Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

काठमाडौँमा नै त्रिपालको अभावमा घाइते अस्पतालबाट फिर्ता गरिँदै

काठमाडौँ, उपचार गर्ने क्षमता हुँदाहुँदै पनि पालको अभावमा भूकम्पबाट घाइते भई आएका गम्भीर बिरामीको पनि उपचार गर्न नसकिएको नेपाल मेडिकल कलेज, जोरपाटीले जनाएको छ । शनिबार अपराह्न गएको भूकम्पबाट अस्पतालका भवन चर्किएर बस्न नहुने अवस्थामा पुगेपछि नेपाली सेनाले उपलब्ध गराएको एउटा पाल र अन्य स्थानीय सङ्घसंस्थाले उपलब्ध गराएका पालमा २५० बिरामीको उपचार हुँदै आएको छ । अस्पतालको क्षमता ७५० बिरामीको उपचार गर्ने भएपनि त्रिपालकै अभावमा सख्त घाइते भई आएका बिरामीको पनि उपचार हुन नसकेको अस्पताल निर्देशक राजेशकिशोर श्रेष्ठले जानकारी दिए । “काठमाडौँको उत्तरपूर्वी भेगका र नुवाकोट एवम् सिन्धुपाल्चोकका धेरै घाइते अस्पतालमा आए पनि स्थान अभावकै कारण फिर्ता गर्नुपरेको छ”, उनले भने, “राष्ट्रिय विपत्तिको यो घडीमा हामीले निःशुल्क उपचार गरिरहेका छौँ ।” अस्पताल आठ रेक्टर स्केलको भूकम्प प्रतिरोधक भनी निर्माण गरिए पनि ७।६ रेक्टर स्केलको भूकम्पमै क्षति भई बिरामी उपचार गर्न नसकिने अवस्थामा पुगेको छ । शनिबार अपराह्न भूकम्प गएका बेला उपचार गराइरहेका राजन राजथला अस्पतालका सबै बेडमा पङ्खासमेत झरेर बिरामीको टाउको फुटेको र गोडा भाँच्चिएको बताउँछन् । ‘६ महिना उपचार गरेर गोडा ठीक भई घर जाने तर्खरमा थिएँ, पङ्खाले लागेर फेरि अस्पतालमा थलिएको छु’, उनले भने । भूकम्पका कारण अस्पतालको बहिरङ्ग विभाग बन्द रहेको छ । २५० स्वास्थ्यकर्मी घाइतेको उपचारका लागि तम्तयार राखिएको निर्देशक श्रेष्ठले बताए । ल्याबसमेत बाहिरै सञ्चालन भइरहेको र शल्यक्रिया गर्नसमेत टेन्टको अभाव रहेको उनले जानकारी दिए । सरकारले टेन्ट उपलब्ध गराए उपचारका लागि आएका अस्पतालको क्षमताले धान्ने सबै बिरामीको उपचार गरिने अस्पताल प्रशासनले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending