Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

मधुमेह र ग्रन्थीरोग विशेषज्ञ चिकित्सक भेला

\"\"इटहरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अन्तर्राष्ट्रियस्तरको दक्षिण पूर्वी एसिया मधुमेह र ग्रन्थीरोग विशेषज्ञ (डाइवेटिक एण्ड इण्डोक्राइन) सम्मेलन हुने भएको छ । कात्तिक १८ देखि शुरु हुने उक्त दुई दिने सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान, अमेरिका, बेलायतलगायतका मुलुकबाट पाँचसय बढी विशेषज्ञ चिकित्सकको सहभागिता रहने प्रतिष्ठानद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । यस प्रकारको सम्मेलन नेपालको इतिहासमा उपत्यका बाहिर पहिलो पटक प्रतिष्ठानमा आयोजना गर्न लागिएको छ, सम्मेलनका संयोजक डा रवीन मास्केले भने “बदलिँदो जीवनशैली, तयारी खानपान मात्र खाने, अर्गानिक सागसब्जी फलफूल नखाने वा नपाइने, शारीरिक श्रम नगर्ने संस्कार बढेको अवस्थामा दक्षिण एसियाली मुलुकमा मधुमेह र ग्रन्थीरोग बढेको विषयमा सम्मेलन केन्द्रीत भएको छ ।” ‘आयोजक समितिका सचिव डा विवेक कट्टेलले सम्मेलनमा दक्षिण एसियामा मधुमेह र ग्रन्थीरोगका दक्ष चिकित्सक कम हुनु चुनौती रहेको बताउँदै “विश्वका एक तिहाई मधुमेह र ग्रन्थीरोगी दक्षिण पूर्वी एसियामा मात्रै छन्,” भने । उनले संसारभरीबाट सहभागी भएका मुधुमेह र ग्रन्थीरोग विषेशज्ञको भेलामा किन दक्षिण पूर्वी एसियाका मानिसमा यो रोग बढी देखियो भन्ने विषयमा बढी छलफल गरिने पनि जानकारी दिए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, डाइवेटिक एण्ड इण्डोक्राइन एशोसिएसन नेपाल (डिइएएन) र साउथ इस्ट एसिया डाइवेटिक एण्ड इण्डोक्राइन फोरम (एसइएडीइएफ) को संयुक्त आयोजनामा हुने सम्मेलनमा मधुमेह र ग्रन्थीरोग माथि पाँच दर्जन बढी चिकित्सक वैज्ञानिकबाट सोध अनुसन्धान पत्र प्रस्तुत गरिने कार्यक्रम रहेको बताइएको छ । दक्ष चिकित्सकको कमीका बीच मधुमेह र ग्रन्थीरोगीको गुणस्तरीय उपचार, नयाँ/नयाँ प्रविधि, औषधिका विषयमा ज्ञान आदानप्रदान गरिने र दक्षिण पूर्वी एसिया बाहिरका मुलुकले मधुमेह र ग्रन्थीरोग उपचारमा प्रयोग गरेका नयाँ खोज एवं औषधि र प्रविधि तथा उपकरण कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनले ठोस् निष्कर्ष निकाल्ने आयोजकले जनाएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy