Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

मकै छोडाउँदा छोडाउँदै...

काठमाडौँ, सिन्धुपाल्चोक पदमवास गाविस–५ की ३० वर्षीया सविता कुँवर आफ्नो घरमा मकै छोडाउँदै थिइन् । घरमा महिला मात्र थिए । एकाएक भूकम्प आयो । विनाशकारी भूकम्पले उनकी एक छोरीको घटनास्थलमै निधन भयो । सासू र आफू घाइते भइन् । भाग्न खोज्दा खोज्दै आफू बाँचेका कुँवरलाई एकमन खुसी छ, सँगै छोरी गुमाउँदा र सासू घाइते हुँदा दुःखकाले थिचेको छ । घर र गोठ पूर्णतः क्षतिग्रस्त भएका छन् । ‘त्यसको विवरण लिन भ्याइएको छैन, पहिला आफ्नो र सासूको उपचार गरौँला, त्यसपछि कहाँ बस्ने, के गर्ने भन्ने सोच्नुपर्ला ।’ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको प्राङ्गणमा खतरामुक्त घाइतेको लहरमा रहेकी कुँवरले भनिन् – ‘घरमै मकै छोडाइरहँदा यस्तो हाल भयो । अचानक छोपेर आयो, भाग्न सकिनँ ।’ उनको हाड भाँचिएको छ । चिकित्सकले शल्यक्रियाका लागि एक सातापछि समय दिएका छन् । गम्भीर घाइतेको उपचारमा अस्पतालका स्वास्थ्यकर्मी लागेकाले सामान्य बिरामीको उपचारलाई कम प्राथमिकता दिइएको छ । कुँवरको हेरचाहमा उनकी नन्द सक्रिय छिन् । निःशुल्क भनिए पनि औषधिको रकम तिर्नुपरेको उनको गुनासो छ । यही बैशाख १२ गतेको विनाशकारी महाभूकम्पमा काठमाडौंपछि बढी क्षति हुने जिल्लाको सूचीमा सिन्धुपाल्चोक परेको छ । सिन्धुपाल्चोकको छिमेकी काभ्रेपलाञ्चोक कोसीपारिका तारा खरेललाई पनि भूकम्प गएपछिको सात घन्टासम्म आफ्नी पाँच वर्षीया छोरी रजिताको श्वास गइसकेको भन्ने त्रासले सताएको थियो । लाजिम्पाटस्थित एक शिशु विद्यालयमा काम गर्दै छोरीलाई पनि त्यही पढाउने र बस्ने गरेकी खरेलकी छोरीलाई विद्यालयको भवन भत्किएर पुरेको थियो । उद्धार टोलीले सात घन्टापछि छोरीलाई जीवितै उद्धार गरेपछि उनको खुसीको सीमा रहेन । छोरीलाई अनुहारमा सामान्य चोट लागेको छ । छोरीसहित कुँवर अहिले शीतल निवासको राष्ट्रपति भवनको अस्थायी शिविरमा अन्य सर्वसाधारणसहित बस्दै आएकी छिन् । सबैजसो घाइते र तिनका परिवारका आफ्नै पीडा छन् । शनिबार राति नै शिक्षण अस्पतालमा ल्याइएका खुट्टामा चोट खेपेका बुढानिलकण्ठ निवासी सुदीप भट्टराई र सिन्धुपाल्चोक भोटसिपा–४ का जनक मैनालीको आज मात्र घाउ सफा भएको छ । उनीहरुलाई अस्पतालभित्र बस्ने ठाउँ छैन, सर्वसाधारणसँगै त्रिपालमुनि बसेर उपचार गराइरहेका छन् । शिक्षण अस्पतालमा आज पनि काठमाडौं र आसपासका जिल्लाबाट घाइते ल्याउने क्रम जारी छ । शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा डा. जगदीशप्रसाद लम्साल भन्छन् – ‘हामीले घाइते आउनेबित्तिकै उनीहरूलाई हरियो, पहेँलो र रातोमा वर्गीकरण गरी कार्डियोलोजी, अर्थोपेडिक र जनरल ९ओपिडी० मा कुन विभागमा पठाउने हो पहिल्यै तोकिएर भर्ना गराउने गरिएको छ । उनी भन्नुहुन्छ, ‘हामीले क्षमताले भ्याएसम्म सबै घाइतेको उपचार गर्ने हो, कतिपय सामान्य बिरामीको शल्यक्रिया र ‘फलोअप’ उपचारका लागि केही दिनपछि समय दिनुपरेको यथार्थ हो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy