अछाम। वाम गठबन्धनले अछाममा आसन्न मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त तयारी अघि बढाएका छन् । वाम गठबन्धनका प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र)ले जिल्लामा पहिलो संयुक्त बैठकमा नीतिगत निर्णयसमेत गरेर संयुक्त तयारी शुरु गरेका हुन् ।
सोमबार सदरमुकाम मंगलसेनमा बसेको गठबन्धनको बैठकले अछामका दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि खडा हुने वाम गठबन्धनका उम्मेदवारलाई अत्याधिकमतले विजयी गराउन दुवै पार्टी गम्भीर ढङ्गले संयुक्त निर्वाचन गतिविधिमा अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका हुन् । दुई पार्टीको जिल्लास्तरीय पार्टी एकता संयोजन समितिको संयुक्त बैठकले निर्वाचनका लागि संयुक्त अपिल छाप्ने र त्यसका लागि कात्तिक १४ गतेदेखि कार्य गर्ने निर्णाय भएको छ । वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन संयुक्त प्रचार प्रसार गर्ने, केन्द्रको निर्णयअनुसार उम्मेदवारको नाम, फोटो र निर्वाचन चिन्हसहित केन्द्रीय नारा अंकित संयुक्त ब्यानर छाप्ने, दुबै पार्टीका तर्फबाट एक एक जना कार्यालय सचिव खटाउने, वाम गठबन्धनका भातृ संगठनलाई पनि बैठक र भेला संयुक्तरूपमा गर्न अनुरोध गर्ने र एकै साथ प्रचार अभियानमा जान निर्देशन दिने निर्णय गरेको छ । बैठकले दुबै पार्टीको संयुक्त अगुवा कार्यकर्ता भेला कात्तिक १७ गते जिल्ला समन्वय समितिको हलमा गर्ने, गाउँ र इलाकास्तरमा पनि वाम गठबन्धनका कार्यक्रम संयुक्तरूपमा गर्न दुवै पार्टीका शीर्ष नेतालाई अनुरोध गर्ने समेत निर्णय भएको छ । प्रतिनिधि सभाका दुई सिट र प्रदेश सभाका ४ सिटमध्ये (माओवादी केन्द्र)ले प्रदेश सभाका दुई सिटमा साझा उम्मेदवार उठाउँदैछ भने एमालेले प्रतिनिधिसभाका दुई र प्रदेशसभाका दुई सिटमा उम्मेदवार उठाउने सहमति भएको छ । क्षेत्र नं १ बाट एमाले केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावल चुनाव लड्दै छन् ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: