तेह्रथुम। जिल्ला युवा समितिको कार्यालयले तीनवटा युवा समूहलाई उद्यम व्यवसाय सञ्चालनका लागि बिना ब्याज ऋण प्रदान गरेको छ । सरकारको युवा उद्यम विकास कार्यक्रमअन्तर्गत समितिले जिल्लामा रहेका सहकारी मार्फतप्रति व्यक्ति ५० हजारका दरले तीन समूहका ३० जना युवालाई १५ लाख बिना धितो ऋण प्रदान गरेको हो । समितिले १६ वर्षदेखि ४० वर्ष ननाघेका युवालाई स्वदेशमै बसी कृषि क्षेत्रको विकाससँगै उद्यमी बनाउने उद्देश्यअनुसार पहिलो वर्षको कार्यक्रमबाट लगानी गरेको जिल्ला युवा समितिका अध्यक्ष नवीन खतिवडाले बताए । ती हरेक समूहमा १० जना शिक्षित युवा संलग्न छन् । उनीहरुले समूहमा प्राप्त गरेको रकम सामूहिक रुपमा व्यवसाय सुरुवात गरी लगानी गर्नुपर्ने प्रावधान रहेको छ । यसरी लगानी गरिएको ऋण ६/६ महिनामा किस्ता बुझाइ पाँच वर्षमा बिना ब्याज सहकारीमार्फत फर्काउने व्यवस्था गरिएकोे अध्यक्ष खतिवडाले बताए । तोकिएको समयमा फर्काउन नसके सहकारीले सहकारीको नीतिअनुसार असुल गर्नेछ । समितिले यस वर्ष मौरीपालन, बाख्रापालन र माटो बिनाको तरकारी खेतीमा ऋण लगानी गरेको हो । सदरमुकाम म्याङलुङमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थामार्फत जनचेतना अभियानसँग आवद्ध रहेका १० जना युवालाई माटो बिनाको तरकारी खेतीका लागि जनही रु ५० हजार प्रदान गरेको समितिले जनाएको छ । यस्तै मनकामना सामुदायिक विकास सस्थासँग आवद्ध १० जना युवालाई मौरीपालन व्यवसायका लागि र तम्फुला बचत तथा ऋण सहकारी संस्थामार्फत सल्लेरी पशुपालन समूहसँग आवद्ध रहेका १० जना युवालाई बाख्रापालन व्यवसायका लागि जनही रु ५० हजार प्रदान गरेको अध्यक्ष खतिवडाले बताए । राष्ट्रिय युवा परिषद्ले युवा उद्यमी बनाउन नेपाल सरकारको स्वीकृति र अनुदान लिई जिल्ला समितिमार्फत प्रस्तावना आह्वान गरेको थियो । सोही आधारमा जिल्लाले समूह छनोट गरी परिषद्मा पठाएको थियो । परिषद्ले उक्त रकम समूहलाई सिधै उपलब्ध गराउन नमिलेपछि जिल्लामा रहेका सहकारी संस्थामार्फत प्रदान गरेको हो । उपलब्ध रकम हिनामिना हुन नदिन र उद्यमसिलताको क्षेत्रमा खर्च भए नभएको बारेमा नियमित अनुगमन राष्ट्रिय युवा परिषद्ले जिल्ला युवा समितिलाई निर्देशन दिएको छ । स्वदेशमै बिना ब्याज र बिना धितो ऋण पाएपछि सामूहिक रुपमा व्यवसायमा लागेर स्वरोजगार बन्न युवालाई प्रेरित गर्ने ध्येयले ऋण उपलब्ध गराइएको अध्यक्ष खतिवडाले बताए । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: