माअाेवादी शक्ति विश्वराजनीतिको महत्वपूर्ण परिघटना हो : जर्मन राजदुत सेफर
कार्तिक ८ गते, २०७४ बुधवार 25th October, 2017 Wed१४:५१:४७ मा प्रकाशित
काठमाडौं । जर्मन राजदूत सेफरले नेपालको शान्ति प्रक्रियालाई मुक्तकण्ठले प्रशंसा गर्दै नेपालको शान्ति प्रक्रियाको महत्वलाई विश्व समुदायले कदर गर्नुपर्ने बताएका छन् ।
पत्रकारहरुसँग कुरा गर्दै राजदूत सेफरले नेपालको शान्ति प्रक्रिया अन्तरराष्ट्रिय क्षेत्रमा विश्वराजनीतिको महत्वपूर्ण परिघटना हो भन्ने बुझाइ युरोपेलीहरुमा गहिरोसँग देखिन थालेको स्पष्ट पारेका छन ।
माओवादीजस्तो बन्दूक बोकेको शक्तिशाली पार्टी लोकतान्त्रिक प्रक्रियामा आउन चानचुने घटना नभएको भन्दै नवनियुक्त राजदूत सेफरले नेपालको शान्ति प्रक्रियालाई विश्वसमक्ष चिनाउन आफूले भूमिका खेल्ने बताए ।
शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने गिरिजा प्रसाद काेइरालाको निधन भइसकेको छ भने त्यहि प्रक्रियाका हस्ती प्रचण्ड जीवितै छन् । विश्लेषकहरुले नेपालको शान्ति प्रक्रियालाई विश्वसमुदायमा चिनाउने एउटा महत्वपूर्ण माध्यम नोबेल शान्ति पुरस्कार भएकाले युरोपेली देशहरुले नेपालका नेता पर्न सक्ने वताएका छन ।
नेपालमा आएदेखि नै शान्ति प्रक्रियाप्रति उत्साहित र प्रभावित देखिएका राजदूत सेफरसहित ४ देशका राजदूतले सोमबार मात्रै शीतलनिवासमा ओहोदाको प्रमाणपत्र बुझाएका छन् । नर्वे, युरोपियन युनियन र न्युजिल्याण्डका राजदूतले पनि सोमबारै ओहोदाको प्रमाणपत्र बुझाएका छन् । ईयुकी नयाँ राजदूत भेरोनिका कोडी नेपालको शान्ति प्रक्रियाले अन्तरराष्ट्रिय मान्यता पाउनुपर्ने पक्षमा छिन् ।
जर्मन राजदूत सेफर युरोपली देशका राजदूतहरुमध्ये शक्तिशाली मानिन्छन् । उनले कोलम्बियाको शान्ति प्रक्रियामा ईयुका तर्फबाट महत्वपूर्ण भूमिका खेलेका छन् । र, कोलम्वियाका राष्ट्रपति जुआन म्यानुअ सान्तोसलाई २०१६ मा नोबेल शान्ति पुरस्कार दिलाउने प्रक्रियामा राजदूत सेफरले महत्वपूर्ण भुमिकासमेत खेलिसकेका छन् ।
नेपालमा वामपन्थीहरुवीच गठबन्धन सुरु भएपछि पश्चिमाहरु आत्तिएको र वाम गठबन्धनको विपक्षमा रहेको विश्लेषकहरुले गर्दै आएकाे दावि भन्दा युरोपेलीहरु भने एमाले र माओवादी मिलेर ‘सोसल डेमोक्रेटिक’ पार्टी बन्ने विश्वासमा रहेको बताएका छन । सोसल डेमोक्रेटिक पार्टीलाई युरोपेलीहरुले सहजै स्वीकार्ने गरेका पनि छन् ।
वाम गठबन्धनपछि भारतीय कूटनीतिज्ञहरुले यसलाई ‘कम्युनिष्टहरुको अधिनायकवाद ल्याउने रणनीति’ बताउँदै यसमा चिनियाँ चलखेल रहेको विश्वास अमेरिकालगायत पश्चिमी देशका कूटनीतिज्ञलाई दिलाउने प्रयास गरे पनि युरोपेलीहरु भारतको व्याख्यातर्फ लागेनन् ।
यसको ठीक विपरीत, जर्मन राजदूतले त खुलेर माओवादी आन्दोलनको लोकतान्त्रीकरणलाई स्वागत गर्न पुगे, जसले गर्दा युरोपियनहरु वाम गठबन्धनको पक्षमा उभिएका छन भन्ने स्पष्ट भएकाे छ ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: