Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

बिकास निर्माणमा कञ्चनपुरले गति लियाे

 

\"\"भीमदत्तनगर । पछिल्लो समय कञ्चनपुरमा भौतिक पूर्वाधार पुल, सडकलगायतका निर्माणले विगतका वर्षभन्दा तेब्बरले गति लिएको छ । गत आर्थिक वर्षमा कञ्चनपुरमा सबैभन्दा बढी पक्की सडक र पुल निर्माणका लागि ठेक्का प्रक्रिया भई काम शुरु भएका छन् । डिभिजन सडक कार्यालय कञ्चनपुरका अनुसार गत आवमा मात्रै कञ्चनपुरमा ४२ वटा पुल निर्माणको ठेक्का भएको छ ।

“अघिल्ला वर्षमा यहाँ बढीमा छवटा पुल वर्षमा बनेको रेकर्ड छ ।” डिभिजन सडक कार्यालय कञ्चनपुरका इञ्जिनियर खगेन्द्रबहादुर शाहीले भने “कञ्चनपुरले विभागीय मन्त्री पाएकाले पनि गत वर्ष यहाँ धेरै नदी, खोला नालामा पुलका लागि पैसा परेको हो ।” उनका अनुसार कैलालीमा पनि २१ वटा पुल बन्दैछन् । तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको पालामा उक्त बजेट विनियोजन गरिएको हो । कञ्चनपुरको दोधारा चाँदनीस्थित बाबाथान जोड्ने मलेरिया नाला, सोही क्षेत्रको मैनाल नाला, भीमदत्तनगर–ब्रह्मदेव जोड्ने कामीकाटेँ खोला पुल, शुक्लाफाँटा नगरपालिकाको जाडेपानी खोला पुललगायत जिल्लाभर करिब १५ मिटरदेखि १ सय ६० मिटर लम्बाइ सम्मका पुल निर्माणको चरणमा छन् । अघिल्लो आवमा कञ्चनपुरमा ठेक्का भएका छवटा पुल निर्माण भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ । “कञ्चनपुरमा ठेक्का सम्झौता भएका पुलमध्ये सातवटा पुलको निर्माण शुरु भइसकेको छ,” इञ्जिनियर शाहीले भने “अन्य ठेक्का सम्झौता भएका पुलको निर्माण अब तत्काल शुरु हुन्छ ।” पुल निर्माणका लागि डेढ वर्षदेखि तीन वर्षसम्म पुलको लम्बाइअनुसारको समयावधि दिइएको छ । त्यसैगरी, चालु आवमा पनि कञ्चनपुरमा नयाँ थप छ वटा र कैलालीमा पाँच वटा पुल निर्माणको ठेक्का हुने डिभिजन सडक कार्यालयले जनाएको छ । “कैलालीमा पनि ठेक्का भएकामध्ये डेढ दर्जन पुल निर्माणाधीन अवस्थामा छन् ।” शाहीले भने । “महाकाली नदीको चार लेनको पुलबाहेक यतिधेरै पुल निर्माण यहाँ पहिलो पटक परेको हो ।” शाहीले भने “अब सबै सम्झौता भएका पुलको काम तत्काल सुचारु हुन्छ ।”  रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy