Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

हाम्रा पीडामा क्यान्सर लाग्यो : द्वन्द्वपीडित

\"\"सुर्खेत । विरेन्द्रनगरकी शान्ति ढकाल न्याय खोज्दै विभिन्न निकाय तथा आयोगमा धाउन थालेको २० वर्ष भयो तर उनको पीडाको आलो घाउमा मलहमपट्टी लगाउनुको सटृा नूनचुक छर्किएको अनुभूति भएको छ ।

श्रीमान् बितेको २० वर्ष बितिसक्दा पनि न्याय पाउनुको साटो पीडा बल्झाउने काम भएको पीडित ढकालको भनाइ छ । “आयोगमा न्यायका लागि फाराम नभरेको भए यो घटना अहिलेसम्म बिर्सिसक्थ्यौँ ।”– ढकालले भनिन “ न्याय पाउन त कहाँ हो कहाँ उल्टै पीडा बल्झाउने काम मात्र भएको छ ।” जुनसुकै पार्टीका सरकार आए पनि आफ्ना पीडा नसुनेको उनको भनाइ थियो । “अहिलेसम्म कार्यक्रममा बोलाइन्छ अनि रुवाइन्छ, योभन्दा अन्य प्रगति भएको छैन”– ढकालले भनिन, “हाम्रा पीडा अब क्यान्सर भइसके ।” हामीहरूले सम्मान खोजेका हौँ भन्दै उनले अहिलेका जनप्रतिनिधिले पनि आफ्ना पीडा सुन्नेमा शंका लागेको छ भनिन । वीरेन्द्रनगरमा बसोबास गर्दै आएकी हरिमाया भट्टराई पनि बेपत्ता श्रीमान्को पर्खाइमा बसेको १४ वर्ष बितिसक्यो । “अझैसम्म पनि श्रीमान् ज्युँदै हुनुहुन्छ या मारिएको हो थाह छैन”– भट्टराईले भनिन, “कि सास चाहियो कि त लाश नै भए पनि चाहियो”– न्यायको खोजीमा भौतारिएकी भट्टराईले अहिलेसम्म राहत पनि पाउन नसकेको दुखेसो गरिन । वीरेन्द्रनगरमा आयोजित ‘सत्य र न्यायको खोजीमा हाम्रो हातेमालो’ विषयक अन्तक्र्रिया कार्यक्रममा उपस्थित सुर्खेतका द्वन्द्वपीडितले न्याय पाउन नसकेको गुनासो गरे । शान्ति प्रक्रियाको १० वर्षको अवधिमा जति नै राजनीतिक परिवर्तन भए पनि आफूहरूलाई कुनै न्यायको अनुभूति नभएको उनीहरूको भनाइ थियो । द्वन्द्वपीडित रामकुमारी थापाले सत्यनिरुपण तथा मेलमिलाप आयोगले सत्य खोज्ला भन्ने आशा पनि मरिसकेको बताइन । “कार्यदल गठन भएको छ तर, काम भएको छैन, अहिलेसम्म कुनै बैठक बस्न सकेको छैन”– उनले भनिन, “द्वन्द्वपीडितको पहिचान नै पाउन सकेका छैनौँ, आयोगको निर्देशिकामा सुरक्षाकर्मीलाई द्वन्द्वपीडितको परिभाषामा राखेको छैन ।” स्थानीय शान्ति समितिका सचिव सीता आचार्यले पीडितलाई एकमुष्टरूपमा राहत उपलब्ध गराउन नसकिएको बताए । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले दुवै पक्षका पीडकले उन्मुक्ति पाइरहेका छन् तर पीडितले न्याय पाउन सकेका छैनन भने । उनले दोषीलाई कारबाही र पीडितलाई उचित राहतका लागि लाग्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका सुर्खेत शाखका अध्यक्ष गणेशकञ्चन भारतीले पहुँचवालाले मात्र राहत पाउने गरेकाले यसलाई राजनीतिक एजेण्डा बनाइएको उल्लेख गरे ।  नागरिक आवाजका हरि धामीले नेपालमा संक्रमणकालीन न्यायको अवस्था लम्बिएकाले चुनौती थपिएको बताए । यता सत्यनिरुपण तथा मेलमिलाप आयोगमा कार्यरत सह न्याधिवक्ता सुरेन्द्रजंग शाहीले आयोग निर्माणलगायतका उपलब्धि भए पनि पीडितले उचित न्याय पाउन नसकेको स्वीकार गरे । आयोगमा प्रदेश नं ६ बाट एक हजार उजुरी आएको र तिनको छानबिनका लागि आयोगमा कर्मचारी अपुग हुँदा समस्या भएकाले अहिले घटनाको प्रारम्भिक छानबिनमै रहेको उनले जानकारी दिए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy