Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

हुंकार छाेड्दै गर्जीयो वाइसिएल, थाल्यो देश बनाउने अभियान

\"\"काठमाडौं । देशैभरका ६ हजार ७ सय ४३ वडामा एकै दिन एउटै समयमा वडा सम्मेलन सम्पन्न गर्दै नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल)ले आज देखि चुनावी अभियान थालेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभालाई मध्येनजर गर्दै वाइसिएलले आज देशभरका वडा सम्मेलन सम्पन्न गरेको हो । १ बुथ १०० युथको नारा सहित वाईसिएल नेपालले देशैभर युवा परिचालन गर्ने निर्णय गर्दै उक्त निर्णयलाई कडाइका साथ कार्यन्वयन गर्न आज देखि नै कामको थालन गरेको बताइएको छ । वाइसिएल नेपालका प्रचार विभाग प्रमुख पुष्प ओलीका अनुसार छठ पर्वका कारण तराईका केही वडा वाहेक देशका सवै वडामा सम्मेलन भव्यताका साथ सम्पन्न भएका छन् । सम्मेलनबाट निर्वाचित पदाधिकारीलाई आजै देखि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनलाइ जिताउन चुनावमा होमिन वाइसिएल अध्यक्ष राम प्रसाद साप्कोटा दिपशीखाले निर्देशन दिईसकेको ओलीले बताए । गणेशमान पुनकाे प्रमुख अातित्थ्यमा काठमाडाैं महानगर १५ काे वर्डा सम्मेलन सम्पन्न भएकाे छ । सम्मेलनले लक्षमण भुसालकाे संयाेजकत्वमा ११ सदस्यीय वडा कमिटी चयन गरेकाे छ । त्यस्तै काठमाडौं जिल्ला अध्यक्ष शिशिर तामांङ र जिल्ला सह सचिब धिरज उपरकोटीको उपस्थितिमा महानगरकाे वार्ड न. २६ मा जेश लामाको अध्यक्षतामा २० सदस्यीय, वार्ड न. २७ मा तिलक धितालको अध्यक्षतामा २० सदस्यीय, २८ न वार्डमा गंगा नेपालीको अध्यक्षता ४० सदस्यीय र गंगबु नगरपालिका वार्ड न ९ को अध्यक्षमा ज्ञानु सापकोटाकाे अध्यक्षतामा ४० सदस्यीय कमिटी चयन गरेकाे छ । त्यसैगरी वाइसिएल अध्यक्ष रामप्रसाद सापकाेटा \'दिपशीखा\' काे प्रुमख अातित्थ्यतामा ललितपुर महालक्ष्मी नगरपालिकाका १० वटा वार्डको संयुक्त सम्मेलन सम्पन्न भएकाे छ ।उक्त सम्मेलनले महालक्ष्मी नगरकाे इन्चार्जमा उमंग केसी र अध्यक्षमा राजाराम बस्नेतलाइ चयन गरेकाे छ । त्यस्तै वर्डाहरूकाे अध्यक्ष १ मा राजीब सुवेदी, २ मा विशाल पाठक, ३ मा उज्जल थापा, ४ मा साजन केसी, ५ मा राेहित श्रेष्ठ, ६ मा राकेश लामा, ७ मा दिलिप बस्नेत, ८ मा रिकेत थापा, ९ मा हरिकृष्ण पाेख्रेल, १० मा विरमान तामाङलाइ चयन गरी सम्पन्न भएकाे छ । त्यस्तै वागमती गाँउपालिकाकाे अध्यक्षमा रामलाल थिङ निर्वाचित भएका छन् । ललितपुर गोदावरी नगरपालिका १ मा दिनेश थापाकाे अध्यक्षतामा २५ सदस्य, वडा न. २ मा सुसान्त तामांग अध्यक्षतामा २५ सदस्यीय, ३ मा देवराज घिमीरे २५ सदस्यीय, ४ मा गौरब पहरी २५ सदस्यीय, ५मा अरुणिमा सिलवाल २५ सदस्यीय, ६ मा अरमान नगरकोटी, ८ मा सागर तामाङ, ९ मा दिनेश नगरकाेटी, १२ मा राम महर्जन, १४ मा मनाेज महर्जनका अध्यक्षतामा वडा कमिटि चयन गरेकाे जिल्ला अध्यक्ष धनकुमार मैनालीले बताए । त्यसैगरी ललितपुर महा नगरपालिकामा इन्चार्ज दिपेन्द्र श्रेष्ठ र अध्यक्ष दिपेन्द्र शाही ताेकिएका छन् । साथै इन्चार्ज भरत पराजुली र अध्यक्ष धन बहादुर मैनालीकाे उपस्थितिमा महानगरका वर्डाहरूमा १ न. मा दिनेश विक, २ मा पमिर तिमिल्सेना, ३ मा किरण खड्गी, ४ मा गणेश थापा, ५ मा माेहन परियार, ६ मा सुविन शाही, ७ मा सुरेश महर्जन, ८ मा गाैतम महर्जन, ९ मा अाइते तामाङ, १० मा रिमी डंगाेल, ११ मा अनिस शाक्य, १२ मा अमर ताम्राकार, १३ मा राजु खड्का, १४ मा याेगेश राइ, १५ मा कैलाश राइ, १६ मा राहुल शाक्य, १७ मा राेहित तंडुकार, १८ मा सविन तिमिल्सेना, १९ मा कृष्ण खड्गी, २१ मा दिपेश महर्जन, २२ मा समिर विष्ट, २३ मा समन महर्जन, २४ मा सनजन कार्की, २५ मा जिवन थीङ, २६ मा विनय महर्जन, २७ मा विनीराज डंगाेल चयन गरेकाे छ । वाम गठबन्ध लाई अत्याधिक बहुमतले बिजय गराउन भन्दै वाइसियल केन्द्रिय कार्यक्रम अन्तर्गत चितवन जिल्ला कार्यलयको सम्योजनमा क्षेत्र न.३ (ख) काे पार्वतीपुर बजार सरसफाइ गरेकाे छ । क्षेत्र न.३ (ख)का संयाेजक सन्तोष शर्माको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष सुमन देबकोटाको प्रमुख आतिथ्यतामा वडा सम्मेलन सम्पन्न गरेकाे छ । सम्मेलनले भरतपुर महानगरपालिका वर्डा न १३ मा इन्चार्ज छवि ढकाल र जयदेब पौडेलकाे अध्यक्षतामा ९० सदस्यीय, २१ मा इन्चार्ज रुद्रमणि आचार्य र प्रकाश अधिकारीकाे अध्यक्षतामा ४१सदस्यीय, २२ मा इन्चार्ज सुगिृव गुरुङ र महेश महतोकाे अध्यक्षतामा ५५ सदस्यीय, २३ मा सुकदेव भट्टराईकाे अध्यक्षतामा ५५ सदस्यीय, २४ मा इन्चार्ज प्रकाश लामा र कण नेपालीकाे अध्यक्षतामा ७५ सदस्यीय, २५मा इन्चार्ज सन्जिब घिमिरे र दिपक श्रेष्ठकाे अध्यक्षतामा ५५ सदस्यी कमिटी चयन गरेकाे छ । त्यसैगरी माडी नगरपालिका इन्चार्ज हरि कृष्ण लामिछाने र सम्योजक क्षेत्र प्र. देबकोटा चयन गरेकाे छ । त्यसैगरी वार्ड १ मा अर्जुन पाठककाे संयाेजकत्वमा ३१ सदस्यीय, २ मा माधव पौडेलकाे संयाेजकत्वमा ३१ सदस्यीय, ३ मा बिष्णु लामिछानेकाे संयाेजकत्वमा ३५ सदस्यीय, ४ मा उमेश लामिछानेकाे संयाेजकत्वमा ३३ सदस्यीय, ५ मा पवन बि.क. संयाेजकत्वमा ५१ सदस्यीय, ६ मा अशोक पाठककाे संयाेजकत्वमा ३१ सदस्यीय, ७ मा नवीन अधिकारिकाे संयाेजकत्वमा ३१ सदस्यीय, ८ मा निलकन्ठ गौतमकाे संयाेजकत्वमा २१ सदस्यीय, ९ मा मोहन स्याङ्तानकाे संयाेजकत्वमा ३५ सदस्यीय कमिटी चयन गरेकाे छ । उता बिनय थापाकाे प्रमुख अातित्थ्यतामा सम्पन्न कास्कीकाे मादी गाउँपालिका संयुक्त वार्ड सम्मेलनले शन्तोष अधिकारी को अध्यक्षतामा २५ सदस्यीय कमिटि निर्माण गरेकाे छ भने रुपा गाउँपालिकाकाे संयोजकमा माधव पौडेललाइ चयन गरेकाे छ । \"\"बाम गठबन्धनको पक्षमा रहेका दुई वटै युवा संगठन वाइसिएल नेपाल र एमाले निकट युवा संघ नेपालको संयुक्त बैठक हिजो काठमाडौमा बसेर संगठनले लिएका निर्णयहरू कार्य क्षेत्रमा कार्यान्वयन गर्न गराउन विशेष निर्देशन समेत दिएको छ । संगठनका अध्यक्षको नेतृत्वमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीयआयोगका सदस्य, प्रदेशका सदस्य, केन्द्रीयविभागका सदस्य, जिल्लाअध्यक्ष सहितको ३ हजार १ सदस्यीय संयुक्तनिर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ । दुबै संगठनका पदाधिकारी रहेको एक सचिवालय, दैनिककार्य संचालनगर्न र परिचालन समितिलाई संयोजन गर्नका लागि संगठनका अध्यक्षसहितको ११ सदस्यीय शीर्ष संयोजन समिति  पनि गठन गरेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy