Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

गुप्तचरकाे गाेप्य रिपोर्ट, वाम गठबन्धनकाे अाउदैन दुर्इ तिहाइ

\"\"काठमाडाै । वाम र लोकतान्त्रिक मोर्चा बनाएर चुनाव लड्दा कुन दलले कति मत पाउला, कसको प्रत्यक्षतर्फ कुन हैसियत बन्ला ? के त्यसपछि नेपाली काँग्रेसका नेताहरुले भनेझै वाम अधिनायकत्व स्थापना गर्न सक्ने गरी देशैभर लाल झण्डा फहराउने सम्भावना रहला ? या, यी सबै कुराहरु कागजी बाघमात्र हुन्, बनको बाघ बन्ने हैसियत बिनाका । यावत् प्रश्नको जवाफ खोजिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई हालै जासुसी संयन्त्रले एउटा विश्लेषणात्मक रिर्पोट बुझाएको छ । त्यसमा आगामी निर्वाचनमा वाम गठबन्धन कुन स्थितिमा रहन्छ, नेपाली काँग्रेसले प्रत्यक्ष तथा समानुपातिकमा कति सिट र प्रतिशत ल्याउन सक्छ, एमाले र माओवादीले कति कति मत र स्थान आफ्नो पक्षमा पार्ने सम्भावना छ भन्नेदेखि लिएर संघीय समाजवादी फोरम नेपाल, राजपा, राप्रपा, नयाँ शक्ति नेपाल र अन्य दलहरुले प्राप्त गर्नसक्ने प्रत्यक्षतर्फका सिटसंख्या र समानुपातिकबाट ल्याउन सक्ने प्रतिनिधित्वको समेत आँकलन गरिएकाचे छ । स्थानीय तह निर्वाचन २०७४ मा पार्टीहरुले प्राप्त गरेको मत संख्या तथा प्रतिशत, त्यसपछि बढेका मतदाता संख्या र त्यसको सम्भावित बाँडफाँडसमेतको आधारमा दलहरुको भविक्ष्यबारे गरिएको आँकलनले नेपाली काँग्रेस दोस्रो बन्ने देखाएको छ । गठबन्धनमा सामेल गराएन काँग्रसले राजपाको मागबमोजिम सिट उपलब्ध गराउने दबाव झेल्नु पर्नेछ भन्दै वाम गठबन्धन र लोकतान्त्रिक गठवन्धनको विश्लेषण गर्न विगतका निर्वाचनहरुमा प्राप्त मतलाई समेत आधार बनाइएको छ । नेपाली काँग्रेसले २०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ २६ प्रतिशत विजय हासिल गरेको थियो भने समानुपातिकतर्फ २९.८ प्रतिशत मत पाएको थियो । २०७४ को स्थानिय तह निर्वाचनमा उसले जम्मा ३३ प्रतिशत मत हासिल गरेको देखिन्छ जबकि एमालेले ३४ पैतिशत मत हात पारेको थियो । प्रत्यक्षतर्फ ०७० मा जम्मा २४ प्रतिशत र समानुपातिकतर्फ जम्मा २८ प्रतिशत मत पाप्त गरेर दोस्रो बनेको एमाले अब पहिलो बन्छ भन्ने आधार नै ०७४ को स्थानीय तह निर्वाचनमा उसले प्राप्त गरेको मत प्रतिशत हो । वाम गठबन्धनको भोट जोड्ने हो भने लोकतान्त्रिक गठबन्धनभन्दा १०,३२,६७० मत अगाडि देखिन्छ । जुन ७.०६ प्रतिशत बढी हो । स्थानीय निर्वाचनपछि १३,७३,२४९ मतदाता थपिएका छन् । तर पति वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनभन्दा कम्तीमा ५ पैतिशत र बढीमा १५ पैतिशत जति बढी मत प्राप्त गर्ने विश्लेषण गर्न सकिन्छ । माओवादी केन्द्रले ०७० भन्दा धेरै नखस्किएको तथ्यांकले देखाउछ । त्यसबेला प्रत्यक्षतर्फ १५ प्रतिशत र समानुपातिकतर्फ १७.७९ प्रतिशत मत पाएको माओवादीले स्थानीय तह निर्वाचनमा पनि १७ प्रतिशत मत ल्याएको छ । संविधानसभाको दोस्रो निर्वाचनको बेलाभन्दा अहिले मधेसी फोरम पनि धेरै खस्किएको देखिदैन । त्यसबेला पनि ४ प्रतिशतको हाराहारीमा रहेको फोरमले स्थानीय तहमा सोही हैसियत कायम गरको पाईन्छ । जबकि राप्रपा नेपाल र राप्रपाले क्रमश  ८ र ६ प्रतिशतको हाराहारीमा ०७० सालमा मत प्राप्त गरेकोमा अहिले ३ प्रतिशतको असपासमा खुम्चिनु परेको छ । संविधानसभाको दोस्रो निर्वानचताका १५.९३ प्रतिशत अन्य साना दललाई प्राप्त भएकोमा ०७४ सालमा त्यस्ताले जम्मा १.८३ प्रतिशतमात्र पाएको हिसावमा अब मतदाताहरु ठूला दलहरुतर्फ बढी आकर्षित भएको स्पाष्ट देखिन्छ । त्यस्तो प्रवृत्तिले गठबन्धन अझ मजबुत बन्ने र सानाको अस्तित्व नामेट पार्ने सम्भावनातर्फ त्यो रिर्पोटले इंगित गरेको छ । वाम गठबन्धनबाट काँग्रेसीहरु जति आत्तिएका थिए त्यति अत्तालिनु नपर्ने अवस्था सो रिर्पोटले देखाएकै कारण होेला चुनाव रोकी छाड्ने मनस्तििबाट कोहीकोही विस्तारै पछि हटेको संकेत देखिदैछ । जनअास्थाबाट    

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy