अनुशासन पालनमा दृढता भएर होला सापकोटा प्रायः यी गुरुहरुको समीपमा हुनुहुन्थ्यो । त्यही कडा अनुशासनबाट प्रशिक्षित भएर होला उहाँमा अहिलेसम्म पनि त्यो स्वभाव अनुभूत गर्न सकिन्छ ।सापकोटा कक्षाकोठामा प्रायः पहिलो बेन्चमा बस्न रुचाउनु हुन्थ्यो । हामी अन्तिमतिर नै हुन्थ्यौ । उहाँ लगनशील, अनुशासित हुनुहुन्थ्यो । हामी केही साथी कक्षा छाडेर बारीको पाटामा चुरोट तान्न जान्थ्यौँ । परिणामस्वरुप शिक्षकको आक्रोस हाम्रो भौतिक शरिरमाथि बज्रिन्थ्यो । सापकोटाले हाम्रो जस्तो अबस्था सामना गर्नु परेको थाहा भएन । हामी गुरुहरुको अगाडि पर्न डराउँथ्यौँै तर अनुशासन पालनमा दृढता भएर होला सापकोटा प्रायः यी गुरुहरुको समीपमा हुनुहुन्थ्यो । त्यही कडा अनुशासनबाट प्रशिक्षित भएर होला उहाँमा अहिलेसम्म पनि त्यो स्वभाव अनुभूत गर्न सकिन्छ । मित्रता कायम राख्दै ३१/३२ सालमा प्रबेशिका परीक्षामा सामेल भएका थियौ । ‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तै प्रबेशिका परीक्षाको सफल नतिजा हात पार्नसाथ सापकोटाले तातोपानी स्कूलमा अध्यापन गराउन थाल्नु भयो । केही समयपश्चात तातोपानीबाट हालको जनजागृति मा.बि. सांगाचोकमा शिक्षक हुनु भयो । सहपाठीबाट करिव दुई वर्षपछि हामी एउटै बिद्यालयमा सहकर्मीको रुपमा रह्यौ । हाम्रो खानेबस्ने ठाउँ पनि एकै थियो । करिव ३ वर्ष मैले उहाँसँग बिताएँ । सापकोटा बिद्यालयको प्रशासक वा प्रधानाध्यापक भन्दा पनि बिद्यालय परिवारको अभिभावकको भूमिका निर्वाह गर्नु हुन्थ्यो । कर्तव्यप्रति जिम्मेवार, आर्थिक मितव्ययी, पदीय अनुशासनमा चुस्त हुनुको साथै आप्mनो कामको सकरात्मक परिणाममा उहाँ सदैव दृढ हुनुहुन्थ्यो । चौतारामा अध्ययन गर्दा केही शिक्षकले अनुशासनका नाममा अनौपचारिक राजनैतिक प्रशिक्षण दिनु भएको रहेछ । त्यो प्रशिक्षणले राजनीतिक बिचारको भोक जगाएको रहेछ उहाँमा । साँगाचोकमा त्यसबेला बिजुली थिएन । त्यसैले सँसाझ नै भात खाइन्थ्यो र रात नछिप्पिँदै सुतिन्थ्यो । तर, उहाँ टुकी बत्तीको प्रकाशमा राता किताब (त्यतिबेला कम्युनिष्ट सम्बन्धित किताबलाई भनिने बिशेषण) पढ्नु हुन्थ्यो । पछि थाहा भयो, उहाँले ने.क.पा (चौथो महाधिबेशन) नामको पार्टी सदस्यता लिइसक्नु भएको थियो । पंचायतको दबदबा बढिरहेको थियो । त्यसबेला कम्युनिष्ट बिचारलाई रानीपोखरीको डिलबाट पितृलाई चढाएर गाउँमा नेता बन्न आएका स्वनामधारी समाजसेवीसँग बढी खतरा थियो । यी खतराबाट सतर्क रहँदै उहाँ काठमाडौंतिर हुने पार्टीको बैठकमा भाग लिन जानु हुन्थ्यो । बैठकबाट फर्केपछि राति कोठामा सामान्य ढंगबाट सुनाउनु हुन्थ्यो । समय बित्तै जाँदा हाम्रो राजनीतिक निकटता बढ्दै गयो । उहाँले लथालिङ् रहेको बिद्यालयमा समुदायको परिचालन गर्दै प्रशासनिक कडाइ गर्दै हाइस्कुलमा स्तरोन्नति गराउनु भयो । राजनीतिक सुझबुझ, अधिकारको लागि दृढता ३६ सालको शिक्षक आन्दोलनमा देखियो । त्यसबेला बाहिर शिक्षकको संगठन खोल्न पाउने अधिकारको माग थियो । तर, त्यसको आन्तरिक ध्येय पंचायतबिरुद्ध सुरु भएको आन्दोलनलाई संगठित बल पु¥याउनु थियो । उहाँले जिल्ला समितिको उपाध्यक्ष भएर जिल्लाको बिश्वसनीय नेतृत्व गर्नु भयो । शिक्षकले पेशागत संगठन खोल्न पाउने अधिकार प्राप्त ग¥यो । केही वर्षमै संगठनको केन्द्रीय उपाध्यक्ष र महासचिव भएर प्राप्त अधिकारलाई संगठनात्मक रुपमा मजबुत बनाउने कार्यमा दृढ रहनु भयो । आन्दोलनकै क्रममा २०४२ सालमा ६ महिनाको जेल भोग्नु प¥यो । बीचका वर्षहरुमा म भिन्न पेशामा संलग्न भएँ जसका कारण उहाँसँगको भेटघात अलि पातलियो । तर, बिचार र मित्रतामा प्रगाढता थपिँदै गएको थियो । वहांको राजनीतिक सक्रियाता, पार्टिको जिम्मेवारी बढ्दै गएको कुरा भेटको मौकामाबताउनु हुन्थ्यो । ०४६ सालको राजनैतिक आन्दोलनमा उहाँको संक्रियता जिल्लामा शिक्षकका रुपमा भयो भने राष्ट्रिय स्तरमा पार्टीको एक इमान्दार, जिम्मेवार कर्तव्यनिष्ठ सदस्यको रुपमा । सरकारले आन्दोदन दबाउने क्रममा उहाँलाई गिरप्mतार ग¥यो र एक महिना जेलमा थुन्यो । त्यस बेला उहाँ जनजागृति माध्यामिक बिद्यालयको प्रधानाध्यापक भइसक्नु भएको थियोे । बहुदलीय व्यबस्थाको घोषणा भयो । प्राप्त उपलव्धिलाई संरक्षण तथा उपभोग गर्दै जाने पार्टिको लाइनलाई सहर्ष स्वीकार गर्दै पार्टीकै निर्देशनमा पेन्सन हुन आँटेको प्रधानाध्यापक जागिरलाई तिलान्जली दिएर उहाँ पूर्णकालीन राजनीतिमा होमिनु भयो । पहिलो आम निर्वाचनमा पार्टीको आधिकारिक राजनीतिक मञ्च ‘संयुक्त जनमोर्चा नेपाल’ को उम्मेदवारको रुपमा निर्वाचनमा होमिनु भयो । भूमिगत पार्टीको आधिकारिक सदस्य एक दर्जन पनि नभएको बेलासमेत व्यक्तिगत लोकप्रियताका कारण चार हजारभन्दा ज्यादा मत आयो । यो मतले भावनालाई आत्मसात् गर्दै उहाँको पूर्णकालिन राजनीतिक जिम्मेवारी तथा जनभावनालाई परिणाममा बदल्ने अविभारा प्रारम्भ भयो । आम सिन्धुपाल्चोकबासीको लागि यो भन्दा सुखद आशाको केन्द्र अरु हुन सक्दैन्थ्यो । पार्टीले उहाँलाई सिन्धुवासीको नासोको रुपमा चिनेर नै दुई पटक मन्त्री बनाइसकेको छ । पार्टीभित्र उच्चस्तरको कमिटीको नेताको रुपमा क्रियाशील हुनुहुन्छ । अहिलेसम्म उहाँमाथि कुनै गैह्रकानुनी, आर्थिक भ्रष्टाचार, पदीय व्यभिचारको दाग लागेको छैन । इमान्दार, नैतिकवान, जनसमर्पित नेताको रुपमा सिन्धुवासीले मात्र हैन आम प्रगतिशिल, परिवर्तनकामी, अग्रगामी राष्ट्रभक्त नेपालीहरुले स्वीकारेको तथ्य बिभिन्न संचारमाध्यमको संप्रेषणबाट प्रष्ट हुन सकिन्छ । गणतन्त्र, संघियता, सिंहदरबारको शासकीय अधिकार गाउँमा आइपुग्न सापकोटाको पनि अतुलनीय नेतृत्व एवं योगदान छ यस जिल्लाका तर्फबाट । संघिय राज्य शासन प्रणाली अन्तर्गत हामी संघीय र प्रदेश संसदको निर्वाचनमा छौ । झण्डै चार दशक बाम आन्दोदनको सफल नेतृत्व गर्नु भएका मेरा परम मित्र सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को निर्वाचन मैदानमा हुनुहुन्छ । समुदायको भन्दा व्यक्तिको इच्छा आकांक्षालाई भजाएर आप्mनो दूनो सोझ्याउने नेता तथा प्रबृति अबशेषको रुपमा बिद्यमान छ । जनताको नाम दिएर व्यक्तिगत चाहना भजाउने यस्ता नेता तथा प्रबृतिले समुदायलाई के दिन्छ ? आउने पुस्तालाई जीवन कस्तो होला ? तर, सिन्धुका एक स्थापित नेता, जनताका नेता सापकोटा कहिले पनि व्यक्तिगत स्वार्थपूर्तिमा लाग्नु भएन । अरुलाई पनि त्यसमा निरुत्साहित गरिरहनु भयो । उहाँको पहलमा थुप्रै भौतिक तथा सामाजिक बिकास भएका छन् । व्यक्तिगत लाभ खोज्नेले भने उहाँले गरेको काम नदेख्न सक्छ । तर, समृद्ध सिन्धुपाल्चोक बनाउने हो भने जिल्ला तथा देशमा एक इमान्दार, जुझारु, कर्तव्यनिष्ट, नैतिकवान व्यक्तिको नेतृत्व आवश्यक हुन्छ । म दाबाका साथ भन्न सक्छु, जनसमुदायको भावना, आबश्यकता, मर्म, भावनालाई बुझेर समाजको अग्रगामी परिवर्तको लागि जीवन समर्पित गर्ने सापकोटाको अरुसँग तुलना नै हुन सक्दैन ।
प्रतिकृया लेख्नुहोस्: