Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

मानवअधिकार उल्लंघनका घटनामा दबाबमूलक कार्यक्रम गर्ने

 

\"\"पोखरा । राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार उल्लंघनका घटनामा पीडितलाई राहत दिन आयोगले जस्तोसुकै दबाबमूलक कार्यक्रम गर्न सक्ने बताएका छन । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराको आयोजनामा आजदेखि शुरु भएको अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको अवस्था विषयक दुईदिने प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै उहाँले राज्य पक्ष वा गैरराज्य पक्षबाट जोसुकैबाट हुने त्यस्ता घटनामा अधिकारकर्मीसँग हातेमालो गर्दै दबाब दिन आयोग अग्रपंक्तिमा रहने विश्वास दिलाए । नयाँ बन्ने पूर्वाधारका हरेक संरचना अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिँदै अध्यक्ष शर्माले मानवको खान मात्रै नभई सम्मानपूर्वक बाँच्ने पनि अधिकार सुनिश्चित हुनु पर्नेमा जोड दिए । अध्यक्ष शर्माले आयोगको परिसरमा अपाङ्गमैत्री एउटा ‘डेक्स’ निर्माण गर्ने र यसले सबै प्रकारका अपाङ्गको हक र अधिकारका लागि सहज हुने बताए । उनले निकट भविष्यमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले लामो समयको संक्रमणकालको अन्त्यसँगै आर्थिक समृद्धि र विकासको बाटोमा देश अघि बढ्ने विश्वास व्यक्त गरे । पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अपाङ्गता भएका व्यक्तिलाई महानगरले निःशुल्क सेवा दिने गरेको जानकारी गराउँदै उनीहरुले भोग्दै आएका समस्या समाधानमा आफुले विशेषरुपले सहयोग गर्ने वचनबद्धता व्यक्त गरे । उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडालले सम्मेलनबाट प्राप्त सुझावले अपाङ्गहरुले भोग्नु परेका समस्या समाधानमा आधारपत्र तयार पार्ने विचार व्यक्त गरे । राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका निमित्त निर्देशक नितु बर्तौलाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदी, महिला तथा बालबालिका कार्यालयका प्रमुख लक्ष्मी जिसी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, उच्च बार एशोसिएसनका अध्यक्ष दयाराम गौतम, आयोगका वीरबहादुर बुढामगरलगायतले सम्मेलनको महत्वमाथि प्रकाश पारेका थिए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: