Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

विवादित मन्त्रीले दिइन पदबाट राजीनामा

[caption id=\"attachment_161994\" align=\"alignleft\" width=\"750\"]\"\" पटेलले राजीनामा नदिएको भए मेले उनलाई बर्खास्त गर्ने अडकलवाजी गरिएको थियो[/caption] अनधिकृत रुपमा इजरेली नेताहरुलाई भेटेकाले विवादमा परेकी ब्रिटेनकी अन्तर्राष्ट्रिय विकास मन्त्री प्रीत‌ि पटेलले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । बुधबार अबेर अफ्रिकाको भ्रमण छोट्याएर फर्कनासाथ पटेलले टेन डाउनिङ स्ट्रीट गएर प्रधानमन्त्री टरीजा मेलाई आफ्नो राजीनामा बुझाएकी थिइन् । पटेलले राजीनामा नदिएको भए मेले उनलाई बर्खास्त गर्ने अडकलवाजी गरिएको थियो । गत अगष्ट महिनामा इजरेलमा छुट्टी मनाउन गएको बेला मन्त्री पटेलले इजरेली प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहु लगायत वरिष्ठ अधिकारीहरुलाई भेटेको भर्खरै खुलासा भएको थियो । तर उनले यसबारे ब्रिटिश विदेश मन्त्रालय वा प्रधानमन्त्री कार्यालयलाई जानकारी दिएकी थिइनन् । आफ्नो व्यवहारबारे उनले क्षमा मागेकी थिइन् । तर इजरेली अधिकारीहरुसंग पटक पटक भेटेको खुलासा भएपछि उनले आफ्नो पदबाट राजीनामा दिएकी हुन् । उनी ब्रिटेनले युरोप छाडनु पर्छ भन्ने अभियानकी एक कट्टर समर्थक पनि थिइन् । ४५ वर्षीय पटेलका बाबुआमा भारतीय मूलका हुन् । पटेल एकसाताभित्र राजीनामा दिने दोश्रो ब्रिटिश मन्त्री हुन् । १५ वर्ष अघि एक महिला पत्रकारसंग अभद्र व्यवहार गरेको आरोप लागेका ब्रिटिश रक्षा मन्त्री माइकल फालनले गत साता आफ्नो पदबाट राजीनामा दिएका थिए । गत बुधबार रक्षा मन्त्री फालनले आकस्मिक रुपमा आफ्नो राजीनामा ब्रिटिश प्रधानमन्त्री टरीज मे समक्ष बुझाएका थिए । फालन विरुद्ध सन् २००२ मा कन्जरभेटिभ पार्टीको सम्मेलनका बेला एउटा रात्रीभोजमा पटक पटक पत्रकार जुलिया हार्ले ब्रुअरको घुँडा छोएको आरोप लागेको थियो । उक्त प्रकरणबारे फेरि समाचारहरु आएपछि फालन माथि दबाब बढेको थियो । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies