माणको काम दुई ठूला बाम दलले सँगसँगै अघि बढाएका छन् । बाँडफाँट तथा निर्वाचन घोषणापत्र निर्माणको काम एक दुई दिनभित्रै टुङ्ग्याउने तयारी पनि ती दलले गरेका छन् ।

उम्मेदवारी र घोषणापत्र बाँडफाँडका लागि गठित संयुक्त कार्यदलले काम गरिरहेको छ भने एमाले स्थायी कमिटीको ८७ औं बैठक पनि जारी छ । ती दलबीच गत असोज १७ गते चुनावी तालमेल र एकताको घोषण भएको थियो ।

एमाले र माओवादीले वैचारिक सिद्धान्त र क्रान्तिको कार्यक्रमलाई क्रमिक छलफलबाट विकास गर्ने र मुलुकको समृद्धिका लागि सबै कम्युनिष्ट र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिबीचको एकता र सहकार्यलाई प्राथमिकता दिन सहमत भएका छन् । नयाँ शक्ति नेपाल भने उक्त सहमतिमा आएपछि हाल बाम गठबन्धनबाट बाहिरिने तयारी गरेको छ । एमालेको जारी बैठकमा निर्वाचन आचारसंहिता लागू भइसकेको र समानुपातिक प्रणाली अन्तर्गत उम्मेदवारको मनोनयन समेत भइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु, कार्यविभाजन र विभागीय हेरफेर गर्नु निर्वाचन आचारसंहिताको उल्लंघन भएको ठहर गरिएको सो पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले बताए । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सैद्धान्तिक रुपमा दुई पार्टी तालमेल र एकताको प्रक्रिया तलसम्म लान तयार भएका छन्, निर्वाचनको प्रचार र आन्तरिक संगठनात्मक संयुक्त भेला क्रकिमरुपमा हुनेछन् । यसैबीच एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित कार्यक्रमबीच नेपाली काँग्रेस, खोटाङका महासमिति सदस्य विमला राईसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनिहरुलाई पार्टी प्रवेश गराए । अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गतेका लागि प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकिइसकेको सन्दर्भमा निर्वाचनलाई सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग पु¥याउनु राज्यका सबै अंगहरुको दायित्व भएकोे बताए । कुनै पनि बहानामा निर्वाचन सार्ने वा प्रभावित पार्ने काम कसैबाट हुनुहुदैन् उनले भने । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy