Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

मुलुकभर १८ सयको मृत्यु, ८ हजार बढी घाइते

\"Darbar
नरेश ज्ञवाली/दिपेश शाहीकाठमाडौं, शनिबार दिउँसो ११ः५६ बजे आएको ७ दशमलब ९ म्याग्निच्यूटको १९९० यताकै ठुलो महाभूकम्पका कारण देशैभर ज्यान गुमाउनेको संख्या १६ सय नाघेको छ भने घाइते हुनेको संख्या ८ हजार नाघेको छ । अाइतबार बिहान २ः३५ बजेसम्मकाे जानकारी अनुसार ज्यान गुमाउनेमा उपत्यकामा सबै भन्दा धेरै ६ सय ७१ रहेका छन् । जसमा काठमाडौंमा ३ सय ४२, भक्तपुरमा २ सय ४ र ललितपुरमा एक सय २५ रहेका छन् । भूकम्पको महाविपत्ति पछि नेपाल प्रहरीले स्थापना गरेको आपातकालिन ‘रेस्क्यु अपरेशन कमाण्ड सेन्टर’ का डिएसपी दिपक थापाले खबरडबलीलाई दिएको जानकारी अनुसार मृतकको संख्या अझै बढ्न सक्ने छ । मृतकको संख्या १६ सय पुगेको जानकारी प्राप्त भएपनि सरकारले त्यसको आधिकारीक पुष्टी गरेको छैन् । गृहसचिव सूर्यप्रसाद सिलवालले खबरडबलीसँग कुरा गर्दै नेपाल सरकारले अहिले मृतकको संख्यामा भन्दा धेरै ध्यान घाइतेहरुको उद्धारमा लगाई रहेकाले अहिले नै संख्या कति पुग्यो भनेर भन्न नसकिने बताए । राजधानीको कपन, चाबहेल, महाराजगंज, कलंकी, असन, बसन्तपुर, किर्तिपुर, ललितपुरको पाटन तथा भक्तपुरको पुरानो ठिमी, व्यासी, जगाती लगायतका विभिन्न ठाँउहरुमा ठुलो जनधनको क्षति भएको छ । भूकम्पले ज्यान गुमाउनेहरुमा पुर्वाञ्चलमा ३८, मध्यमाञ्चलमा उपत्यका बाहेकका जिल्लाहरुमा ५ सय ८८, पश्चिमाञ्चलमा ९९ र मध्यपश्चिमाञ्चलमा २ जना रहेका छन् । \"Rescu-600\" यसैगरी घाइते हुनेहरुमा काठमाडौंमा करिब २५ सय, भक्तपुरमा २ सय, ललितपुरमा ७९१ रहेका छन् भने पुर्वाञ्चलमा एक सय, उपत्यका बाहेकका जिल्लाहरुमा एक हजार ३०, पश्चिमाञ्चलमा एक सय ५० र मध्यपश्चिमाञ्चलमा ८ रहेका छन् । उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बललाई खटाइए पनि घाइतेहरुको पुर्ण विवरण संकलन र उद्धार हुन सकि रहेको छैन् । उद्धार कार्यमा लागेका सरकारी निकायहरुबीच समन्वयको अभाव महशुस गरिएको छ । भलै ती निकायहरुसँगको सिमित श्रोत साधनकाबीच गरेको उद्धार कार्य भने प्रसंशनिय छ । पानी र भूकम्पका झट्काबीच खुला आकाशको बास राजधानीका अधिकांश स्थानियहरु भूकम्पले घर भत्काए पछि खुला आकाशमा बस्न बाध्य भएका छन् । त्यसो त घर नभत्किएकाहरु पनि पुनः भुकम्प आउने त्रासले खुला आकाशमा रात कटाई रहेका छन् । ज्यान जोगाउन मानिसहरु सामान्य दिनको भन्दा आइतबार चिसो रहेको काठमाडौंको खुला आकाश मुनी पाल टाँगेर र बिना पालको खुला सडकहरु तथा चौरहरुमा शरण लिइ रहेका छन् । चाबहेल, कलंकी, कौशलटार गठ्ठाघर, किर्तिपुर, बानेश्वर, सातदोवाटो, महाराजगंज तथा नक्साल लगायत क्षेत्रका अधिकांश स्थानियहरु आफु वरपरको खुला आकाश मुनी सम्भावित सुरक्षित स्थानमा बसी रहेका छन् । किर्तिपुरका स्थानियहरु त्रिभुवन विश्वविद्यालयमा शरण लिइरहेका छन् भने कलंकी, सातदोवाटो, कोटेश्वर, कौशलटार, चाबहेल, कपन तथा सानेपा लागायका कयौं क्षेत्रका स्थानियहरु सडकमा कठ्याङग्रीएर सुती रहेका छन् । \"Injury-600\" राजधानीमा राती केहीबेर हल्का सिमसिम पानी पनि परी रहेको थियो । तर खुला आकाशमा सुत्नेहरुसँग कुनै विकल्प बाँकी थिएन् । त्यसै गरी नयाँ बानेश्वरका स्थानियहरु नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा शरण लिइ रहेका छन् । यसरी शरण लिनेहरुमा मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा पनि मानिसहरुको प्रवेश खुला गरिएको छ । टुँडीखेल तथा रंगशालामा पनि ज्यान जोगाउन सफल भएका मानिसहरु रात कटाई रहेका छन् । पटक पटक गरी झण्डै ६८ पटक आएको भूकम्पका झट्काका कारण मानिसहरु घरमा जानु भन्दा बाहिर बस्नु सुरक्षित महशुस गरी रहेका छन् । राती १२ः४४ मा आएको पछिल्लो भूकम्पको झट्का ५ दशमलब ४ म्याग्निच्युटको भएको अमेरिकी भूकम्प मापन केन्द्र ‘यूएसजीएस’ले जनाएको छ । एमाअाेवादी नेता अनन्तकाे आग्रह
एमाओवादी नेता अनन्तको आग्रह : रचनात्मक तरिकाले उद्धारमा जुट्रन अाग्ह गरेका छन्र । उनले सरकारले तत्काल पहल बढाउन तथा अाम कायर्कतालाइ उदारमा खिटन समेत भनेका छन्र ।
- See more at: https://www.khabardabali.com/2015/04/15804/#sthash.kNf2bKc8.dpuf
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy