Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

जिल्ला तहमा वाम एकताका लागि संयोजन समिति

\"\"खोटाङ । पार्टी एकताका लागि कार्यक्रताहरू जुरमुराएका छन् ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकताका लागि केन्द्रमा संयोजन समिति गठन भएको बीस दिनपछि खोटाङमा समिति गठन गरिएको छ । एमालेका जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक बबी चाम्लिङको संयोजकत्वमा सात सदस्यीय बाम एकता संयोजन समिति गठन गरिएको हो । एमालेको चुनाव चिह्न माओवादी उम्मेदवारले र माओवादीको चुनाव चिह्न एमालेका उम्मेदवारले साटासाट गरेर एकताको भाव झल्काएका हुन् ।समितिको सहसंयोजकमा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष देवान किराती (पृथ्वी) रहेका छन् भने सदस्यमा एमालेका उपाध्यक्ष रामप्रसाद दंगाल, सचिव देवविक्रम राई तथा माओवादी केन्द्रका कोषाध्यक्ष दीपक पाण्डे (आकाश) र सचिवालय सदस्य सुरेश राई रहेका छन् । संयोजन समितिले मंगलबार दिक्तेलमा दुवै पार्टीको अगुवा कार्यकर्ता भेलासमेत गरेको थियो । आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर १ हजार ७ सय सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ । बाम एकता संयोजन समितिका संयोजक तथा एमाले अध्यक्ष चाम्लिङको संयोजकत्वमा गठन गरिएको प्रचारप्रसार समितिको सहसंयोजकमा माओवादी केन्द्रका अध्यक्ष पृथ्वी रहेका छन् । प्रदेशसभामा दुई क्षेत्र रहेको जिल्लाको १ नं क्षेत्रमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राई संयोजक र एमालेका क्षेत्रीय अध्यक्ष सुरेन्द्र राई सहसंयोजक रहेको ७ सय ७७ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ । यस्तै, प्रदेशसभा क्षेत्र नं २ मा एमाले उपाध्यक्ष दंगाल संयोजक र माओवादी केन्द्रका कोषाध्यक्ष आकाश सहसंयोजक रहेको ७ सय ७७ सदस्यीय नै प्रचारप्रसार समिति गठन गरिएको छ । जिल्लाबाट प्रतिनिधिसभाका लागि एमालेका केन्द्रीय वैकल्पिक सदस्य तथा पूर्व सांसद विशाल भट्टराई र प्रदेशसभा नं १ बाट एमालेका केन्द्रीय वैकल्पिक सदस्य राजन राई र प्रदेशसभा नं २ बाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामकुमार राई (पासाङ) उम्मेदवार बनेका छन् । दुवै पार्टीले तीनैजना उम्मेदवार साझा भएकाले संकुचित नहुन भेलामा सहभागी कार्यकर्तालाई निर्देशन दिएका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: