Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

त्रिभुवन विमानस्थल भारतको ‘कब्जा’मा !

शनिबार राजधानीसहित मुलुकका विभिन्न स्थानमा आएको महाभूकम्पबाट पीडित बनेका नेपालीलाई भारी मात्रामा सहयोग जारी रहँदा विभिन्न मुलुकहरुले दैविक उद्धार राहत समन्वय समितिसँग समन्वय गरेर अगाडी बढनुको सट्टा आ–आफ्नै तवरले काम गरी रहेका छन् भने कुन मुलुकले कति सहयोग गर्ने भन्ने होडबाजी पनि देखिएको छ । सहयोग रकम तथा आफ्ना उद्धारकर्मीहरु उद्धार गर्न पठाएका उनीहरुले अन्य मुलुकले सहयोगको नाममा आफ्नो प्रभाव विस्तार गर्ला कि भन्ने आशंकामा समेत सहयोगराशी तथा उद्धारकर्मीहरुको टोली पठाइरहेका छन् । विना समन्वय आफ्नै तवरले अगाडी बढ्नेमा भारत अगाडी रहेको छ । भारतले उद्धार गर्न भनेर पठाएको हेलिकप्टरसहित स्थल मार्ग भएर आएका उत्तरप्रदेश परिवहन निगमका झण्डै ५ सय रोडबेज बसहरुले भूकम्पबाट पिडितहरुको उद्धारमा भन्दा नेपाल स्थित भारतीय दुतावासले भनेको विभिन्न ठाँउहरुमा गई रहेका छन् । \"India भारतीय सेनाका हेलिकप्टरहरु विना समन्वय कहाँ उडिरहेका छन् भन्ने कुरा नेपाल सरकार र गृहमन्त्रालयलाई समेत थाहा छैन् । यसैबीच भारतीय सेनाका उद्धारकर्मीहरु चीनका उद्धारकर्मीहरुको तुलनामा कम आएकी भन्ने भय र आशंका पनि भारतीय मिडियाहरुमा छताछुल्ल देख्न पाइएको छ । बीबीसी हिन्दी सेवामा दिव्या आर्याले लेखेको समाचारको शीर्षक ‘चीन अपने लोगो को ले गया, हम फसे है’ भन्ने छ । यहाँ उल्लेख्य कुरा के छ भने भारतको सुरक्षा निकायमा र मिडियामा नेपालमा चिनियाँ प्रभाव किन बढिरहेको छ र त्यसलाई कसरी रोक्ने भन्नेमा केन्द्रित हुने गरेको छ ।
पछिल्लो दिनहरुमा नेपालमा उद्धार गर्ने नाममा तथा भारतीय नागरिकहरुलाई पठाउने नाममा भारतीय सेना तथा गुप्तचर निकायका मानिसहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भरिएको छ । त्यस्तो त भारतीय दुतावासले आफ्ना नागरिकहरुलाई पठाउन भनेर उनीहरुको हातमा एउटा नम्बर लेखेर पठाएको छ
अहिले इन्डियन एयर फोर्सका हेलिकप्टरहरु उद्धारकार्यमा भन्दा भारतबाट नेपाल आई प्रत्यक्ष प्रशारण गरी रहेका पत्रकार तथा सञ्चारमाध्यमहरुलाई डुलाउनमै केन्द्रित रहेको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलका उच्च अधिकृतले खबरडबलीलाई नाम नबताउने शर्तमा बताए । ‘उनीहरु कहाँ डुलिरहेका छन् भनेर कसले निगरानी गर्ने अहिले पूरै एयरपोर्ट नै भारतीयहरुको कब्जामा छ भन्दा हुन्छ । उनीहरुले अहिले पनि पीडितहरुलाई भन्दा आफ्ना पत्रकारहरुलाई डुलाउनमै ब्यस्त रहेका छन् ।’– ती अधिकारीले भने । विमानस्थलको हालत उद्धारकार्यमा खटिनु अघि नै भारतले आफ्ना नागरिकहरुलाई नेपालमा आर्थिक संकट आउन सक्ने भन्दै बोलाएको र उनीहरुलाई ‘बाई एयर’ तथा ‘बाई बस’ भारतसम्म लैजाने प्रबन्ध मिलाएको छ । तर नेपालका केही सञ्चारमाध्यमहरुले भने भारतीय नागरिकलाई लिन हवाईजाहाज तथा बसको व्यस्था गरिएको कुरा गलत भएको बताएका थिए । पछिल्लो दिनहरुमा नेपालमा उद्धार गर्ने नाममा तथा भारतीय नागरिकहरुलाई पठाउने नाममा भारतीय सेना तथा गुप्तचर निकायका मानिसहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भरिएको छ । त्यस्तो त भारतीय दुतावासले आफ्ना नागरिकहरुलाई पठाउन भनेर उनीहरुको हातमा एउटा नम्बर लेखेर पठाएको छ । हातमा लेखिएको नम्बरका अनुसार उनीहरुले हवाई जाहाजमा चढ्ने पालो पाउने उनीहरुले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षा निकायका मानिसहरुले अन्य दिनहरुको तुलनामा अहिले सबैलाई सहज रुपमा जान दिएका छन् भने विमानस्थलमा को काहाँबाट आएको हो भनेर समेत जाँचको प्रक्रिया समेत पुरा गरीएको छैन् । \"BBC विमानस्थलमा अहिले अधिकांश भारतीय नागरिकहरुको बाक्लो भीड देख्न सकिन्छ । उनीहरुको व्यवस्थापनमा भन्दै भारतीय दुतावासबाट विभिन्न गुप्तचर समेत खटिएका छन् । भारतीय गुप्तचरहरु खटिनुको मुख्य कारण भने चीन तथा पाकिस्तानबाट आउने राहत तथा तिनीहरुसँग आउने व्यक्तिहरुको निगरानी गर्नु रहेको विमानस्थलका एक अधिकारीले जनाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies