Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

अहिलेसम्म २३ सयको मृत्यु, गाँउगाँउबाट हताहतीको संख्या आउन सकेन

\"Darbar
नरेश ज्ञवाली/दिपेश शाहीकाठमाडौं, शनिबार दिउँसो ११ः५६ बजे आएको ७ दशमलब ९ म्याग्निच्यूटको १९९० यताकै ठुलो महाभूकम्पका कारण देशैभर ज्यान गुमाउनेको २३ सयको संख्या नाघेको छ भने घाइते हुनेको संख्या ८ हजार नाघेको छ । अाइतबार बिहान २ः३५ बजेसम्मकाे जानकारी अनुसार ज्यान गुमाउनेमा उपत्यकामा सबै भन्दा धेरै ६ सय ७१ रहेका छन् । जसमा काठमाडौंमा ३ सय ४२, भक्तपुरमा २ सय ४ र ललितपुरमा एक सय २५ रहेका छन् । भूकम्पको महाविपत्ति पछि नेपाल प्रहरीले स्थापना गरेको आपातकालिन ‘रेस्क्यु अपरेशन कमाण्ड सेन्टर’ का डिएसपी दिपक थापाले खबरडबलीलाई दिएको जानकारी अनुसार मृतकको संख्या अझै बढ्न सक्ने छ । मृतकको संख्या २३ सय पुगेको जानकारी प्राप्त भएपनि सरकारले त्यसको आधिकारीक पुष्टी गरेको छैन् । गृहसचिव सूर्यप्रसाद सिलवालले खबरडबलीसँग कुरा गर्दै नेपाल सरकारले अहिले मृतकको संख्यामा भन्दा धेरै ध्यान घाइतेहरुको उद्धारमा लगाई रहेकाले अहिले नै संख्या कति पुग्यो भनेर भन्न नसकिने बताए । राजधानीको कपन, चाबहेल, महाराजगंज, कलंकी, असन, बसन्तपुर, किर्तिपुर, ललितपुरको पाटन तथा भक्तपुरको पुरानो ठिमी, व्यासी, जगाती लगायतका विभिन्न ठाँउहरुमा ठुलो जनधनको क्षति भएको छ । भूकम्पले ज्यान गुमाउनेहरुमा पुर्वाञ्चलमा ३८, मध्यमाञ्चलमा उपत्यका बाहेकका जिल्लाहरुमा ५ सय ८८, पश्चिमाञ्चलमा ९९ र मध्यपश्चिमाञ्चलमा २ जना रहेका छन् । \"Rescu-600\" यसैगरी घाइते हुनेहरुमा काठमाडौंमा करिब २५ सय, भक्तपुरमा २ सय, ललितपुरमा ७९१ रहेका छन् भने पुर्वाञ्चलमा एक सय, उपत्यका बाहेकका जिल्लाहरुमा एक हजार ३०, पश्चिमाञ्चलमा एक सय ५० र मध्यपश्चिमाञ्चलमा ८ रहेका छन् । उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बललाई खटाइए पनि घाइतेहरुको पुर्ण विवरण संकलन र उद्धार हुन सकि रहेको छैन् । उद्धार कार्यमा लागेका सरकारी निकायहरुबीच समन्वयको अभाव महशुस गरिएको छ । भलै ती निकायहरुसँगको सिमित श्रोत साधनकाबीच गरेको उद्धार कार्य भने प्रसंशनिय छ । पानी र भूकम्पका झट्काबीच खुला आकाशको बास राजधानीका अधिकांश स्थानियहरु भूकम्पले घर भत्काए पछि खुला आकाशमा बस्न बाध्य भएका छन् । त्यसो त घर नभत्किएकाहरु पनि पुनः भुकम्प आउने त्रासले खुला आकाशमा रात कटाई रहेका छन् । ज्यान जोगाउन मानिसहरु सामान्य दिनको भन्दा आइतबार चिसो रहेको काठमाडौंको खुला आकाश मुनी पाल टाँगेर र बिना पालको खुला सडकहरु तथा चौरहरुमा शरण लिइ रहेका छन् । चाबहेल, कलंकी, कौशलटार गठ्ठाघर, किर्तिपुर, बानेश्वर, सातदोवाटो, महाराजगंज तथा नक्साल लगायत क्षेत्रका अधिकांश स्थानियहरु आफु वरपरको खुला आकाश मुनी सम्भावित सुरक्षित स्थानमा बसी रहेका छन् । किर्तिपुरका स्थानियहरु त्रिभुवन विश्वविद्यालयमा शरण लिइरहेका छन् भने कलंकी, सातदोवाटो, कोटेश्वर, कौशलटार, चाबहेल, कपन तथा सानेपा लागायका कयौं क्षेत्रका स्थानियहरु सडकमा कठ्याङग्रीएर सुती रहेका छन् । \"Injury-600\" राजधानीमा राती केहीबेर हल्का सिमसिम पानी पनि परी रहेको थियो । तर खुला आकाशमा सुत्नेहरुसँग कुनै विकल्प बाँकी थिएन् । त्यसै गरी नयाँ बानेश्वरका स्थानियहरु नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा शरण लिइ रहेका छन् । यसरी शरण लिनेहरुमा मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा पनि मानिसहरुको प्रवेश खुला गरिएको छ । टुँडीखेल तथा रंगशालामा पनि ज्यान जोगाउन सफल भएका मानिसहरु रात कटाई रहेका छन् । पटक पटक गरी झण्डै ६८ पटक आएको भूकम्पका झट्काका कारण मानिसहरु घरमा जानु भन्दा बाहिर बस्नु सुरक्षित महशुस गरी रहेका छन् । राती १२ः४४ मा आएको पछिल्लो भूकम्पको झट्का ५ दशमलब ४ म्याग्निच्युटको भएको अमेरिकी भूकम्प मापन केन्द्र ‘यूएसजीएस’ले जनाएको छ । एमाअाेवादी नेता अनन्तकाे आग्रह
एमाओवादी नेता अनन्तको आग्रह : रचनात्मक तरिकाले उद्धारमा जुट्रन अाग्ह गरेका छन्र । उनले सरकारले तत्काल पहल बढाउन तथा अाम कायर्कतालाइ उदारमा खिटन समेत भनेका छन्र ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy