Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

मकै छोडाउँदा छोडाउँदै...

काठमाडौँ, सिन्धुपाल्चोक पदमवास गाविस–५ की ३० वर्षीया सविता कुँवर आफ्नो घरमा मकै छोडाउँदै थिइन् । घरमा महिला मात्र थिए । एकाएक भूकम्प आयो । विनाशकारी भूकम्पले उनकी एक छोरीको घटनास्थलमै निधन भयो । सासू र आफू घाइते भइन् । भाग्न खोज्दा खोज्दै आफू बाँचेका कुँवरलाई एकमन खुसी छ, सँगै छोरी गुमाउँदा र सासू घाइते हुँदा दुःखकाले थिचेको छ । घर र गोठ पूर्णतः क्षतिग्रस्त भएका छन् । ‘त्यसको विवरण लिन भ्याइएको छैन, पहिला आफ्नो र सासूको उपचार गरौँला, त्यसपछि कहाँ बस्ने, के गर्ने भन्ने सोच्नुपर्ला ।’ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको प्राङ्गणमा खतरामुक्त घाइतेको लहरमा रहेकी कुँवरले भनिन् – ‘घरमै मकै छोडाइरहँदा यस्तो हाल भयो । अचानक छोपेर आयो, भाग्न सकिनँ ।’ उनको हाड भाँचिएको छ । चिकित्सकले शल्यक्रियाका लागि एक सातापछि समय दिएका छन् । गम्भीर घाइतेको उपचारमा अस्पतालका स्वास्थ्यकर्मी लागेकाले सामान्य बिरामीको उपचारलाई कम प्राथमिकता दिइएको छ । कुँवरको हेरचाहमा उनकी नन्द सक्रिय छिन् । निःशुल्क भनिए पनि औषधिको रकम तिर्नुपरेको उनको गुनासो छ । यही बैशाख १२ गतेको विनाशकारी महाभूकम्पमा काठमाडौंपछि बढी क्षति हुने जिल्लाको सूचीमा सिन्धुपाल्चोक परेको छ । सिन्धुपाल्चोकको छिमेकी काभ्रेपलाञ्चोक कोसीपारिका तारा खरेललाई पनि भूकम्प गएपछिको सात घन्टासम्म आफ्नी पाँच वर्षीया छोरी रजिताको श्वास गइसकेको भन्ने त्रासले सताएको थियो । लाजिम्पाटस्थित एक शिशु विद्यालयमा काम गर्दै छोरीलाई पनि त्यही पढाउने र बस्ने गरेकी खरेलकी छोरीलाई विद्यालयको भवन भत्किएर पुरेको थियो । उद्धार टोलीले सात घन्टापछि छोरीलाई जीवितै उद्धार गरेपछि उनको खुसीको सीमा रहेन । छोरीलाई अनुहारमा सामान्य चोट लागेको छ । छोरीसहित कुँवर अहिले शीतल निवासको राष्ट्रपति भवनको अस्थायी शिविरमा अन्य सर्वसाधारणसहित बस्दै आएकी छिन् । सबैजसो घाइते र तिनका परिवारका आफ्नै पीडा छन् । शनिबार राति नै शिक्षण अस्पतालमा ल्याइएका खुट्टामा चोट खेपेका बुढानिलकण्ठ निवासी सुदीप भट्टराई र सिन्धुपाल्चोक भोटसिपा–४ का जनक मैनालीको आज मात्र घाउ सफा भएको छ । उनीहरुलाई अस्पतालभित्र बस्ने ठाउँ छैन, सर्वसाधारणसँगै त्रिपालमुनि बसेर उपचार गराइरहेका छन् । शिक्षण अस्पतालमा आज पनि काठमाडौं र आसपासका जिल्लाबाट घाइते ल्याउने क्रम जारी छ । शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा डा. जगदीशप्रसाद लम्साल भन्छन् – ‘हामीले घाइते आउनेबित्तिकै उनीहरूलाई हरियो, पहेँलो र रातोमा वर्गीकरण गरी कार्डियोलोजी, अर्थोपेडिक र जनरल ९ओपिडी० मा कुन विभागमा पठाउने हो पहिल्यै तोकिएर भर्ना गराउने गरिएको छ । उनी भन्नुहुन्छ, ‘हामीले क्षमताले भ्याएसम्म सबै घाइतेको उपचार गर्ने हो, कतिपय सामान्य बिरामीको शल्यक्रिया र ‘फलोअप’ उपचारका लागि केही दिनपछि समय दिनुपरेको यथार्थ हो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: