Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

चुनावको मुखैमा बर्षमान र महराको द्वन्द्वः अरूलार्इ भोट मागे तर बर्षमानको नामै लिएनन्

\"\"काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता तथा मन्त्री कृष्णबहादुर महरा यसपटक रोल्पाबाट उम्मेदवार बन्न चाहन्थे । बाधक बने अर्का नेता तथा पूर्वमन्त्री वर्षमान पुन \'अनन्त\' । उनले महराको योजना सफल हुन दिएनन् । बाध्य भएर दाङको क्षेत्र न‌ं. मा २ झरे, महरा । उनले चुनाव प्रचार थालिसके । तर, रोल्पालाई अझै पनि पहिलो प्राथमिकतामा राखेको संकेत दिइरहेकै छन् । उनी आफ्नो चुनावी क्षेत्र दाङ छोडेर सोमबार लिबाङ पुगे । अाजको कान्तिपुरमा खबर छ-रोल्पा नगरपालिका–१ मेबाङस्थित आफ्नो पुरानो घरबास रहेको ठाउँमा स्थापित टेक्निकल कलेज उद्घाटन कार्यक्रमको बहाना बनाएर उनी आफू यही रहेको सन्देश दिन आएका थिए । उनले भाषणमा पटकपटक आफुले रोल्पा नछोडेको अभिव्यक्ति दिइरहे । ‘म दाङबाट चुनाव लड्न थालेपनि रोल्पा छोडेको छैन । यही छु । मलाई यही भएको ठान्नुस्,’ उनले भने, ‘म यहीकै विकासमा क्रियाशील छु । चुनाव उताबाट लड्ने कुराले केही फरक पार्दैन ।’ उनले दाङबाट चुनाव लड्नु बाध्यता भएको भाव व्यक्त गरे । लिबाङमा आयोजित पत्रकार भेटघाटमा भने पुन पनि सहभागी भए । पुनको छेउमा पनि महराले आफू रोल्पामै रहेको दोहोर्‍याए । कलेज उद्घाटन कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता महरालाई फूलमालासहित स्वागत गर्न लामबद्ध भए । एक किलोमिटरको दूरी पर्ने लिबाङ बजारमा रहेका पुन उक्त कार्यक्रममा गएनन् । रोल्पाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएर चुनावी मैदानमा रहेका पुनभन्दा दाङबाट उम्मेदवार रहेका महरा बढी महत्वका विषय भए । उपप्रधानमन्त्रीको भूमिकामा सुरक्षाकर्मीको लावालस्करसहित गाउँ पुगेका महराप्रति सबैको ध्यान तानिएको थियो । प्रमुख जिल्ला अधिकारीलगायतका सरकारी अधिकारी पनि उनकै पछि लागे । चुनावको समयमा महरा आफ्नो क्षेत्रमा आएकोप्रति पुन सन्तुष्ट थिएनन् । महराले अनावश्यक चुनावी चलखेल गर्न थालेको पुनको आशंका थियो । कलेज उद्घाटनका क्रममा गरेको भाषणमा महराले एकपटक पनि पुनको नाम उच्चारण गरेनन् । प्रदेशसभा सदस्यका उम्मेदवार कुलप्रसाद केसी र दीपेन्द्रकुमार पुनलाई भोट मागे तर पुनबारे केही बोल्न चाहेनन् । रोल्पामा एउटा मात्रै निर्वाचन क्षेत्र भएकाले यहाँको अगुवा को बन्ने भन्नेमा महरा र पुनबीच लामै संघर्ष चलिरहेको छ । पुन भने महरा रोल्पा छोडेर दाङ गइसकेको सन्देश दिन चाहन्छन् । महरा अनेक उपायले रोल्पा नछोडेको प्रमाणित गर्न खोज्छन् । उनले पोबाङमा रहेको ३० रोपनी जग्गा दान गरी टेक्निकल कलेज स्थापना गरिदिएका छन् । आफ्नै घरबारीमा रहेको कलेजको थप विकासमा निरन्तर लागिरहने बताए । ‘यो बारीमा म २५ वर्ष बसेको छु । मकै, भटमास र केराको खेती गर्थ्यौ । मेरी श्रीमतीले भैंसी पालेकी थिइन्,’ उनले भने, ‘हाम्रो जीवन सामान्य तरिकाले बितेको थियो । यो ठाउँलाई महत्त्वपूर्ण थलोका रूपमा विकास गर्न म सरकारमा हुँदा या नहुँदा पनि लागिरहन्छु ।’ उनले रोल्पामा निरन्तर जोडिइरहने उपायका रूपमा प्राविधिक कलेजलाई लिएका छन् । पुन पनि जिल्लाको एक्लो नेता बन्ने दाउमा छन् । यसअघि सभामुख रहेकी उनकी पत्नी ओनसरी घर्ती पनि अहिले समानुपातिक उम्मेदवार छिन् । महरालगायतका जिल्लाका अगुवा नेतालाई अन्य जिल्ला पठाएपछि पुन दम्पति एक्ला ‘हर्ताकर्ता’ भएको एक कार्यकर्ताले बताए । सँगैका लडाकु कमान्डर नन्दबहादुर पुन उपराष्ट्रपति भइसके । थवाङका सन्तोष बुढा नेपाल कम्युनिस्ट पार्टीमा लागेका छन् । जयपुरी घर्ती र कुलप्रसाद केसी मोहन वैद्य समूहमा गएर फर्केकाले पछि परेका छन् । केसी अहिले प्रदेशसभा सदस्यका उम्मेदवार छन् भने घर्ती समानुपातिक सूचीमा छिन् । प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका दीपेन्द्र, वर्षमानका निकट हुन् । (क) उम्मेदवार केसी भने रामबहादुर थापा निकट मानिन्छन् । केसीप्रति अहिले महराको बढी सहानुभूति छ । यही कारण अहिलेको चुनावमा पुनले (ख) लाई बढी महत्त्व दिएका छन् । निर्वाचन क्षेत्रभित्रका विभिन्न ठाउँमा आठ वटा सभा गर्ने योजना बनाइएकोमा (क) मा एउटा मात्रै सभा छ । बाँकी सात सभा (ख) मा छन् । केसीलाई बेवास्ता गरिएको महसुस गरी महराले सोमबार पूर्वयोजनामा नपरे पनि सुलिचौरमा आयोजित सभालाई सम्बोधन गरी भोट मागिदिए । सुरुमा शिक्षण पेसामा रहेका महरा रोल्पाका अगुवा नेता हुन् । उनले पढाएका धेरै विद्यार्थीहरू अहिले माओवादी नेता छन् । ‘मैले १२ वर्ष पढाएँ । धेरैलाई प्राज्ञिक र राजनीतिक शिक्षा सँगसँगै दिएँ,’ उनले भने, ‘अहिलेका प्रदेशसभा सदस्यका उम्मेदवार केसी र पुन मेरा विद्यार्थी हुनुहुन्छ । अरू यस्ता धेरै नेताहरू मेरा चेला हुनुहुन्छ ।’ रोल्पाका राजनीतिक गुरु महरालाई नै दाङतिर पठाएपछि अरू नेतासामु पुन ‘वरिष्ठ’ भएका छन् । महरा २०४८ को संसदीय निर्वाचनमा रोल्पा क्षेत्र २ बाट सांसद् निर्वाचित भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट विजयी भएका महरा २०७० को संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र १ बाट विजयी भए । पहिलो संविधानसभा निर्वाचनमा ललितपुरबाट निर्वाचित पुन पहिलोपटक रोल्पामा चुनाव लड्दै छन् । स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार छनोटमा महरा र पुनबीच द्वन्द्व थियो । अन्तमा रोल्पा नगरपालिकामा महरा र पुनले भागबन्डा गरी कुरा मिलाए । नगरपालिका प्रमुखमा महराका छोरीज्वाइँ पूर्ण केसी र उपप्रमुखमा पुनकी बहिनी मन कुमारी घर्ती उम्मेदवार बनेपछि स्थिति सहज भएको थियो । अन्त्यमा दुवै जना निर्वाचित भए । दुई वर्षअघि पार्टीको जिल्ला अधिवेशनका क्रममा महरा आफ्ना तत्कालीन स्वकीय सचिव निमकान्त डाँगीलाई अध्यक्ष बनाउन चाहन्थे तर पुननिकट सुरेन्द्र थापा घर्ती अध्यक्ष भए । महरा र पुन भने आपसी द्वन्द्व भएको स्वीकार गर्दैनन् । ‘हामीबीच कुनै खालको द्वन्द्व छैन । राम्रो सम्बन्ध राम्रो छ,’ महराले भने, ‘राजनीतिक बहसमा समेत हामीबीच फरक मत छैन । यो त्यत्तिकै गरिएको हल्ला हो ।’ पुनले पनि महरासँग कुनै मनमुटाव नरहेको दाबी गरे । ‘यो अरूले हालिदिएको विवाद हो । हामीले कुनै विवाद गरेका छैनौं,’ उनले भने, ‘हाम्रो राम्रो सम्बन्ध छ । आपसमा केही संघर्ष छैन ।’  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy