Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

छोइनसक्नु तरकारीको मूल्य, व्यवसायीको सिन्डिकेटले उपभोक्ता मारमा

\"\" काठमाडौं । तिहारलगत्तै हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा अकासिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार एक साता अवधिमा हरियो तरकारीको भाउ थोक मूल्यमै १ सय ९० रुपैयाँसम्म बढेको छ । आजको कान्तिपूर दैनिकमा खबर छ– थोक मूल्यमै अस्वाभाविकले भाउ बढ्दा खुद्रा मूल्य झन् छोइनसक्नु भएको छ । ‘तिहारलगत्तै भाउ हवातै बढेको देखिन्छ । काउली किलोमै दुई सय रुपैयाँ पर्ने देखिन्छ,’ समितिका उपसचिव एवं सूचना अधिकृत विनय श्रेष्ठले भने, ‘दुई/तीन दिनमा मूल्य घट्ने अनुमान गरेका छौं ।’ उनका अनुसार मूल्य बढ्नुको मुख्य कारण मागअनुसार आपूर्ति नहुनु नै हो । यसअघि तरकारी बजारमा दैनिक ७ सय टन तरकारी भित्रिन्थ्यो । तर, हाल ४ सय टनको हाराहारीमा मात्रै भित्रिएको उनको दाबी छ । ‘सिमी, बोडी, करेलालगायत केही तरकारीको सिजन सकिएको छ । काउलीको उत्पादनमा पनि कम भएको छ,’ उनले भने, ‘तर, काउली र गोलभेडाको माग अत्यधिक बढेको छ । जसले गर्दा भाउ बढेको देखिन्छ ।’ उपत्यकामा मुख्यतस् धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लाबाट पनि तरकारी भित्रिन्छ । हाल स्थानीय उत्पादनले मात्रै बजारको माग धानिरहेको छ । भारतबाट फलफूल र प्याज मात्रै आयात भएको श्रेष्ठको दाबी छ । तिहारका लागि केही व्यवसायीहरू घर गएकाले पनि भाउ बढेको समितिको अनुमान छ । ‘व्यवसायीहरू पुनस् काममा फर्किने क्रममा छन्,’ उनले भने, ‘दुईरतीन दिनमा मूल्य घट्ने आशा गरौं ।’ समितिका अनुसार कालिमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । सामान्य अवस्थामा कालिमाटी तरकारी बजारमा दैनिक ७ सय टन तरकारी भित्रिन्छ । व्यवसायीले कालिमाटी बजारबाट खरिद गरेपछि पसलपिच्छे फरक मूल्यमा बिक्री गरेका छन् । बजारमा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा महँगिए पनि बजार अनुगमन र हस्तक्षेप गर्न जिम्मा पाएका निकायहरू मौन बसेका छन् । बजार अनुगमन, नियमन र हस्तक्षेप गर्ने अधिकार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको हो । महँगीको हकमा जिल्ला प्रशासन कार्यालयले पनि बजार अनुगमन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सक्छ । यस्तै समितिले आफ्नो क्षेत्राधिकारभित्र पर्ने व्यवसायीलाई अनुगमन गरी मूल्य नियन्त्रण गर्न सक्छ । तर, व्यवसायीको दासका रूपमा बसेको उपभोक्ताकर्मीको आरोप छ । सर्वसाधारणहरू महँगीको मारमा परे पनि यी तिनै निकायहरू मौन बसेका छन् । सम्बन्धित क्षेत्रमा अनुगमन गर्न सकेका छैनन् । हाल बजार भाउ बढ्नुमा यी तिनै निकाय जिम्मेवार भएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । ‘तरकारीको सिजन सकिएकै छैन । काउली, बन्दा, सागको सिजन नै हो,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘मूल्य बढ्नुपर्ने कुनै कारण पनि छैन । तर, ढुवानी व्यवसायी र तरकारी व्यवसायीको मिलेमतोमा ठगी भएको छ ।’ यसमा समितिका अधिकारीहरूको पनि साथ रहेको उनको आरोप छ । व्यवसायीहरूले तरकारी संकलन केन्द्रबाटै सिन्डिकेट गरी कृषक र उपभोक्तालाई लुटेको उनले दाबी गरे । ‘व्यवसायीले किसानबाट सस्तो मूल्यमा खरिद गरी ढुवानीको नाममा उपभोक्तासँग चर्को मूल्य असुल्दै आएका छन्,’ अध्यक्ष महर्जनले भने, ‘ती व्यवसायीलाई कारबाही गरी नियन्त्रणमा ल्याउन सकिन्छ । तर, कर्मचारीहरूमा इच्छाशक्ति नै छैन ।’ समितिको तथ्यांकअनुसार लसुन, परवल, आलु, मटरकोसा, लौका, घिरौंला, भिन्डी, मूला, फर्सी, काउली, बोडी, सिमी,च्याउलगायत सबै तरकारीको मूल्य अकासिएको छ । तिहारअघि किलोको १ सय २५ रुपैयाँ ९थोक मूल्य० पर्ने हरियो धनिया हाल १ सय ५२ प्रतिशतले बढेर ३ सय १५ रुपैयाँ पुगेको छ । प्रतिकिलो १ सय ४५ रुपैयाँ पर्ने लसुन हाल १ सय ४४ प्रतिशतले बढेर ३ सय ५५ रुपैयाँ पुगेको छ । किलोको ५२ रुपैयाँ पर्ने परवलको मूल्य वृद्धि भई ९८ रुपैयाँ पुगेको समितिको तथ्यांकमा छ । किलोको ३१ रुपैयाँँ पर्ने आलुको मूल्य बढेर ४९ रुपैयाँ पुगेको छ । किलोको १ सय २५ रुपैयाँ पर्ने मटरकोसा १ सय ९५ रुपैयाँ, ३८ रुपैयाँ पर्ने लौकाको मूल्य ५८ रुपैयाँ पुगेको जनाएको छ । सूचना अधिकृत श्रेष्ठले भने किसानबाटै महँगोमा खरिद भएकाले उपभोक्तालाई मार परेको दाबी गरे । ‘मूल्य वृद्धिको सन्दर्भमा व्यवसायीसँग छलफल गर्दा किसानबाटै बढेको बताउँछन्,’ उनले भने । समितिका अनुसार ३८ रुपैयाँ पर्ने घिरौंलाको मूल्य बढेर ५८ रुपैयाँ, किलोको ७८ रुपैयाँ पर्ने भिन्डी १ सय १५ रुपैयाँ, ३३ रुपैयाँ पर्ने मूलाको मूल्य ४८ रुपैयाँ पुगेको छ । यस्तै ३८ रुपैयाँ पर्ने हरियो फर्सीको मूल्य ५५ रुपैयाँ, ७८ रुपैयाँ पर्ने काउली १ सय ५, ९८ रुपैयाँ पर्ने बोडी १ सय २५, ७८ रुपैयाँ पर्ने घिउसिमी ९८ रुपैयाँ पुगेको समितिको तथ्यांकमा छ ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy