Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

अहिलेसम्म २३ सयको मृत्यु, गाँउगाँउबाट हताहतीको संख्या आउन सकेन

\"Darbar
नरेश ज्ञवाली/दिपेश शाहीकाठमाडौं, शनिबार दिउँसो ११ः५६ बजे आएको ७ दशमलब ९ म्याग्निच्यूटको १९९० यताकै ठुलो महाभूकम्पका कारण देशैभर ज्यान गुमाउनेको २३ सयको संख्या नाघेको छ भने घाइते हुनेको संख्या ८ हजार नाघेको छ । अाइतबार बिहान २ः३५ बजेसम्मकाे जानकारी अनुसार ज्यान गुमाउनेमा उपत्यकामा सबै भन्दा धेरै ६ सय ७१ रहेका छन् । जसमा काठमाडौंमा ३ सय ४२, भक्तपुरमा २ सय ४ र ललितपुरमा एक सय २५ रहेका छन् । भूकम्पको महाविपत्ति पछि नेपाल प्रहरीले स्थापना गरेको आपातकालिन ‘रेस्क्यु अपरेशन कमाण्ड सेन्टर’ का डिएसपी दिपक थापाले खबरडबलीलाई दिएको जानकारी अनुसार मृतकको संख्या अझै बढ्न सक्ने छ । मृतकको संख्या २३ सय पुगेको जानकारी प्राप्त भएपनि सरकारले त्यसको आधिकारीक पुष्टी गरेको छैन् । गृहसचिव सूर्यप्रसाद सिलवालले खबरडबलीसँग कुरा गर्दै नेपाल सरकारले अहिले मृतकको संख्यामा भन्दा धेरै ध्यान घाइतेहरुको उद्धारमा लगाई रहेकाले अहिले नै संख्या कति पुग्यो भनेर भन्न नसकिने बताए । राजधानीको कपन, चाबहेल, महाराजगंज, कलंकी, असन, बसन्तपुर, किर्तिपुर, ललितपुरको पाटन तथा भक्तपुरको पुरानो ठिमी, व्यासी, जगाती लगायतका विभिन्न ठाँउहरुमा ठुलो जनधनको क्षति भएको छ । भूकम्पले ज्यान गुमाउनेहरुमा पुर्वाञ्चलमा ३८, मध्यमाञ्चलमा उपत्यका बाहेकका जिल्लाहरुमा ५ सय ८८, पश्चिमाञ्चलमा ९९ र मध्यपश्चिमाञ्चलमा २ जना रहेका छन् । \"Rescu-600\" यसैगरी घाइते हुनेहरुमा काठमाडौंमा करिब २५ सय, भक्तपुरमा २ सय, ललितपुरमा ७९१ रहेका छन् भने पुर्वाञ्चलमा एक सय, उपत्यका बाहेकका जिल्लाहरुमा एक हजार ३०, पश्चिमाञ्चलमा एक सय ५० र मध्यपश्चिमाञ्चलमा ८ रहेका छन् । उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बललाई खटाइए पनि घाइतेहरुको पुर्ण विवरण संकलन र उद्धार हुन सकि रहेको छैन् । उद्धार कार्यमा लागेका सरकारी निकायहरुबीच समन्वयको अभाव महशुस गरिएको छ । भलै ती निकायहरुसँगको सिमित श्रोत साधनकाबीच गरेको उद्धार कार्य भने प्रसंशनिय छ । पानी र भूकम्पका झट्काबीच खुला आकाशको बास राजधानीका अधिकांश स्थानियहरु भूकम्पले घर भत्काए पछि खुला आकाशमा बस्न बाध्य भएका छन् । त्यसो त घर नभत्किएकाहरु पनि पुनः भुकम्प आउने त्रासले खुला आकाशमा रात कटाई रहेका छन् । ज्यान जोगाउन मानिसहरु सामान्य दिनको भन्दा आइतबार चिसो रहेको काठमाडौंको खुला आकाश मुनी पाल टाँगेर र बिना पालको खुला सडकहरु तथा चौरहरुमा शरण लिइ रहेका छन् । चाबहेल, कलंकी, कौशलटार गठ्ठाघर, किर्तिपुर, बानेश्वर, सातदोवाटो, महाराजगंज तथा नक्साल लगायत क्षेत्रका अधिकांश स्थानियहरु आफु वरपरको खुला आकाश मुनी सम्भावित सुरक्षित स्थानमा बसी रहेका छन् । किर्तिपुरका स्थानियहरु त्रिभुवन विश्वविद्यालयमा शरण लिइरहेका छन् भने कलंकी, सातदोवाटो, कोटेश्वर, कौशलटार, चाबहेल, कपन तथा सानेपा लागायका कयौं क्षेत्रका स्थानियहरु सडकमा कठ्याङग्रीएर सुती रहेका छन् । \"Injury-600\" राजधानीमा राती केहीबेर हल्का सिमसिम पानी पनि परी रहेको थियो । तर खुला आकाशमा सुत्नेहरुसँग कुनै विकल्प बाँकी थिएन् । त्यसै गरी नयाँ बानेश्वरका स्थानियहरु नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा शरण लिइ रहेका छन् । यसरी शरण लिनेहरुमा मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा पनि मानिसहरुको प्रवेश खुला गरिएको छ । टुँडीखेल तथा रंगशालामा पनि ज्यान जोगाउन सफल भएका मानिसहरु रात कटाई रहेका छन् । पटक पटक गरी झण्डै ६८ पटक आएको भूकम्पका झट्काका कारण मानिसहरु घरमा जानु भन्दा बाहिर बस्नु सुरक्षित महशुस गरी रहेका छन् । राती १२ः४४ मा आएको पछिल्लो भूकम्पको झट्का ५ दशमलब ४ म्याग्निच्युटको भएको अमेरिकी भूकम्प मापन केन्द्र ‘यूएसजीएस’ले जनाएको छ । एमाअाेवादी नेता अनन्तकाे आग्रह
एमाओवादी नेता अनन्तको आग्रह : रचनात्मक तरिकाले उद्धारमा जुट्रन अाग्ह गरेका छन्र । उनले सरकारले तत्काल पहल बढाउन तथा अाम कायर्कतालाइ उदारमा खिटन समेत भनेका छन्र ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: