Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

निक्कै उल्लास र खुशीकासाथ तिहार मनाइँदै

\"\"काठमाडौं । नेपालीहरूको महान चाड अन्तरगत आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले आज भार्इटीका अर्थात तिहार पर्व मनाइरहेका छन् । एका बिहानै के गाउँ के शहर फुलमाला अविरले सज्जीएका छन । यता तराइ तीर नाचगानका साथ दिदीबहिनीले  गाईको गोबर र केराउका दाना ९बजरी०लाई ओखलमा कुटेर दाजुभाइको दीर्घायुको कामना गरेका छन् । उनीहरुले ओखलमा गोबरसँगै कुटिएको केराउका दाना गोबरबाट झिकेर धोई पखाली आआफ्ना दाजुभाइलाई मिठाइ, लड्डु वा पेडासँगै ‘बजरी’ खुवाएका छन् । यता गाँउघमा दिदीबहिनीहरुले सेलरोटी हाल्दै, भाइमसला सहित मिठाइ, लड्डु खुवाउदै दाजुभाइको दीर्घायुको कामना गर्छन भने दाजुभाइले आआफ्ना गच्छेअनुसार दिदीबहिनीलाई उपहार र कोसेली दिने गर्छन् । दाजुभाइले आजका दिन दिदीबहिनीलाई सुन, चाँदी, कपडा र अन्य विभिन्न कोसेली र उपहार दिने गर्छन् । तिहार पर्व निक्कै उल्लास र खुशीका साथ मनाइन्छ । यसै गरि विदेशमा रहेका नेपालीले पनि आज उल्लास र खुशीका साथ तिहार मनाइरहेका छन् । तिहारमा खानेकुराको सावधानी अन्य समयमाभन्दा चाडपर्वमा  खसीको मासु बढी खाने गर्छन्। कतिपयले रक्सी पनि खान्छन् । तिहारमा भाइमसलाको प्रयोग पनि बढी हुन्छ।  मासु,चिल्लो, गुलियो र मसलेदार खानाको प्रयोग कम गर्नुपर्छ। खाँदै नखाने भन्ने पनि हुँदैन । चाडपर्व भनेकै मिठो खाने, राम्रो लगाउन र रमाइलो गर्ने भने बुझ्ने गरिन्छ । यो धेरै हदसम्म सत्य पनि हो । यो हाम्रो परम्परा पनि हो यसलाई छोड्न पनि मिलेन तर कम गरेर खानुपर्छ। बिरामीले भने चाडपर्वमा अलि बढी नै ध्यान दिनुपर्छ। सुगर,प्रेसर र मुटुको बिरामीहरूले चिल्लो,नुनिलो र मसलेदार खाना खानु हुँदैन । त्यसैले यसलाई कम गर्नुपर्छ । प्रेसर र मुटुका रोगीले नुनको प्रयोग कम गर्नुपर्छ अनि सुगरका बिरामीले चिनी हालेको खाना खानु हुँदैन। बच्चाहरूको हकमा पनि खाने कुरामा अलि बढी होसियारी अपनाउनुपर्छ। यो बेलामा उनीहरूले पटका पड्काउने,लगायतका काम गर्छन् । यस्ता चिजहरूमा विष सरहका एसीडहरू हुन्छन् । त्यही हातले खाना खाइरहेका हुन्छन्। उनीहरूको सरसफाईमा अझै बढी ध्यान दिनुपर्छ। तिहारमा सेलरोटी,मिठाई लगायतका गुलियो र चिल्लो मिसाइएको खानेकुरा खाने प्रचलन धेरै छ । सकभर घ्यू र परम्परागत तेलहरूमा पकाएको खानेकुरा खानु हुँदैन । संभव भएसम्म सनफ्ल्वार, मकै र भट्टमासको तेलको प्रयोग गर्नुपर्छ । घ्यूमा ‘सेचुरेटेड फ्याट’ बढी हुन्छ। घ्यूले शक्ति बढी दिन्छ तर दिर्घकालीन रुपमा यसले हानी पुर्‍याउँछ। साधारण मानिसलाईभन्दा मुटु, प्रेसर र सुगरको रोगीलाई यसले हानी गर्छ। चाडपर्वको बेलामा हरियो तरकारी र फलफूल बढी खानुपर्छ । चाडपर्वको ‘मूडमा’ हुँदा नियमित खाने औषधि पनि छोड्ने गरिन्छ । यो एकदमै गलत हो । यसले गर्दा कतिपय समस्याहरू निम्तिने गरेका छन् । चाडपर्वको बेलामा दीर्घ रोगीहरूले औषधिलाई छोड्न हुँदैन। एक आपसमा भेट्दा मिठाई मासुको सट्टामा फलफूल दिने चलन बसाल्नुपर्छ। चाडपर्वको  बेलामा धेरै चिल्लो गुलियो खाना खाने गरिन्छ। जसले गर्दा शरीरलाई हानी पुग्छ। यो बेलामा व्यायाममा ध्यान दिनुपर्छ । बढी व्यायाम गर्‍यो भने खाएको खानेकुरा सन्तुलन बन्न पुग्छ । चाडपर्वको बेलामा खाने अनि आराम गर्ने भन्ने चलन छ जुन स्वास्थ्यका लागि गलत हो। आराम गर्ने, परिवार मिलेर रमाइलो गर्ने त राम्रो हो तर योसँगै स्वास्थ्यलाई पनि ध्यान दिन जरूरी छ। शारीरिक गतिविधिमा पनि ध्यान दिनुपर्छ। रक्सी - खान हुन्छ कि हुँदैन भन्नेमा सधैँ अन्यौलता छ । रक्सी सकेसम्म नखाएकै राम्रो हो । स्वस्थ व्यक्तिले न्यूनतम मात्रामा रक्सी खान सक्छ तर न्यूनतम भनेको कति होरु भन्ने कुनै निर्धारण भएको छैन। अनुसन्धानले रक्सीले हानी नै गर्छ  भनेको छैन तर स्वास्थ्यका लागि लाभदायक हुन्छ भनेर पनि प्रमाणित गर्न सकेको छैन। रक्सीको बेफाइदा नै बढी छ। बढी मात्रामा रक्सी सेवन गरेमा यसले पेनक्रियाज बिगार्छ जसले गर्दा ‘सुगर’को समस्या हुन्छ। यसका साथै, कलेजो बिगार्छ, पेटमा घाउ हुन्छ, रक्तश्राव  हुन्छ र दिसामा रगतसमेत देखिन्छ। भाई मसला - तिहारको बेलामा प्रयोग हुने भाई मसला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। भाई मसलामा केही मात्रामा चिल्लो पदार्थ हुने भएपनि समग्रमा यसले स्वास्थ्यलाई हानी गर्दैन । सेलरोटी मासु लगायतका खानेकुरा भन्दा बढी भाईमसला स्वास्थ्यका लागि उपयुक्त छ। काजु, बदाम, नरिवल, किसमिस, बदाम लगायतका खानेकुराहरूमा शरीरका लागि चाहिने भिटामिन, मिनरलस लगायतका तत्वहरू पाइन्छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy