Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

खुल्ला आकाशमुनी बसिरहेका नुवाकोटे भन्छन् – ‘सरकार, पाल किन्ने वातावरण बनाइदिए पुग्छ’

राहत वितरण र उपचारको थालनी भूटानी चिकित्सक तथा उद्धार टोली सक्रिय जिल्लाभरी राहत वितरणका लागि ३७ करोड लाग्ने तर ४ करोडको मात्र राहत वितरण नुवाकोट, नुवाकोटमा भुकम्पबाट मृत्यु हुनेको संख्या ६ सय ३८ पुगेको छ । स्थानीय प्रशासनका अनुसार घाइतेको संख्या १ हजार भन्दा बढी रहेको छ । अन्य जिल्लाहरु मध्ये मुख्यगरी नुवाकोट भूकम्पको प्रभाव अत्यधिक रहेका कारण ठूलो मात्रामा जनधनको क्षति हुन पुगेको हो । जिल्लाका घर तथा भौतिक संरचनामध्ये ९५ प्रतिशत भूकम्पले नष्ट भएका छन् । ग्रामिण क्षेत्रहरुमा अझैसम्म उद्धारको कार्य नसकिँदा पुरिएका शवहरु धेरै भएको हुनसक्ने र मृतकहरुको संख्या अझै बढ्ने अनुमान गरिएको छ । \"bhukampaमंगलबारसम्म स्थानीय प्रशासन घाइतेको उद्धार र मृतकको व्यवस्थापनमा जुटिरहेको छ । गाउँगाउँमा घाइतेहरुको उद्धार गर्न र पीडितलाई राहत बाँड्न थालनी भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । तरपनि सरकारले कुनै चासो नदिएको आरोप भूकम्प पिडितहरुबाट आइरहेको छ । अधिकांश खुला आकाशमुनी रात बिताइरहेका पीडित परिवारले बजारमा रहेको पाल मात्र किन्ने वातावरण बनाइदिए पनि सहज हुने बताइरहेका छन् । तर स्थानीय प्रशासन, रेडक्रसलगायतले पाल र राहत सामग्री तथा रकम वितरण गरिएको जनाएको छ । प्रजिअ निरौलाका अनुसार राहत रकम ४ करोड र ४ सय थाल, पाल प्रभावित क्षेत्रहरुमा पठाइएको छ । तरपनि राहत अपुग हुने र भूकम्पबाट पिडितहरुलाई जिल्लाभर वितरण गर्न थप ३७ करोड लाग्ने उनले बताए । हेलिकप्टरबाट घाइतेहरुको उद्धार गरी सदरमुकाम र काठमाण्डौं पु¥याउने कार्य जारी रहेको छ । \"gau१९९० पछि ८२ वर्षमा आएको भुकम्पबाट आफन्त र परिवार गुमाउने व्यक्तिदेखी सबैजना भूकम्पको त्रासदीबाट सामान्य अवस्थामा फर्कन सकेका छैनन् । दैनिक आइरहेको धक्काका कारण त्रासमाथी त्रास थपिएको छ । सोमबार बिहानबाट भारतीय वायु सेवाको एक र अन्य दुई गरि तीनओटा हेलिकप्टरले घाईतेहरुको उपचारका लागी सदरमुकाम ल्याउन सुरु गरेको छ भने जिल्लामा उपचार असम्भव रहेका गम्भिर बिरामीका लागि काठमाण्डौं पु¥याउन थालेको छ । भुकम्पबाट अस्पताल क्षतिग्रस्त भएपछि प्रशासनले वट्टारमा रहेको बसपार्कलाई अस्पतालको रुपमा परिणत गरि घाइतेहरुको उपचार सुरु गर्न लाग्दा अस्पताल क्षेत्र वरपरका बासिन्दाले विरोध जनाउँदै बिरामी र उपकरण उठाउन नदिएपछि समस्या भएको छ । मंगलबारबाट भने भूटानी चिकित्सक र उद्धार टोलीले घाइतेहरुको उपचारमा थप सहयोग पु¥याएको छ । भूटानी डा. तोब्ग्याल वाङचुकको नेतृत्वमा रहेको ६२ जनाको टोलीले उपचार र बिरामीहरुको व्यवस्थापनको कार्य गरिरहेको छ । त्यसका लागि सम्पूर्ण बन्दोबस्तीका सामग्री र औषधीहरु, खाद्यान्न, टेन्टलगायत भूटानबाटै ल्याएको हो । जिल्ला अस्पतालको भवन भत्किएपछि खुला चौरमै उपचार भइरहेको छ । बसपार्कमा रहेको १२ कोठे भूइँतले भवन खाली रहेको र त्यसलाई अस्थायी अस्पतालको रुपमा सञ्चालन गर्न  स्थानीय प्रशासनको प्रयास स्थानीयवासीको अवरोधले सफल नभएपछि घाइतको उपचारमा समस्या आउने अवस्था भएपनि भूटानी चिकित्सक र उद्धार टोली आएपछि सहज भएको डा. मधुकर दाहालले बताए । \"bhukampaभुकम्पबाट भएको मानवीय र भौतिक क्षतीको स्थानीय स्तरमा लागत संकलन सुरु भएको छ । भुकम्पबाट अतिप्रभावित जिल्लाको क्षती विवरण संकलनका लागी एक साता लाग्ने अनुमान गरिएको छ । नुवाकोटको दुर्गम गाविसहरु भाल्चे, साल्मे, किम्ताङ, फिकुरी, ध्याङफेदी, वेतिनी, सिक्रे, तलाखु, गाउँखर्कलगायतका गाविसमा बढि क्षती पुगेको छ । जिल्ला प्रशासन कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त छ भने अन्य सरकारी कार्यालय र विद्यालयहरु भत्किएका छन् । \"bidurपासाङ ल्हामु वस व्यवसायी समितीले व्यवसायीलाई सडक अवरुद्ध भएको भन्दै यातायात नचलाउन निर्देश दिएपछि व्यवसायीहरु आफैले दुई सय पचास रुपैयाँको भाडामा पाँच सय लिई यातायात सञ्चालन गरिरहेका छन् । तर, नुवाकोट आउनको लागि पृथ्वी राजमार्गको गल्छी हुँदै आउनको लागि कुनै अवरोध भएको छैन । सदरमुकाम क्षेत्रमा विजुली र पानीको अभाव भएको छ । ग्रामीण भेगमा पनि बिजुली र पानीको समस्या भएको पीडितहरुले बताएका छन् । \"DSC01274\"राहतको माग्दै नाराबाजी भूकम्प आएको चारदिन बित्दा पनि पीडितहरुलाई राहत वितरण गर्न नसकेपछि जिलिङ गाविस र विदुर नगरपालिकाका भूकम्पपीडितले जिल्ला प्रशासन कार्यालयमा राहतको माग गर्दै सोमबार नाराबाजी गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विरुद्ध नाराबाजी गर्दै  कालोबजारी बढेको, व्यवसायीले बजार नखोल्दा उपभोक्ताले दैनिक उपभोग्य सामग्री सहज रुपमा प्राप्त गर्न नसकेको भन्दै प्रशासन विरुद्ध नाराबाजी गरेका हुन् ।  ‘हामीले राहत मागेको होइन । स्थानीयले प्रशासनले पसल खुलाइदिओस् । प्रचलित मूल्यमा किन्न पाइयोस् । त्यति नै हाम्रो लागि राहत हुने थियो’ आन्दोलनमा आएका भूकम्प पिडित चोकराज पुडासैनीले भने – ‘एक हजार पर्ने पाललाई पच्चीस सय तिर्न परेको छ । के हेर्छ यो प्रशासन ?’ \"IMG_7130\"रसुवामा ३ सय ५० को मृत्यु यसैगरी, रसुवा जिल्लामा भूकम्पबाट ज्यान गुमाउनेहरुको संख्या ३ सय ५० रहेको स्थानीय प्रशासनले जनाएको छ । जिल्लाको दुर्गम गाविसमा मृत्यु हुनेहरुको संख्या अत्यधिक रहेको र अझै बढी मृतकहरु हुनसक्ने हुँदा यकिन तथ्यांक आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराइले बताए । पर्यटकीय जिल्ला भएका कारण कयौँ विदेशी नागरिकहरुको समेत भूकम्पबाट मृत्यु भएको बताइएको छ । आइतबारको थप दोस्रो ठूलो भूकम्प जाँदा हिमपहिरोले लाङटाङ क्षेत्रमा करिब एकसय पर्यटकहरु पुरिएको अनुमान छ । \"IMG_7276\" \"IMG_7184\" \"IMG_7160\" \"gau \"bidur \"birami\" \"aandolan-rajya
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies