Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

'मुगाबेद्वारा तत्काल पद छाड्न अस्वीकार'

\"\"लामो समय सत्तामा रहेका जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेले तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरिरहेको विवरण आएका छन् । उत्तराधिकारी चयन सम्बन्धी विवादमाझ जिम्बाब्वेको सेनाले उनलाई नजरबन्दमा राखेको छ ।

९३ वर्षीय मुगाबेलाई बुधवार सत्ता हातमा लिएको सेनाले नजरबन्दमा राखेको हो । क्षेत्रीय दूतहरु र सेनाप्रमुखसँग भएको मुगाबेको वार्ताबारे अहिलेसम्म केही पनि खुलाइएको छैन । तर मुगाबेले उनीहरुसँग भेटघाट गरिरहेको तस्वीर सार्वजनिक गरिएको छ । तस्वीरमा मुगाबे मुस्कुराइरहेका देखिन्छन् । तर श्रोतहरुका अनुसार उनी अहिलेसम्म पद छाड्न तयार भएका छैनन् । विपक्षी नेता मोर्गन चाङगराइले मुगाबेले तत्कालै राजीनामा दिनु जिम्बाब्वेका जनताको हितमा रहेको प्रतिक्रिया दिएका छन् । बीबीसीका अफ्रिका संवाददाता भन्छन् सेनाले देशमा नियन्त्रण कायम गरे पनि राष्ट्रपति शान्त जस्तो देखिन्छन् । केही विवरणहरुमा उनले राजीनामा दिन अस्वीकार गरिरहेको जनाइएको छ । तर उनको बहिर्गमनका लागि एउटा सहमति कायम गर्ने दिशामा प्रगति भइरहेको चर्चा पनि चलिरहेको छ । एकाथरीले मुगाबेलाई उनले बर्खास्त गरेका एमरशन मनाङगाग्वाले विस्थापित गर्न सक्ने र विपक्षी नेता मोर्गन चाङगीराईले प्रधानमन्त्री बन्न सक्ने पनि सङ्केत गरिरहेका छन् । अघिल्लो हप्ता मुगाबेले देशका उपरराष्ट्रपति मनाङगाग्वालाई बर्खास्त गर्दै आफ्नी पत्नी ग्रेस मुगाबेलाई उनको दल जानु पिएफको नेता हुँदै राष्ट्रपतिसम्म बनाउने सङ्केत दिएपछि जिम्बाब्वेको सेनाले हस्तक्षेप गरेको हो । जिम्बाब्वेबाट बीबीसीका एन्ड्र्यु हार्डिङ भन्छन्, यदि राजीनामा दिन मुगाबेले माने भने उनको कदमले सेनाको नाटकीय हस्तक्षेपलाई वैध बनाउन मद्दत पुर्याउनेछ । शहरमा मुगाबे सत्तामा रहिरहुन् भन्ने चाहना राख्ने मानिसहरु भेट्न कठिन छ । तर उनको वहिर्गमन र सत्ता हस्तान्तरणको अवधिसम्मको अल्पकालीन व्यवस्थामा सहमति कायम गर्न केही समय लाग्नसक्ने देखिन्छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies